काठमाडौँ । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको आयोजनामा “२१औँ शताब्दीमा नमुना विद्यालय निर्माण” विषयक ‘तीन दिवसीय बृहत् राष्ट्रिय कार्यशाला’ तथा नेपालका उत्कृष्ट नमुना विद्यालयहरूको प्रस्तुतीकरण यही मिति २०७८ असार ५, ६ र ७ गते ऐतिहासिक रूपमा सप्पन्न भएको छ ।
कार्यक्रमको प्रथम दिन असार ५ गते संघीय संसदका सम्माननीय सभामुख श्री अग्निप्रसाद सापकोटाले प्रमुख अतिथिको रूपमा ब्यानर वाचन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले नेपाली माटोको मौलिकतामा आधारित नमुना विद्यालय बनाउनुपर्ने र त्यसका लागि दर्शन, विचार र दृष्टिकोण नमुना हुनुपर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा विशेष अतिथिको रूपमा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य, संघीय सांसद तथा पूर्वगृह तथा उर्जा मन्त्री) क. जनार्दन शर्मा ‘प्रभाकर’, नेपाली काँग्रेसका नेता तथा संघीय सांसद एवम् पूर्व स्वास्थ्य मन्त्री मा. श्री गगन थापा र नेकपा (एमाले माधव पक्ष)का नेता तथा पूर्व शिक्षा मन्त्री श्री गंगालाल तुलाधरले सम्बोधन गर्नुभएको थियो ।

कार्यशालामा श्री बैकुण्ठ अर्याल (महानिर्देशक, शिक्षा तथा मानव श्रोत विकास केन्द्र), श्री दीपक शर्मा (प्रवक्ता, शिक्षा मन्त्रालय), श्री पूर्णप्रसाद दवाडी (सहअध्यक्ष तथा का. वा. अध्यक्ष नेपाल शिक्षक महासंघ, राष्ट्रिय समिति), क. ठाकुर ढकाल (प्रमुख, माडी नगरपालिका, चितवन), श्री बाबुराम पौडेल (पूर्व महानिर्देशक शिक्षा तथा मानव स्रोत विकास केन्द्र), क. चन्द्रकान्त पौडेल (पूर्व अध्यक्ष एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समिति), क. गुणराज लोहनी (शिक्षाविद् तथा पूर्व अध्यक्ष अखिल नेपाल शिक्षक संगठन, केन्द्रीय समिति), क. तुलसीप्रसाद घिमिरे( पूर्व अध्यक्ष एकीकृत अखिल नेपाल शिक्षक संगठन, केन्द्रीय समिति), क. रत्नबहादुर वली (पूर्व अध्यक्ष एकीकृत अखिल नेपाल शिक्षक संगठन, केन्द्रीय समिति), क. भोलानाथ सापकोटा (पूर्व अध्यक्ष एकीकृत अखिल नेपाल शिक्षक संगठन, केन्द्रीय समिति), श्री लक्ष्मीकिशोर सुवेदी (महासचिव नेपाल शिक्षक महासंघ, राष्ट्रिय समिति) , श्री विजय बानियाँ (वि.व्य. स. अध्यक्ष गम्भीर समुद्र सेतु विद्यालय –प्राविधिक धार इमाडोल, ललितपुर) र श्री कृष्णप्रसाद धाम्जा (प्रअ. वागेश्वरी मा.वि. भक्तपुर) ले आतिथ्यता ग्रहण गर्नुभएको थियो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन, केन्द्रीय समितिका अध्यक्ष क. शंकर अधिकारीको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सुरूमा संगठनका केन्द्रीय उपाध्यक्ष क. नानुमाया पराजुलीले प्रमुख अतिथि, विशेष अतिथि, अतिथि र कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने संगठनका अध्यक्ष क. अध्यक्ष शंकर अधिकारीले कार्यक्रमको औचित्य प्रष्ट पार्नुभएको थियो ।
