मेरा विचारमा भूमण्डलीकरण कसैको सनक होइन । यो कसैको आविष्कार पनि होइन । भूमण्डलीकरण इतिहासको नियम हो । यो उत्पादक शक्तिहरूको विकासको परिणाम हो । यो वैज्ञानिक र प्राविधिक विकासको परिणाम हो । यो कुनै नयाँ चीज होइन । यो पहिला पनि हुँदै आएको हो । अहिले यसमा...बाँकी
यतिबेला क्युबाका सडकमा खाना, औषधी र बिजुलीको माग गर्दै गरेका मानिसहरूको भीड देखेर कतिपय मानिसहरू हतप्रभ भएका हुनसक्छन् । तर विश्वमा अन्य देशका सरकारका विपरीत समाजवादी क्युबाको सरकारले सडकमै उपस्थित भएर आफ्ना जनताको त्यो आवाज मानेको र स्वीकारेको छ । क्युबाका राष्ट्रपति मिगुएल डियाज केनेल तुरुन्तै सडकमा निस्केका...बाँकी
प्रिय साथी, हुन त टिप्पणी लेख्न अलि ढिलो भइसकेको छ, तापनि आफ्नो वाचा पूरा गर्ने आशासहित मैले अफ्रिकाको यात्राको क्रममा यी टिप्पणीहरु लेखिरहेको छु । माथि उल्लेखित शीर्षकअनुरुप टिप्पणीहरु लेख्ने प्रयत्न गर्नेछु । मलाई आशा छ – पाठकहरूका लागि यो रुचीकर हुनेछ । हामी समाजवादको निर्माणमा उद्यत छौँ...बाँकी
राम्रो तयारीले कृषिमा जस्तै सबै क्षेत्रमा समय बचाउँछ । निराशा र जोखिम कम गर्छ । राम्रो औषधी रोग लाग्न नदिन हो, उपचार गर्न होइन । राम्रो औषधी स्वस्थ रहनका लागि हो । भीरबाट लड्नु, हड्डी भाँच्नु, स्वास्थ्य गुमाउनुभन्दा भीरबाट लड्न जोगिनु राम्रो हो । विद्यालयहरूले पुराना भूगोल, उत्तर...बाँकी
हवाना, अगस्ट १३ । क्युबाका राष्ट्रपति मिगेल डियाज-केनेलले कोभिड-१९ महामारीको नयाँ लहरलाई नियन्त्रण गर्नु नै क्रान्तिनायक फिडेल क्यास्ट्रोलाई दिइने सच्चा श्रद्धाञ्जली भएको बताउनुभएको छ । क्युबाली क्रान्तिका महानायक क. फिडेल क्यास्ट्रोको ९४औँ जन्मजयन्तीको उपलक्ष्यमा राष्ट्रपति डियाज-केनेलले सार्स-कोभी-२ कोरोना भाइरस नियन्त्रणमा अहिले प्राप्त सफलता फिडेल क्यास्ट्रोले सुरू गरेका कामहरूको...बाँकी
कुरा सन् १९७३ मा भियतनामको एक प्रान्त क्वाङ त्रीको हो । 'स्पात भूमि' को नामले चिनिने यो ठाउँ बारुदको गन्धले भरिएको छ, जहाँ त्यतिबेलासम्म पनि युद्धको विभत्स रूप अनुभव गर्न सकिन्थ्यो । क्वाङ त्री क्षेत्र स्वतन्त्र भइसके पनि भियतनामी जनता मुक्ति र स्वतन्त्रताको लडाइँ निरन्तर रूपमा लडिरहेका थिए...बाँकी
"म क्युबाली जनतालाई भन्न चाहन्छु कि आफ्ना डाक्टर र मेडिकल कलेजहरूप्रति गर्व गर्नुहोस् ।", ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासियो लुला डा सिल्भा भन्छन्, “ब्राजिलमा तपाईँले लाखौँ जनताको प्रशंसा र सम्मान पाउनु भएको छ ।” ब्राजिलको क्युरिटिबा जेलबाट पठाइएको र विद्रोही युवा (क्युबाली कम्युनिस्ट पार्टीकाे युवा संगठनकाे मुखपत्र) मा प्रकाशित पत्रमा...बाँकी