Marxism and Asian Philosophy Marxian Gurukul
 

काठमाडौं । राजधानी काठमाडौँमा आयोजित हुन लागेको दुई दिने ‘मार्क्सवाद र एसियाली दर्शन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा १० देशका ३०० भन्दा बढीले सहभागिता जनाउने भएका छन् । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र मार्क्सीय गुरुकुलको आयोजनामा भदौ २ र ३ गते राजधानीमा सम्मेलन आयोजना हुँदैछ ।

सम्मेलनमा नेपाल, चीन, भारत, अमेरिका, बेलायत, थाइल्याण्ड, दक्षिण कोरियालगायत देशका प्रतिनिधिको सहभागिता हुने आयोजक समितिका सदस्य सचिव डा. प्रेमराज न्यौपानेले जानकारी दिए । सम्मेलनमा पूर्वीय सोच र मार्क्सवाद, कर्मकाण्डमा मार्क्सवाद, वेदान्त र मार्क्सवाद, बौद्ध दर्शन र मार्क्सवादी दर्शन, सङ्ख्य दर्शन र मार्क्सवाद, मार्क्सवाद र एशियाली दर्शनको अध्ययन पद्धति, कला साहित्यलाई हेर्ने मार्क्सवादी दृष्टिकोण, मार्क्सवाद र नेपाली साहित्य, मार्क्सवाद र बुद्ध दर्शनका समदृष्टिकोण, दर्शन विश्वदर्शन, मार्क्सवाद र एशिया अनुभव, वैदिक साहित्यमा मार्क्सवादी धारणालगायत २८ विषयका कार्यपत्र सम्बन्धित क्षेत्रका विज्ञले प्रस्तुत गर्नेछन् ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने आयोजक समितिले जनाएको छ । सम्मेलनको अन्त्यमा काठमाडौँ घोषणापत्रसमेत जारी गरिने छ । यस विषयमा पहिलोपटक सम्मेलन आयोजना गर्न लागिएको हो ।