काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । २०८१ माघ २६ गते शनिवार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक महासंघका अध्यक्ष क. चित्रबहादुर श्रेष्ठ ‘मदन’को अध्यक्षता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा दश वर्षे महान् जनयुद्धका सर्वोच्च कमाण्डर क. पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्य र नेकपा (माओवादी केन्द्र )का वरिष्ठ केन्द्रीय सदस्य तथा महासंघका फ्य्राक्सन इन्चार्ज क. सुनीलकुमार मानन्धरको विशेष उपस्थितिमा काठमाडौँको बागबजारमा बसेको बैठकले संगठन सुदृढीकरण, परिचालन र संघर्ष सम्बन्धी विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।
राष्ट्र, राष्ट्रियता र सार्वभौम नेपाली जनताको सम्मानमा राष्ट्रिय गान र नेपाली जनताका वीरताले भरिएका बलिदानीपूर्ण संघर्षहरू, दशवर्षे महान् जनयुद्ध, जनआन्दोलनहरू, किसान विद्रोहहरू तथा संघर्षहरूसहित नेपालका सम्पूर्ण राष्ट्रिय तथा वर्गीय मुक्ति आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् ज्ञात-अज्ञात सहिदहरूप्रति १ मिनेट मौनधारण गर्दै अगाडि बढेको बैठक प्रमुख अतिथि, नेकपा (माओवादी केन्द्र)का श्रद्धेय अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा दश वर्षे महान् जनयुद्धका सर्वोच्च कमाण्डर क. पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा पानसमा दीप प्रज्ज्वलन गरी बैठकको समुद्घाटन गर्नुभएको थियो भने वि.सं. २०१५ सालको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट उमेद्वार भई देशभर विजयी हुने ४ जना सांसदहरूमध्ये रौतहट जिल्लाबाट निर्वाचित हुने २ जना सांसदहरू क. शेख फरमानका छोरा क. शेष नरिस र क. हरदयाल महतोका नाति क. आनन्दकुमार महतोलाई अध्यक्ष क. प्रचण्डद्वारा दोसल्ला र फ्य्राक्सन इन्चार्ज क. सुनिलकुमार मानन्धरद्वारा खादा ओडाई सम्मान गरिएको थियो भने महासंघका अध्यक्ष क. चित्रबहादुर श्रेष्ठद्वारा किसान महासंघको विधान हस्तान्तरण गरी उहाँहरूलाई किसान संगठनको औपचारिक जिम्मेवारीमा स्वागत गर्नुभएको थियो ।
बैठकको सुरुवातमा महासंघको केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष क. चित्रबहादुर श्रेष्ठले लिखित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने ७ वटा भौगोलिक र विशेष प्रदेश गरी ८ वटै प्रदेशका अध्यक्ष/संयोजक/इन्चार्जहरूले आफ्नो कार्यक्षेत्रको प्रतिवेदन पेस गर्दै संगठनका गतिविधिहरू, किसान एवम् कृषिका समस्याहरू, जनताले भोगिरहेको दुःख र जनसरोकारका विषयहरू समेट्दै रिपोर्टिङ गर्नुभएको थियो ।
