काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जनवादी गणतन्त्र चीनका विदेशमन्त्री तथा राज्य परिषद्का सदस्य वाङ यीको सम्मानमा आज साँझ राजधानीमा रात्रिभोजको आयोजना गर्नुभयो । रात्रिभोजलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत संघीय गणतन्त्र नेपाल र जनवादी गणतन्त्र चीन बिच अत्यन्त सुमधुर सम्बन्ध रहेको बताउनुभयो ।...बाँकी
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीनको राजकीय भ्रमणमा जान लाग्नुभएकाे छ । चीनको बेईजिङमा आयोजना हुने 'बेल्ट एण्ड रोड' (बीआरआई) को दोस्रो सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी बुधबार चीनको राजकीय भ्रमणमा जान लाग्नुभएकाे हाे । राष्ट्रपतिकाे चीन भ्रमणका क्रममा २०१६ मा दुई मुलुकबीच गरिएको पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर...बाँकी
काठमाडौं, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशी लगानीका लागि नेपाल भर्जिन ल्यान्ड भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ‘नेपालमा लगानीको अवसर’ विषयको पहिलो सत्रमा बोल्दै उहाँले राजनीतिक स्थिरताका कारण अब समस्याहरु हट्दै गएको धारणा राख्नुभयो । राजनीतिक वातावरण सहज बन्दै गर्दा र लगानीमैत्री ऐन, नियम तथा नियमावली आउँदै गर्दा...बाँकी
काठमाडौं, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चैत ६ देखि ८ गतेसम्म अर्जेन्टिनाको राजधानी ब्युनसआयर्समा हुने दक्षिण–दक्षिण सहयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिन बुधबार अर्जेन्टिना जाने हुनुभएको छ । सम्मेलनको पूर्ण बैठकमा मन्त्री ज्ञवालीले दक्षिण–दक्षिण सहयोगसम्बन्धी नेपालको राष्ट्रिय वक्तव्य तथा सन् २०३० का कार्यसूची कार्यान्वयन एवम् दिगो विकासका चुनौती...बाँकी