नरम उज्यालो । मन्द सुगन्ध । मैन मसँग धेरै समय सँगै हुन्छ तर यो मबाट टाढा भएको रहेछ । सँगै भएका धेरै कुरा मबाट टाढा रहेछन्, जस्तै– पत्नीभित्रको मातृत्व, बाबुआमाको प्रताडना र सन्तानहरुको स्वायत्तता । मैले मैनलाई यसरी कहिल्यै हेरेको रहेनछु । मैनको मौन संवाद कहिल्यै सुनेको रहेनछु...बाँकी
मार्क्स राक्षस हो ? कि भूतप्रेत हो ? तर असाध्यै डर लाग्छ । डर यतिसम्म लाग्छ कि अहिले पनि लागिराखेको छ । मार्क्स जस्तो महान् विचारकलाई मैले ऊ किन भनेँ हुँला, अपमान किन गरेँ हुँला, कम्तीमा उनीसम्म त भन्नु पर्ने भनेर पनि डरै लागेको छ । बोल्न खोज्यो,...बाँकी
एउटा अन्तर्वार्ता पढेको थिएँ । सइद मिर्जाको वार्ता थियो । उनी भारतीय नागरिक हुन् र पेसाले चलचित्र निर्देशन गर्छन् । टेलिभिजन च्यानलको चर्चा गर्दै उनले वार्तामा भनेका छन्— इन्डियालाई एउटा प्रोपोगान्डा चाहिन्छ । कुनै न कुनै हङ्गामा चाहिन्छ । कहिले मिलेनियर, कहिले वर्ल्ड कप, कहिले इन्डियन आइडल वा...बाँकी
यो मोबाइल पनि के किनिएछ जिन्दगीमा । स्विच अन गर्दा पनि गाली खानु, अफ गर्दा पनि गाली नै खानु । गाली खानकै लागि मोबाइल चाहिएला भन्ने त पहिले कल्पनै गरेको थिइनँ । सुरुमा मोबाइल भनेपछि कत्रो तिर्सना । सायद एउटा हिन्दी सिरियलमा पहिलो चोटि मैले मोबाइल देखेको थिएँ...बाँकी
धेरै बिक्ने वस्तुहरूमा खैनी, चुरोट र रक्सीहरू पनि छन् । मोबाइल र हतियारहरू छन् । विदेश गएर फर्केकाहरू भन्छन्, युवतीको शरीर पनि धेरै बिक्नेमा पर्छ रे । हलिवुड सिनेमाहरूले यौन मात्रै होइन, हिंसा, त्रास र सपना पनि बेच्छन् रे । यसमा बलिवुड पनि कम छैन । नेपालमा अर्धनग्न...बाँकी
घनश्याम सर वास्तवमा अप्ठ्यारो मान्छे । सुरुसुरुमा मलाई एकदम अप्ठ्यारो लाग्ने । रिसाउनु होला कि भन्ने परिरहने तर कुरा सुन्न भने मजा लाग्ने फेरि । कहाँ व्यङ्ग्य हो कहाँ होइन, छुट्याउन सजिलो नहुने । उहाँको कुरा बुझ्न उहाँको जीवन जान्नु पर्ने । उहाँको अवस्था बुझेको र प्रसङ्ग बुझेको...बाँकी
मभित्र एउटा डर छ । नेपाली नागरिक भएको हैसियतले मैले न्याय पाउँछु नै भन्ने विश्वास छैन । मेरो घर अर्काले डोजर लाएर लडाइदियो भने पनि म गर्न के सक्छु होला र ? मेरा बच्चालाई चोरेर मृगौला बेचिदियो भने पनि गर्न के सक्छु होला ? वा मेरो मिल्दो अनुहारलाई...बाँकी