प्रमुख अतिथि तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकलाई सम्बोधन गर्दै आफूले पार्टी जिम्मेवारी लिने क्रममा सबैभन्दा पहिले अखिल नेपाल किसान संघको जिम्मेवारी लिएको र एकप्रकारले किसान संघबाटै राजनीतिक जिम्मेवारीको सुरुवात गरेकोले किसान संगठनको बैठकमा आउँदा आफूलाई जन्मस्थलमा आएको जस्तो र गौरव महसुस हुने उल्लेख गर्दै पार्टीको आठौँ केन्द्रीय समितिको छैठौँ बैठकले लिएका निर्णयहरू र त्यसको महत्त्वबारे प्रकाश पार्नुभयो । उहाँले किसान संगठन पार्टीको अत्यन्तै महत्त्वपूर्ण मोर्चा भएको र यसको महत्त्व कहिल्यै घट्न नसक्ने बताउँदै पार्टीले लिएका नीतिहरू र गरेका निर्णयहरू कार्यान्वयनमा किसान महासंघको अत्यन्तै ठुलो भूमिका हुने विचारसहित मार्गनिर्देशन गर्नुभयो ।
पार्टीका वरिष्ठ केन्द्रीय सदस्य तथा किसान महासंघका फ्य्राक्सन इन्चार्ज क. सुनिलकुमार मानन्धरले रिपोर्टिङको क्रममा उठेका विषयहरूको संश्लेषणसहित पार्टी केन्द्रीय समितिले आफ्नो वर्गतिर फर्कने निर्णय गरेको उल्लेख गर्दै २०१५ सालको चुनावमा रौतहटबाट निर्वाचित हुने नेपाल कम्युनिष्ट पार्टीका सांसदहरू क. शेष फरमान र क. हरदयाल महतोको इतिहासका बारेमा प्रकाश पार्नुका साथै उहाँहरूका परिवारजनलाई सम्मान गर्ने र किसान आन्दोलनमा पुनः जोड्ने कुराको ऐतिहासिक महत्त्व रहेको बताउँदै उहाँहरूको आदर्श पछ्याउँदै किसान आन्दोलनलाई अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
तत्पश्चात बैठकद्वारा महासंघका अध्यक्ष क. चित्रबहादुर श्रेष्ठद्वारा प्रस्तुत महासंघको केन्द्रीय सचिवालयको दोस्रो विस्तारित बैठकपश्चात भएका राजनीतिक तथा सांगठानिक गतिविधिहरू, तिनको समीक्षा र भावी कार्ययोजना तथा कार्यक्रमसहितको लिखित राजनितिक तथा सांगठनिक प्रतिवेदन बैठकबाट अनुमोदन भएको थियो ।
बैठकले अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को २०८१ फागुन महिनादेखि २०८२ जेठ महिनासम्म चार महिने ‘संगठन सुदृढीकरण तथा किसान जागरण अभियान’ सञ्चालन गर्ने, अखिल नेपाल युवा किसान संघ (क्रान्तिकारी) को राष्ट्रिय भेला २०८१ फागुन १० गते आयोजना गर्ने, अखिल नेपाल दुग्ध उत्पादक किसान संघ (क्रान्तिकारी) र अखिल नेपाल पशुपालक किसान संघ (क्रान्तिकारी) लाई समायोजन गरी एउटै संगठन – अखिल नेपाल पशुपालक तथा दुग्धउत्पादक किसान संघ (क्रान्तिकारी) – बनाउने निर्णयअनुरूप २०८१ फागुन १७ गते शनिबार काठमाडौँको कोटेश्वर (पेरिसडाँडा) मा संयुक्त राष्ट्रिय भेला आयोजना गर्ने, महासंघका सबै प्रदेश, जिल्ला र स्थानीय तहका भेला, सम्मेलन र बैठक आयोजना गर्ने, एकल, आन्तरिक र संयुक्त संघर्षको तयारी गर्ने, विषयगत किसान संघहरूको राष्ट्रिय भेला प्राथमिकताका साथ गर्ने, किसानहरूका विषयगत उत्पादन र व्यावसायिक समस्याहरूको पहिचान गरी व्यापक अन्तर्क्रिया तथा छलफलहरू सञ्चालन गर्ने र समस्या समाधानका लागि पहल गर्ने, कृषिक्षेत्रका विज्ञ, विशेषज्ञ, प्राविधिक, पूर्वकर्मचारीहरू, नीति-निर्माण तहमा रहेर काम गरिसकेका व्यक्ति-व्यक्तित्वहरू समेतलाई संगठित गर्दै किसानहरूको हित र कृषिको रूपान्तरणमा सहभागी गराउन व्यापक तयारीसहित पार्टी अध्यक्ष क. प्रचण्डको समुपस्थितिमा कृषि विज्ञ सभाको आयोजना गर्ने, महासंघका ७ वटै भौगोलिक प्रदेश समिति, ७७ वटै जिल्ला समन्वय समिति र ७५३ पालिका तहबाट सम्बन्धित प्रदेश र स्थानीय सरकारहरूलाई माग-पत्र पेस गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।
