Chairman Prachanda, EX PM and Chairman of Nepal Communist Party (NCP)
 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले इस्लाम धर्माबलम्बीहरुको महान् चाड इद–उल–अजहा (बकर ईद) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली समुदायलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले, “समाजवादको आधार तयार गर्ने दिशा अनुरुप आफूलाई परिस्कृत गर्न आव्हान गर्दै यस पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु”, भन्नुभएको छ ।

शुभकामना सन्देशको पूर्ण पाठ

इस्लाम धर्माबलम्बीहरुको महान् चाड इद–उल–अजहा (बकर ईद) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक र विभिन्न धार्मिक समुदायहरुको साझा भूमि हो । देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपाली जनताको पहिचान र विशेषता हो ।

नेपाली जनताको राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूत गर्ने वर्तमान संविधानले सबै धर्महरुको उत्तिकै सम्मान गरेको छ । धार्मिक सहिष्णुताको चेतनाका लागि नेपाली समाज एक उदाहरणीय समाजका रुपमा गनिन्छ ।

पुराना सोच, संरचना, मुल्य र मान्यतालाई व्यवहारतः विस्थापित गरी नयाँ सोच, मूल्य, मान्यता र संस्कृति अघि बढाउने चुनौती हामी सामु छ ।

समाजवादको आधार तयार गर्ने दिशा अनुरुप आफूलाई परिस्कृत गर्न आव्हान गर्दै यस पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु ।

२६ साउन, २०७६

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

Greetings of Bakar Eid from Chairman Prachanda