मनुष्य जाति कृषक जीवनमा आएको १२-१३ हजार वर्ष भयो भन्ने त पढिएको हो । मेरो बुझाइमा के थियो भने यो सभ्यताको विकासक्रममा भएको हो । तर यसो होइन रहेछ। मनुष्यलाई खेतीपातीमा आउन बाध्यता आइलागेको रहेछ । एकप्रकारले सुखदेखि दुःखमा झर्नुः स्वर्गदेखि नर्कमा झर्नुजस्तो हो रहेछ । यो पढेपछि...बाँकी
उत्तराधुनिक सिद्धान्तका किताबहरू पढदा एउटा प्रसङ्ग "इतिहासको अन्त" पनि आउँछ। यही इतिहासको अन्त शीर्षकमा फ्रान्सिस फुकुयामाको किताब विश्व प्रसिद्ध रहेको छ । यो किताब प्रकाशित भएको त झण्डै तीन दशक हुनलाग्यो तर मलाई भने केही समयअघि मात्र पढ्ने संयोग मिल्यो । यस किताबमा हेगेल (हिगल)को प्रसङ्ग बारम्बार उठ्दो...बाँकी
कोरोना भाइरस विषय केही लेख्न मलाई आवश्यकता लागेको थिएन किनकि यसमाथि प्रशस्तै लेखहरू र समाचार विभिन्न माध्यमबाट आइरहेकै छन् । अर्को कुरा सटिक र विश्वसनीय सूचना राख्न कठिन छ । यसको वैज्ञानिक अनुसन्धान अझ भइरहेकै छ । अड्कलबाजी, अन्तर्राष्ट्रिय राजनीति, षडयन्त्रको आशंका भइरहेकै छ। कोरोना भाइरसले वुहानमा ताण्डव...बाँकी
हिजो न्युजक्लिकले डा. सुष्मा नैथानीसित (धर्म र विज्ञान बारे) अन्तर्वार्ता लिएछ । यो अन्तर्वार्ताको क्रममा कतिपय शिक्षित वर्ग अन्धविश्वास र धर्मान्धतामा रहेको विषयमा चर्चा आयो । यसमा डा. नैथानीले भने, "धर्ममा बन्धुत्व हुन्छ तर विज्ञानमा हुँदैन । यही कारण मान्छेलाई आफ्नो आस्था, धर्म परायणता छोड्न कठिन पर्दछ ।"...बाँकी
मार्क्सवादीहरूले उत्तराधुनिकतावाद को तीव्र आलोचना गर्दछ। नेपाली लेखनमा यसको दृष्टान्त डा. ऋषिराज बराल हुनुहुन्छ । अङ्ग्रेजी साहित्य र विश्वस्तरमा विश्वविख्यात मार्क्सवादी आलोचक टेरी इगल्टनको नाम लिन सकिन्छ । उत्तराधुनिकताले पुँजीवादको समर्थन गर्दछ । उन्मुक्त बजारको विचार दिन्छ । त्यसैले विरोध गर्दछ मार्क्सवादीहरूले । तर के यही आधारमा मात्र...बाँकी