महासंघको बैठकले क. कृष्ण भण्डारी (पाल्पा), क. शोभा क्षेत्री (पर्वत), क. अमर कँवर (दाङ), क. रविन्द्र अधिकारी (लमजुङ), क. रमेश पण्डित तुफान (गोरखा), क. ताराकिशोर धमला (दैलेख), क. निशान किराँती (सोलुखुम्बु), क. डम्बरकुमारी घिमिरे (सोलुखुम्बु), क. मोहन कार्की (नवलपरासी पश्चिम), क. राधा अधिकारी (प्युठान), क. माया विष्ट (कैलाली) लाई महासंघको केन्द्रीय सचिवालयको वैकल्पिक सदस्यबाट केन्द्रीय सचिवालय सदस्यमा पदोन्नति गरेको छ ।
त्यसरी नै बैठकले क. दिनेश फुयाँल (मोरङ), क. रामबहादुर खड्का (गोरखा), क. प्रेम हमाल (स्याङ्जा), क. गोबर्द्धन बुढा (रूकुम पूर्व), क. कल्पना घिमिरे (मोरङ), क. हीरा थापा (रौतहट), क. सुमित्रा श्रेष्ठ (सर्लाही), क. योगप्रसाद दाहाल ‘भरत’ (सर्लाही), क. सीताराम पराजुली (काठमाडौँ, विशेष), क. हीरादेवी भट्टराई (पर्सा), क. आनन्दीदेवी भट्ट (कञ्चनपुर) लाई केन्द्रीय सदस्यबाट केन्द्रीय सचिवालयको वैकल्पिक सदस्यमा पदोन्नति गरेको छ ।
बैठकले महासंघको केन्द्रीय समितिका रिक्त सदस्य पदमा क. शान्ता कार्की (काठमाडौँ, विशेष), क. बिजु खाँड (नवलपरासी पश्चिम), क. शंकर चौधरी (सप्तरी), क. प्रेमाकुमारी शाही (बाँके), क. जानकी पौडेल (कैलाली), क. धर्मशीला बस्नेत (जाजरकोट), क. गीता शार्की (कञ्चनपुर), क. शान्ता अधिकारी (झापा), क. देवीमाया भट्टराई विक (सप्तरी), क. चिन्तामणि वस्ती (ललितपुर, विशेष), क. रामविलाश यादव (कपिलवस्तु), क. अर्जुन भुजेल (धादिङ), क. जोवन तामाङ (भक्तपुर), क. खोमप्रसाद दाहाल (ललितपुर), क. टेकबहादुर थापा (सिन्धुली), क. कुलप्रसाद उपाध्याय (रुपन्देही), क. देवीबहादुर थापामगर (पाँचथर), क. कृष्ण उप्रेती (तेह्रथुम), क. मदन कठायत (कैलाली), क. निर्मला बुढा (अछाम), क. गीता भट्ट (डडेल्धुरा), क. टेकबहादुर भण्डारी (धनकुटा) लाई मनोनित गर्ने निर्णय गरेको छ ।
त्यसरी नै क. शेष नरिस रौतहट, क. आनन्दकुमार महतो रौतहट, क. नारायणदेव श्रेष्ठ सिन्धुली र क. पशुपति भुसाल काठमाडौँलाई महासंघको केन्द्रीय सल्लाहकार समितिको सदस्यमा मनोनित गरेको छ ।
बैठकबाट महासंघका केन्द्रीय बैकल्पिक सचिवालय सदस्य क. हेमराज भुजेललाई धादिङ जिल्लाको इन्चार्ज, केन्द्रीय सदस्य क. अर्जुनकुमार थापालाई ललितपुर जिल्लाको इन्चार्ज र केन्द्रीय सदस्य तथा जिल्ला उपाध्यक्ष क. खोमप्रसाद दाहाललाई ललितपुर जिल्लाको संयोजक तोकिएको छ ।
