Tag: #गोकुलप्रसाद बाँस्कोटा

चारतारे हाेस वा लालतारे कसैलाइ छाेडिन्न – सञ्चारमन्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १९ गते बिहीवार

चारतारे हाेस वा लालतारे कसैलाइ छाेडिन्न – सञ्चारमन्त्री

काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गामा बेइमानी गर्नेलाई सरकारले ठेगानमा ल्याउने बताउनुभएकाे छ । बिहिबार नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले सरकारले यो विषयमा पिठ्यु नफर्काउने बताउनुभएकाे हाे। नियमित पत्रकार सम्मेलनमा वाेल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री वाँस्काेटाले भन्नुभयाे - 'सार्वजनिक जग्गामा वेइमान...बाँकी

कृषि क्षेत्रमा देखिएको परनिर्भरता अन्त्य गर्नुपर्ने – मन्त्री बाँस्काेटा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ३० गते शनिवार

कृषि क्षेत्रमा देखिएको परनिर्भरता अन्त्य गर्नुपर्ने – मन्त्री बाँस्काेटा

लहान, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कृषि र पर्यटनको विकासले मात्र समृद्ध नेपाल र सुखी नेपालीको सरकारी नारा सार्थक हुने भएकाले कृषि क्षेत्रमा देखिएको परनिर्भरता अन्त्य गर्नुपर्ने बताउनु भएकाे छ । लाहानकाे सीतापुरमा शुक्रवार आयाेजित माँ वाैकी देबी महाेत्सव उद्घाटन गर्दै मन्त्री बाँस्काेटाले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने गरी सरकारले प्रदेश...बाँकी

नक्कली कागज बुझाएर अब मिडिया चल्दैन – मन्त्री बाँस्काेटा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २७ गते बुधवार

नक्कली कागज बुझाएर अब मिडिया चल्दैन – मन्त्री बाँस्काेटा

काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मिडिया हाउसको बार्षिक आम्दानी र कर तिरेको हिसाब हेर्नुपर्ने अवस्था आउन नदिन मिडिया मालिकलाई सचेत गराउनुभएकाे छ। नेपाल पत्रकार महासंघले बुधबार काठमाडाै‌ंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले श्रमजीवि पत्रकारलाई तलव दिए नदिएको मात्रै सरकारको चासो रहेको भन्दै उक्त चेतावनी...बाँकी

नेपाल ‘डिजिटल इकोनोमी’ यात्रामा छ – मन्त्री बाँस्कोटा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २४ गते आइतवार

नेपाल ‘डिजिटल इकोनोमी’ यात्रामा छ – मन्त्री बाँस्कोटा

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल: सुखी नेपाली’ बनाउने सरकारको लक्ष्य पूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनभएकाे छ। सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुवावेद्वारा आइतवारआयोजित नेपाल मोबाइल काङ्ग्रेस २०१९ को उद्घाटन गर्दै उहाँले सरकार सूचना प्रविधिमैत्री नेपाल (डिजिटल नेपाल) बनाउने...बाँकी

प्रेसमाथि नियन्त्रण गर्ने कुरा सोच्न पनि सकिँदैन – मन्त्री बाँस्काेटा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १७ गते आइतवार

प्रेसमाथि नियन्त्रण गर्ने कुरा सोच्न पनि सकिँदैन – मन्त्री बाँस्काेटा

काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसमाथि नियन्त्रण नगरेर नियमन गर्ने बताउनुभएकाे छ। उहाँले केही सञ्चारमाध्यम सरकार र सत्तारुढ पार्टीविरुद्ध भ्रम फैलाउने काममा लागिरहेको बताउँदै त्यस्ता सञ्चारमाध्यमलाई नियमन गर्नुपर्ने बताउनुभयाे । उहाँले हुँदै नभएका कुरा बहसमा ल्याएर आफ्नै गरिमा घटाउन सञ्चारमाध्यम लागि परेको टिप्पणी गर्नुभयाे । राजधानीमा...बाँकी

पछाडि पारिएकालाई राज्यको मूलप्रवाहमा ल्याउने दायित्व राससकै हो – मन्त्री बाँस्कोटा

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ७ गते मंगलवार

पछाडि पारिएकालाई राज्यको मूलप्रवाहमा ल्याउने दायित्व राससकै हो – मन्त्री बाँस्कोटा

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पछाडि पारिएका क्षेत्रलाई राज्यको मूलप्रवाहमा ल्याउने दायित्व राससको भएको बताउनुभएको छ । राससको ५८ औँ वार्षिकोत्सवको अवसर पारेर मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाचार उत्पादन, प्रसारण र वितरणमा अग्रणी संस्थाको रुपमा राससले नेपाली जनताको चाहना र भावनालाई सम्बोधन...बाँकी