नेकपा सचिवालय बैठक, एमसीसी र सभामुख एजेण्डामा, nekapa NCP secretaraiat meeting PM KP Oli, CM Prachanda
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । मंगलवार दिउँसो ३ बजेलाई बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । पार्टी एकता सम्बन्धी बाँकी कामहरू टुंगोमा पुर्‍याउन बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

बैठकमा सहभागी हुनका लागि नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे पनि बैठक स्थगित गरिएको थियो । बैठकका लागि आवश्यक गृहकार्य नपुगेको भन्दै बैठक स्थगित भएको पार्टी प्रवक्ता क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिनुभयो ।

आज नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता क. माधवक‍ुमार नेपालले सचिवालयको बैठकका केही निर्णयहरूप्रति असहमति जनाउँदै पार्टीमा नोट अफ डिसेन्ट (असहमति) दर्ता गराउनु भएको छ ।

नोट अफ डिसेन्टको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोस् ।