काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अर्घाखाँचीले प्रतिनिधि सभाको विघटन असंवैधानिक, अलोकतान्त्रिक, दुराशयपूर्ण र प्रतिगामी भएको भन्दै सो कदमको कडा शव्दमा विरोध तथा भर्त्सना गरेको छ ।

नेकपा (माओवादी केन्द्र) अर्घाखाँचीका संयोजक क. ठाकुरकुमार विश्वकर्मा ‘किशोर’ले आज एक प्रेस वक्तव्य जारी गर्दै पार्टीको धारणा सार्वजनिक गर्नुभएको हो ।

पटक पटक सत्तामा पुगेर निजी स्वार्थका लागि गुटबन्दी गरेको र आर्थिक उपार्जनमा लिप्त रहेको आरोप लागेका नेकपा (माओवादी केन्द्र) का विवादित नेता टोपबहादुर रायमाझी प्रतिगमनको गोटी बनेपछि अर्घाखाँचीमा माओवादी केन्द्रलाई दृढतापूर्वक हाँकेर सर्वत्र प्रशंसाको पात्र बन्नुभएका नेकपा (माओवादी केन्द्र) अर्घाखाँचीका जिल्ला संयोजक तथा उदयमान युवा नेता क. ठाकुरकुमार विश्वकर्मा ‘किशोर’ले वक्तव्यमार्फत दश वर्षे जनयुद्धको जगमा, १९ दिने जनआन्दोलनको क्रममा नेपाली आमाका सर्वोत्तम छोराछोरीको बलिदान, घाइते युद्धा, बेपत्ता नागरिक र जनताको अतुलनीय योगदानका कारण सामन्ती केन्द्रीकृत राज्य संरचनाको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको सबैलाई सर्वविदितै छ भन्दै सबै खाले देशी-विदेशी प्रतिगामी शक्तिहरूलाई परास्त गर्दै २०७२ सालमा नेपालको संविधान जारी भएकोमा हामी सबैका लागि गौरवको विषय भएको बताउनु भएको छ ।

विज्ञप्तिमा, “संवैधानिक व्यवस्था बमोजिम निर्वाचित प्रधानमन्त्री र संविधान संरक्षकको रुपमा रहनुभएकी राष्ट्रपतिले संवैधानिक व्यवस्थालाई कुल्चेर वीरवीराङ्गानाले बगाएको रगतमाथि अपमान र राष्ट्रको शीर गिराउने गरी गत पौष ५ गतेको प्रतिनिधि सभा विघटनको निरन्तरताकै कडीको रुपमा पुनः यही मिति २०७८ जेष्ठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ को प्रावधानलाई उल्लंघन गर्दै एकैपटक उपधारा ५ लाई प्रयोग गरी कपटपूर्ण र छापामार युद्ध शैलीमा १४९ जना प्रतिनिधि सभाका माननीय सदस्यहरूको हस्ताक्षरसहितको राष्ट्रपति समक्ष प्रस्तुत गरिएको दाबीलाई बेवास्ता गरी प्रधानमन्त्री र राष्ट्रपतिले रहस्यमय मिलोमतो गरी मध्यरातमा जननिर्वाचित प्रतिनिधि सभालाई विघटन गर्ने कार्य असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकै निरन्तरताको कडी हो । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिगमनकारी कदम नेपालको इतिहासमा नयाँ जङ्गेको पादुर्भावको परकाष्ठा हो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कमिटी अर्घाखाँची असंवैधानिक तवरले प्रतिनिधि सभा विघटन गरी संन्यि लोकतान्त्रिक गणतन्त्र नेपालको घाँटी निमोठ्ने ‘कू’ कार्यको निन्दा एवं घोर भर्त्सना गर्दै भण्डाफोर गर्दछ,” उल्लेख छ ।

महान जनयुद्धको समयमा नेकपा (माओवादी केन्द्र)को आधार क्षेत्रको रूपमा रहेको अर्घाखाँची टोपबहादुर रायमाझीका गलत हर्कतका कारणले जनता आक्रोशित थिए । क. ठाकुर विश्वकर्मासहित अर्घाखाँचीका स्वदेश र विदेशमा रहेका माओवादी युवा नेताहरूको अभूतपूर्व एकता र सक्रियताका कारणले अर्घाखाँची जिल्लाको माओवादी पार्टीबाट एकजना सदस्य पनि टोपबहादुर रायमाझीसँग गएका छैनन् । ओलीको मतियार बनेर जथाभावी भाषण गर्दै हिँडेकाले सर्वत्र आलोचित भइरहेका अराजक स्वभावका रायमाझी लोडसेडिङ आफूले हटाएको भन्ने झुठो दाबी गरेपछि जनताको बिचमा नराम्ररी नाङ्गिएका छन् । आगामी निर्वाचनमा अर्घाखाँचीमा नेपाली काँग्रेस र माओवादी र अन्य वामपन्थीहरू वामपन्थी शक्तिकै बिचमा प्रतिस्पर्धा हुने देखिन्छ भने  गुटपरस्त रायमाझीले निर्वाचन जित्ने कुनै संभावना नरहेको विश्लेषकहरूको दाबी छ ।

