काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) अध्यक्ष केपी ओली प्रवृत्ति प्रतिक्रियावादी, प्रतिगमनकारी भएको बताउँदै ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर मौका आएमा गणतन्त्र, संघीयता उल्ट्याउने बताएको कुरा सुनेको खुलासा गर्नुभएको छ । सोमबार कीर्तिपुरमा नेकपा (माओवादी केन्द्र) नगर कमिटीद्वारा आयोजित शुभकामना...बाँकी
मैले पुष्पकमल दाहाल अर्थात 'प्रचण्ड'को बारेमा कलम नचलाई सुख्खै पाइन । कारण के हो त भन्दा उनको बारेमा यत्ति धेरै गालीगलौज गर्न, गराउन लागिपरेका नेकपाका केही नेता तथा कार्यकर्तालाई प्रचण्ड के हुन् त भनेर चिनाउन जरूरी नै भयो । कार्ल मार्क्सको स्थान कसैले लिन सक्दैन । उनको स्थान...बाँकी
'बंगुरको मासु साह्रै मनपर्छ, तर बंगुर चाँहि फोहरमा बस्छ, त्यही भएर घिन लाग्छ' भनेजस्तै 'तत्कालिन माओवादीले ल्याएको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक र धर्म निरपेक्षतासहितको समानतामूलक उपल्ब्धिहरु सबै मन पर्छन् तर माओवादी चाँहि मन पर्दैन' भन्ने केही तिकडमबाज पत्करहरु छन् । 'भात मन पर्छ, किसान मन पर्दैन', 'झरी मन...बाँकी
नेपाल गणतन्त्रको युगमा प्रवेश गरेको छ । नेपाली राजनीति पुर्नगठनको उच्च चरणमा छ । अब नेपालमा पुरानो सोच र थोत्रो ढर्राबाट राजनीति चल्दैन । 'शीतल निवासमा पुगेपछि सबै सुविधा लिन पाइन्छ, सिंहदरबारभित्र छिरेपछि ब्रम्हलुट मच्चाउन पाइन्छ, राज्यका उच्च तहमा पुगेपछि मनपरी गर्न पाइन्छ, नेता बनेपछि सबै स्वार्थ पूरा...बाँकी
पछिल्लो दुई दशक नेपाली राजनीतिमा प्रचण्ड एकछत्र छन् । शहरका भुँई नटेक्नेदेखि गाउँका चप्पल नदेख्नेसम्म । कतै आशा र कतै निराशा, तिनमा पनि प्रचण्ड उसरी नै छन् । जो बजारमा डलरको सपना देख्छन् र गाँउमा बाँच्न नसकेको यथार्थता पोख्छन् । केही सपनाहरु, शहीदका आफन्तजन एवम् परिवारको । नमरेर...बाँकी
काठमाडाैं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले हिजो मेसिनगन नबोकेको भए आज गणतन्त्र नआउने धारणा राखेका छन् । राजधानीमा आयोजित पूर्वजनमुक्ति सेना संघ, नेपाल रामेछापले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता शर्माले यस्ताे बताएका हुन् । उनले सात सालदेखि...बाँकी
दाङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले सहिदका सपना पूरा हुँदै गएको बताएका छन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतासमेटिएको जनताको संविधान निर्माण हुनु सहिदका सपनाको साकार रुप भएको उनीहरुले बताए । यी उपलब्धि संस्थागत गर्दै जनताको जीवन बदल्नु अबको कार्यभार भएको नेताहरुकाे भनाइ थियाे । घोराही १७ ओखरामा जनयुद्धका सहिदहरु अर्जुन...बाँकी
श्रीमान, म माओवादी हुँ । पक्का माओवादी । मेरो नशानशामा माओवादी छ । त्यो दिनदेखि–जुनदिनदेखि माओवादीले न्यायको हतियार उठायो । म हजुरको कानुनले व्याख्या गर्ने गरेको त्यो अपराधी र माओवादी हुँ । हजुरलाई फेरि भनुँ–म लड्खडाएको छैन र उस्तै त्यो कालको जस्तै आज पनि माओवादी हुँ । यो...बाँकी