Tag: #नेत्रविक्रम चन्द ‘विप्लव’

‘विप्लव’का नगरपालिका सेक्रेटरी भट्ट पक्राउ

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ३० गते शनिवार

‘विप्लव’का नगरपालिका सेक्रेटरी भट्ट पक्राउ

कञ्चनपुर, नेत्रबिक्रम चन्द 'विप्लव' समूहका कृष्णपुर नगरपालिका सेक्रेटरी रामप्रसाद भट्टलाई प्रहरीले  पक्राउ गरेको छ । भट्टलाई कृष्णपुर रैकवार क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएकाे छ । पक्राउ परेका भट्टको साथबाट सङ्गठनको योजना र सङ्गठन विस्तारबारे उल्लेख गरिएको डायरी र पार्टीको सिद्धान्त बारेका किताब बरामद गरेकाे प्रहरीले...बाँकी

विप्लव नेतृत्वकाे नेकपाका मकवानपुर इञ्चार्ज पक्राउ

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २९ गते शुक्रवार

विप्लव नेतृत्वकाे नेकपाका मकवानपुर इञ्चार्ज पक्राउ

हेटौंडा, नेत्रबिक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनवाट प्रहरीले बिहीवार राति उनीहरुलाई पक्रेको हो ।सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतले...बाँकी

‘विप्लव’ माथिकाे प्रतिबन्ध हटाइयोस् – अस्ट्रेलियन कम्युनिस्ट पार्टी (माले)

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २८ गते बिहीवार

‘विप्लव’ माथिकाे प्रतिबन्ध हटाइयोस् – अस्ट्रेलियन कम्युनिस्ट पार्टी (माले)

काठमाडौं, अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) ले नेत्रविक्रम चन्द 'विप्लव'ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि सरकारले लगाएको प्रतिवन्ध हटाउन अनुराेध गरेको छ । अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विप्लवमाथिको प्रतिबन्ध हटाउन अनुरोध गर्दै पत्र पठाएको हो । अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष निक...बाँकी

बुटवलको विप्लव पार्टी कार्यालयमा प्रहरीको डोजर

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १५ गते शुक्रवार

बुटवलको विप्लव पार्टी कार्यालयमा प्रहरीको डोजर

बुटवल । नेत्रविक्रम चन्द 'विप्लव' नेकपाको पार्टी कार्यालयमाथि प्रहरीले डोजर चलाएको छ । पाल्पारोडस्थित विप्लवको ‘रातो घर’ मा प्रहरीले डोजर लगाएर भत्काएका हो । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले केही दिन अगाडी सो कार्यालयमा ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरू कब्जामा लिएका थिए । उक्त भवन...बाँकी

‘विप्लव’माओवादीका नेता हेमन्तप्रकाश ओलीसहित ८ जना पक्राउ

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ९ गते शनिवार

‘विप्लव’माओवादीका नेता हेमन्तप्रकाश ओलीसहित ८ जना पक्राउ

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीका नेता हेमन्तप्रकाश ओलीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोली र काभ्रे प्रहरीको संयुक्त टोलीले शुक्रबार राती काभ्रेबाट ओलीसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पक्राउ...बाँकी

‘विप्लव’  नेतृत्वको नेकपा र प्रहरीबीच मंगलबार साँझ काभ्रेमा दोहोरो फायरिङ

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ६ गते बुधवार

‘विप्लव’  नेतृत्वको नेकपा  र प्रहरीबीच मंगलबार साँझ काभ्रेमा दोहोरो फायरिङ

काठमाडाैँ ।  नेत्रविक्रम चन्द 'विप्लव'  नेतृत्वको नेकपा माओवादी र प्रहरी बिच मंगलबार साँझ काभ्रेमा दोहोरो फायरिङ भएको छ। काठमाडौँका विभिन्न ठाउँमा बम विस्फोट गराउने समूहको खोजीमा गएको महानगरीय प्रहरी अपराध महाशाखाको टोली र विप्लवका कार्यकर्ता बिच काभ्रेको रोशी गाउँपालिका-२ फलामेसाँघुमा दोहोरो फायरिङ भएको हो। महाशाखाका प्रवक्ता एसपी सोमेन्द्रसिंह...बाँकी

विध्वंसात्मक गतिविधिमाथि नियन्त्रण लगाइएको हो – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ३ गते आइतवार

विध्वंसात्मक गतिविधिमाथि नियन्त्रण लगाइएको हो – प्रधानमन्त्री ओली

विराटनगर, प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गर्नुभएको छ । आइतवार विराटनगर विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनाधिकृत संस्था भएको बताउनुभयो । उहाँले भन्नुभयो - 'जुन संस्था विधिवत छैन, यस्तो झुण्डलाई सरकारले चिन्दैन।' प्रधानमन्त्रीले विप्लव...बाँकी

‘विप्लव’ वार्तामा आए सरकार राताे कार्पेट बिछ्याउन तयार छ – मन्त्री बाँस्कोटा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १ गते शुक्रवार

‘विप्लव’ वार्तामा आए सरकार राताे कार्पेट बिछ्याउन तयार छ – मन्त्री बाँस्कोटा

काठमाडौं, नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा वार्तामा आए सरकार रातो कार्पेट बिछ्याउन तयार भएको बताउनुभएको छ । फागुन १३, १५, १९ र २६ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले...बाँकी

‘विप्लव’ माथि प्रतिबन्ध लगाउनु हतार – नेता देवेन्द्र पौडेल

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ३० गते बिहीवार

‘विप्लव’ माथि प्रतिबन्ध लगाउनु हतार – नेता देवेन्द्र पौडेल

काठमाडौं, नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि प्रतिबन्ध लगाउनु हतार भएको बताउनुभएको छ । बुधबार रिपोर्टर्स् क्लवमा बोल्दै उहाँले भन्नुभयो - ‘हिजोको क्याविनेटको निर्णय जुन भएको छ, यसबारेमा पार्टीमा छलफल हुन बाँकी छ । म पार्टीको जिम्मेवार व्यक्ति भएको हुँदा मेरा कुराहरु म...बाँकी