सोचेअनुसारका कार्यकर्ता ल्याउन नसकेपछि ओली गुटका मानिसहरूले रायमाझीलाई बेकारको बोझ भन्न थालेका छन् भने संगठनात्मक रूपमा रायमाझीजस्ता शीर्ष नेता र रायमाझीका खजाञ्चीको पहिचान बनाएका राष्ट्रिय सभाबाट निष्कासित सांसद चन्द्रबहादुर खड्का ‘उज्ज्वल’ समेत ओली गुटतिर लाग्दा पनि माओवादी संगठनमा पकड कायम राख्न सकेकोले क. किशोरको संगठनात्मक कुशलताको अर्घाखाँचीभर व्यापक प्रशंसा हुन थालेको छ । यतिबेला अर्घाखाँचीको राजनीतिलाई महत्त्वका साथ हेरिएको छ ।

प्रेस वक्तव्यको पूर्ण पाठः

दश वर्षे महान जनयुद्धको जगमा, १९ दिने जनआन्दोलनको क्रममा नेपाली आमाका सर्वोत्तम छोराछोरीहरूको बलिदान, घाइते योद्धा, बेपत्ता नागरिक र जनताको अतुलनीय योगदानका कारण सामन्ती केन्द्रीकृत राज्य संरचनाको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको सबैलाई सर्वविदितै छ । सबै खाले देशी विदेशी प्रतिगामी शक्तिहरूलाई परास्त गर्दै २०७२ सालमा नेपालको संविधान जारी भएकोमा हामी सबैका लागि गौरवको विषय हो ।

संवैधानिक व्यवस्था बमोजिम निर्वाचित प्रधानमन्त्री र संविधान संरक्षकको रुपमा रहनुभएकी राष्ट्रपतिले संवैधानिक व्यवस्थालाई कुल्चेर वीरवीराङ्गानाले बगाएको रगतमाथि अपमान र राष्ट्रको शीर गिराउने गरी गत पौष ५ गतेको प्रतिनिधि सभा विघटनको निरन्तरताकै कडीको रुपमा पुनः यही मिति २०७८ जेष्ठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ को प्रावधानलाई उल्लंघन गर्दै एकैपटक उपधारा ५ लाई प्रयोग गरी कपटपूर्ण र छापामार युद्ध शैलीमा १४९ जना प्रतिनिधि सभाका माननीय सदस्यहरूको हस्ताक्षरसहितको राष्ट्रपति समक्ष प्रस्तुत गरिएको दाबीलाई बेवास्ता गरी प्रधानमन्त्री र राष्ट्रपतिले रहस्यमय मिलोमतो गरी मध्यरातमा जननिर्वाचित प्रतिनिधि सभालाई विघटन गर्ने कार्य असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकै निरन्तरताको कडी हो । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिगमनकारी कदम नेपालको इतिहासमा नयाँ जङ्गेको पादुर्भावको परकाष्ठा हो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कमिटी अर्घाखाँची असंवैधानिक तवरले प्रतिनिधि सभा विघटन गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घाँटी निमोठ्ने ‘कू’ कार्यको निन्दा एवं घोर भर्त्सना गर्दै भण्डाफोर गर्दछ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा गर्न अर्घाखाँची जिल्ला पार्टी सम्पूर्ण जनसमुदायलाई हार्दिक अपिल गर्दछ । वर्तमान प्रधानमन्त्रीको अलोकतान्त्रिक, असंवैधानिक र निरङ्कुशताको विरुद्ध हरेक प्रकारका आन्दोलन गर्न राजनीतिक दल, नागरिक समाज, पत्रकार, शिक्षक एवं कर्मचारी, बुद्धिजीवी लगायत सबैसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरियन्त्रको संक्रमण भई निधन भएकाप्रति पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै उपचारमा रहनुभएकाहरूप्रति शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछौँ । संक्रमितहरूको उपचार, रोकथाम र नियन्त्रणका लागि दिनरात नभनी खट्नुहुने स्वास्थ्यकर्मी एवं सुरक्षा निकाय लगायत सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । जिल्लामा संक्रमितहरूको उपचारका लागि जिल्ला अस्पताल र ६ वटै स्थानीय तहमा स्वास्थ्य सामग्री तथा आर्थिक सहयोग पुराउनु हुने देश तथा विदेशबाट सहयोग गर्नुहुने सहयोगी मनहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दछ । नागरिकहरुको जीवन रक्षाका लागि यथोचित व्यवस्थापन गर्न संघ, प्रदेश र स्थानीय सकरकालाई विशेष अनुरोध गर्दछौँ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जनसमुदायको जीवन रक्षाका लागि स्वास्थ्य मापदण्डलाई अवलम्बन गर्दै क्रियाशील रहन सबै तहका पार्टी कमिटीहरूलाई विशेष निर्देशन गरिन्छ ।

हार्दिक अभिवादनसहित ।

मितिः २०७८ जेष्ठ १० गते ।

ठाकुरकुमार वि.क. ‘किशोर’
जिल्ला संयोजक

नेकपा (माओवादी केन्द्र), अर्घाखाँची, ठाकुर विक, cpn maoist centre, thakur bk, arghakhanchi