त्यसपछि कार्यपत्र प्रस्तुतीकरणको क्रम सुरु भयो र शैक्षिक अभियन्ता श्रीमन्त भट्टराईद्वारा प्रस्तुत कार्यपत्रमा अतिथिहरूले टिप्पणी गर्नुभएको थियो ।
कार्यशालाको दोस्रो दिन २०७८ असार ६ गते संगठन केन्द्रीय अध्यक्ष क. शंकर अधिकारीको अध्यक्षतामा कार्यक्रम सुरु भयो र सम्पूर्ण सहभागी प्रमुख अतिथि, अतिथिहरू, वक्ता महानुभावहरू र सहभागीहरूलाई संगठनका केन्द्रीय उपाध्यक्ष क. झपिन्द्र क्षेत्रीले स्वागत गर्नुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता तथा पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री एवम् राष्ट्रिय सभा सदस्य क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले प्रमुख आतिथिको रूपमा कार्यशालालाई सम्बोधन गर्नुभएको थियो भने अतिथि वक्ताहरू क. गुणराज लोहनी (शिक्षाविद् तथा पूर्व अध्यक्ष, अखिल नेपाल शिक्षक संगठन, केन्द्रीय समिति), श्री लक्ष्मीकिशोर सुवेदी (महासचिव, नेपाल शिक्षक महासंघ, राष्ट्रिय समिति) र श्री बिलेन्द्र ढकाल (वि.व्य.स. अध्यक्ष जनकल्याण मा.वि., बौद्ध, महाँकाल, काठमाण्डौँ) रहनुभएको थियो ।

त्यसैगरी नमुना विद्यालयहरूको तर्फबाट श्री कुलप्रसाद खतिवडा (श्री वरुणश्वेवर मा.वि. ओखलढुंगा), श्री मधुसुधन शर्मा (श्री बालकल्याण मा. वि., लिबाङ, रोल्पा), श्री तेजस्वी बराल (श्री अमरसिंह मा. वि., पोखरा, कास्की), श्री त्रिलोचन सापकोटा (श्री हिमालय दण्डपानी न्यौपाने मा. बि चितवन) ले प्रस्तुति गर्नुभएको थियो ।
साथै, कार्यक्रममा प्रमुख अतिथि तथा अतिथि वक्ताहरूबाट २१औँ शताब्दीको युगमा नमुना विद्यालयले विद्यार्थीहरूलाई उत्पादन, श्रम, सीप र बजारसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
तेस्रो तथा अन्तिम दिन २०७८ असार ७ को समापन सत्रको कार्यक्रममा संगठनका अध्यक्ष क. शंकर अधिकारीले अध्यक्षता ग्रहण गरी औपचारिक रूपमा सुरु भयो भने केन्द्रीय उपाध्यक्ष क. मानबहादुर पाण्डेले स्वागत मन्तव्यद्वारा कार्यक्रममा उपस्थित सम्पूर्णमा स्वागत गर्नुभयो ।
कार्यशालाको समापन सत्रका प्रमुख अतिथिको रूपमा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथआ पूर्व सभामुख एवम् संघीय सांसद क. कृष्णबहादुर महरा र विशेष अतिथिको रूपमा नेकपा (माओबादी केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्व गृह तथा उर्जा मन्त्री क. जनार्दन शर्मा ‘प्रभाकर’ ले सम्बोधन गर्नुभएको थियो ।

अतिथिहरूमा डा. चन्द्रकान्त पौडेल (पूर्व सदस्य राष्ट्रिय योजना आयोग, शिक्षाविद् एवं पूर्व अध्यक्ष, अखिल नेपाल शिक्षक संगठन, केन्द्रीय समिति), क. रत्नबहादुर वली (पूर्व अध्यक्ष, एकीकृत अखिल नेपाल शिक्षक संगठन, केन्द्रीय समिति), क. भोलानाथ सापकोटा (पूर्व अध्यक्ष, एकीकृत अखिल नेपाल शिक्षक संगठन, केन्द्रीय समिति), डा. प्रेम अर्याल (शिक्षा विद्), श्री राजकुमार बराल (शैक्षिक अभियन्ता), क. भरत थापा (नगर प्रमुख, वागमती नगरपालिका, सर्लाही), श्री सत्यानन्द भुसाल( वि.व्य.स. अध्यक्ष, भिमसेन आदर्श मा. वि. देवचुली), श्री मदन शाह (वि.व्य.स. अध्यक्ष रुक्मिणी मा. वि., सिस्ने गा. पा., रुकुमकोट, रुकुम पूर्व) रहनुभएको थियो ।
