Wang Yi, Bidya Devi Bhandari
 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले आज शिष्टाचार भेट गर्नु भएको छ ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो ।

शिष्टाचार भेटका क्रममा विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधि मण्डलका सदस्यहरूका साथै जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी र राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।