त्यसरी नै बैठकले महासंघमा सूचना प्रविधिको प्रयोगलाई बढाउने र सामाजिक सञ्जालमार्फत अगाडि बढाइने प्रचारात्मक कार्य र हस्तक्षेपलाई सुदृढ गर्ने पार्टी निर्देशन अनुसार ९ सदस्यीय अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), आईसिटी फोरम समिति गठन गरेको छ । केन्द्रीय सदस्य दीपा सापकोटाको इन्चार्जसिपमा क. रुद्र अधिकारी (उदयपुर, प्रदेश नं. १), क. रामचन्द्र महतो (सिरहा, मधेस प्रदेश), क. रामचन्द्र नेपाल (मकवानपुर, वागमती प्रदेश), क. ओम आचार्य (कैलाली, सुदुरपश्चिम प्रदेश), क. धनबहादुर मगर (काठमाडौँ, विशेष प्रदेश), क. रमेश पण्डित ‘तुफान’ (गोरखा, गण्डकी), क. कल्पना घिमिरे (मोरङ, प्रदेश नं. १), क. अर्जुनकुमार पन्थी (प्युठान, लुम्बिनी प्रदेश), क. शक्ति बुढा (सुर्खेत, कर्णाली प्रदेश) रहेको समिति गठन गरिएको हो ।
बैठकबाट उत्पादन र सहकारीका सम्बन्धमा किसान महासंघ र यसका घटक संगठनहरूले आफ्नै पहलकदमीमा उत्पादनको ठोस योजना बनाई सामूहिक र सहकारीको रूपमा लागु गर्ने-गराउने, किसान महासंघ र विषयगत किसान संघका सबै नेता-कार्यकर्ताहरू सामूहिक र सहकारी नभएको अवस्थामा निजी रूपमासमेत उत्पादनमा अनिवार्य रूपमा जोडिएको हुनुपर्ने र सबैले आफूलाई नमूना बनाउन कोशिस गर्नुपर्ने, उत्पादन र सहकारीहरूको कार्यक्रम सञ्चालनमा राज्यबाट प्राप्त गर्न सकिने विभिन्न सेवा सुविधाबारे महासंघले जानकारी लिई मातहतका समितिहरूलाई जानकारी उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले किसानहरूको हक, हित र अधिकार, कृषिको रूपान्तरण र जनसरोकारका विषयमा समसामयिक प्रस्तावहरूसमेत अनुमोदन गरेको छ ।
बैठकबाट महासंघका केन्द्रीय सचिवालय सदस्य क. टेकबहादुर गिरी (रुकुम पश्चिम)को मिति २०८१ जेठ १० गते, केन्द्रीय सदस्य क. चिरञ्जीवी राई (धनकुटा)को मिति २०८१ साउन ८ गते, केन्द्रीय निर्वाचन आयोगका सदस्य क. विपिन ढकाल (गोरखा)को मिति २०८१ कार्तिक २२ गते, केन्द्रीय सल्लाहकार तथा सूर्यबिनायक नगरसमितिका उपाध्यक्ष क. जुजुभाइ राजथला (भक्तपुर)को मिति २०८१ पुस ६ गते, प्युठान जिल्ला समन्वय समितिका सदस्य क. रामचन्द्र शाहको मिति २०८१ पुस १४ गते, केन्द्रीय उपाध्यक्ष क. रामकुमारी महतोकी माता श्रीवतिदेवी कोइरिनको मिति २०८१ साउन २८ गते, केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्ष क. ईश्वरीप्रसाद पाण्डेका पिता पशुपति पाण्डेको मिति २०८१ असोज ९ गते, केन्द्रीय अनुशासन समितिका सचिव क. लोकेन्द्रबहादुर राना ‘शीतल’का पिता जन्जाली राना (सौकार) को मिति २०८० जेठ १७ गते, केन्द्रीय निर्वाचन आयोगका सचिव क. तुलसीप्रसाद सापकोटाकी माता भीमादेवी सापकोटाको मिति २०८१ माघ १९ गते, केन्द्रीय सचिवालय सदस्य क. रामबहादुर बुढाकी जीवन संगिनी सरस्वती बुढाको मिति २०८१ साउन ८ गते, केन्द्रीय सचिवालय बैकल्पिक सदस्य क. लक्ष्मी महतोकी जीवनसंगिनी रूपवति कोइरीको मिति २०८१ साउन ४ गते, केन्द्रीय सचिवालयका बैकल्पिक सदस्य क. सुरेन्द्रकुमार चौधरीका पिता मंगलबहादुर डगौराको मिति २०८१ साउन ७ गते र केन्द्रीय सदस्य क. लोकेन्द्र जैसीका पिता नयाँराम जैसी २०२१ मंसिर २१ गते निधन भएकोमा निधन हुने सबैप्रति हार्दिक श्रद्धाञ्जलीसहित परिवारजनमा हार्दिक समवेना व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको थियो ।