त्यसैगरी नमुना विद्यालय प्रस्तुतीकरण श्री पूर्णप्रसाद दवाडी (प्रअ श्री नारायणी नमुना मा. वि., भरतपुर, चितवन), डा. पूर्णबहादुर भण्डारी ‘पंकज’ (श्री जनकल्याण नमुना मा.वि., थारमारे, वागचौर नपा, सल्यान), श्री दलबहादुर लामा (श्री डहु मा. वि., सुनपाती, रामेछाप), श्री प्रेमबहादुर बस्नेत (श्री नवीन औद्योगिक कदरबहादुर रीता मा. वि., देवीनगर, बुटवल, रुपन्देही) र श्री नारायण सिग्देल (श्री जनज्योति मा.वि., कुनाथरी, बडिचौर, सुर्खेत) ले प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी संगठनले समापन सत्रमा घोषणा पत्र र प्रधानाध्यापक आचारसंहिता समेत जारी गरेको छ । संगठनका नमुना प्रअ विभाग केन्द्रीय संयोजक क. कुवेर भेटुवाल (श्री अम्बिका भगवती मा.वि., संखुवासभा) ले घोषण पत्र प्रस्तुत गर्नुभएको थियो भने संगठनका गण्डकी प्रदेश अध्यक्ष तथा प्रअ सञ्जालका केन्द्रीय संयोजक क. सोमनाथ ढुंगाना (श्री जामुना खर्क मा. वि., म्याग्दी) ले प्रअ आचारसंहिता प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी तीन दिवसीय कार्यशालाको अनुभूति मन्तव्य श्री नारायण कार्की (ने.रा. शि. सं, राष्ट्रिय परिषद् सदस्य श्री दुर्गा मा. वि., चन्द्रनिगाहापुर, रौतहट), श्री गणेश कार्की (नेपाल शिक्षक महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष तथा शिक्षक श्री जगत ज्योति मा. वि., नेपालगञ्ज, बाँके) र श्री नारायण गौतम (प्रअ श्री पद्मोदय मा. वि., प्रदर्शनी मार्ग, काडमाण्डौँ तथा नेपाल शिक्षक संघ काठमाडौँ महानगर अध्यक्ष) ले यस कार्यशालाले राष्ट्रिय रूपमै शैक्षिक उनन्यको बहस चलाएको धारणा व्यक्त गर्नुभयो ।
कार्यशालालाई सम्बोधन गर्दै अतिथि वक्ताहरूले विद्यालयहरूले समाजवादी शिक्षालाई जोड दिँदै विद्यार्थीहरुलाई श्रम, सीप र उत्पादनसँग जोडेर लैजानुपर्नेमा जोड दिनुभएको थियो ।
तीन दिनसम्म चलेको राष्ट्रिय कार्यशालामा संगठनका केन्द्रदेखि स्थानीय तहसम्मका जुम रेकर्ड अनुसार देशैभरिका करिब १५०० जना प्रतिनिधिमूलक शिक्षक र विशेषतः प्रअहरूको सहभागिता रहेको थियो ।
उक्त राष्ट्रिय कार्यशालाको सञ्चाचालन संगठनका केन्द्रीय महासचिव क. निमबहादुर केसीले गर्नुभएको थियो भने संगठनका लुम्बिनी प्रदेश अर्थ उपमहासचिव क. माधव महरा, कास्की जिल्ला सचिव क. प्रकाश रिजाल, काठमाडौँ जिल्ला सचिव क. राजेन्द्र महरा र पोखरा महानगर अध्यक्ष क. भुवन सुवेदीले प्राविधिक रूपमा संयोजन गर्नुभएको थियो ।
बृहत सहभागितासहितको तीन दिने विशाल कार्यशालाका लागि आवश्यक विशेष जुम आइडी उपलब्ध गराई सहयोग गर्नुहुने गणित शिक्षाविद् श्री डिआर सिम्खडालाई संगठनको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरिएको थियो ।