Tag: #मार्क्सवाद–लेनिनवाद

कमरेड पुष्पलाललाई आज बुझ्दा र यथार्थ औँल्याउनुपर्दा

क. लोकनारायण सुवेदी २०७८ साउन ६ गते बुधवार

कमरेड पुष्पलाललाई आज बुझ्दा र यथार्थ औँल्याउनुपर्दा

नेपालको समकालीन राजनीतिमा कमरेड पुष्पलाल को दृष्टिकोण, निष्ठा र समर्पण नेपाली जनताको मुक्ति र समुन्नतिका निमित्त केन्द्रित रहेको प्रष्टै देखिन्छ । उहाँले ग्रहण गरेको मार्क्सवाद, लेनिनवाद र माओविचारधारा आजका चालु नेताहरूकोजस्तो सस्तो नेतागिरी छाँट्न, निक्कै जानेको छु भन्ने आडम्बर देखाउन र पण्डित्याइँ प्रदर्शन गर्नका निमित्त पटक्कै थिएन, बरू...बाँकी

अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवाद

क. रामराज रेग्मी २०७८ वैशाख ७ गते मंगलवार

अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवाद

कार्ल मार्क्स र उनका सहयोद्धा फ्रेडरिक एङ्गेल्सले बेलायतमा औद्योगिक क्रान्तिपछि प्रतिस्पर्धात्मक अवस्थामा रहेको पुँजीवादी समाजको गहिरो अध्ययन गरे र के निष्कर्ष निकाले भने पुँजीवादमा उत्पादनको स्वरूप सामूहिक हुन्छ तर उत्पादनका साधन र सामाजिक श्रमको उपजमाथि स्वामित्वको स्वरूप निजी हुन्छ । मार्क्सका अनुसार यसरी उत्पादन सामूहिक हुने तर त्यसमाथिको...बाँकी

संशोधनवादबाट मार्क्सवादलाई बचाउन दृढतापूर्वक उभिनुपर्छ

क. निर्मल लामा २०७७ फागुन ६ गते बिहीवार

संशोधनवादबाट मार्क्सवादलाई बचाउन दृढतापूर्वक उभिनुपर्छ

विश्व कम्युनिस्ट आन्दोलनमा प्रभुत्त्व जमाउँदै गएको संशोधनवाद को उग्र हावाबाट नेपाली कम्युनिस्ट आन्दोलन आज गहिरोसँग प्रभावित भइरहेको छ । क. स्टालिनको मृत्युपछि सोभियत संघमा निकिता ख्रुश्चेभले अघि सारेको सुधारवादी धार समेत सबै संशोधनवादी धारका विरुद्ध संघर्षरत माओविचारधारा र त्यस पक्षमा आन्दोलन गर्ने मस्कोपन्थीहरुको हाराहारीमा माले समूहको आजको घोषित...बाँकी

कमरेड हो ची मिन्ह र मार्क्सवाद-लेनिनवादप्रति उहाँको विश्वास

क. लोकनारायण सुवेदी २०७७ भदौ १८ गते बिहीवार

कमरेड हो ची मिन्ह र मार्क्सवाद-लेनिनवादप्रति उहाँको विश्वास

"म भिडको अघिल्तिर उभिएर कराएझैँ कराएँ - ‘आदरणीय शहीदहरु, देशबासीहरु! यही हो हाम्रो मुक्तिको बाटो ।" - कमरेड हो ची मिन्ह अत्यन्तै सादा जीवन र उच्च विचारका अप्रतिम व्यक्तित्व काका हो ची मिन्हले भनेका छन्, "प्रथम विश्वयुद्धपछि म फ्रान्समा फोटोग्राफरकोमा फोटो धुलाउने र ‘पुराना चिनियाँ भाँडाकुँडा’ (फ्रान्समा बनेको)...बाँकी

नेकपाभित्रको बहस र निष्कर्षको आधार

क. कार्लविक्रम थापा २०७७ साउन २७ गते मंगलवार

नेकपाभित्रको बहस र निष्कर्षको आधार

कोरोनाको महामारी एकातिर छँदैछ, अर्कोतिर आज हाम्रो देश भयङ्कर राजनीतिक संकटमा फसेको छ । ओली सरकारका गतिविधि हेर्दा यी "बोकाको मुखमा कुभिण्डो" साबित भएको देखिन्छ । जनतालाई पनि विभाजित मानसिकतामा पुर्‍याइयो, तल्लोस्तरको गालीगलौज गर्दै एकअर्कामा हिलो छ्यापाछ्यापको स्थिति छ, यसको प्रमुख माध्यम सामाजिक सञ्जाल भएको छ । आफू...बाँकी

क. माओत्सेतुङ र विश्व कम्युनिस्ट आन्दोलनमा उहाँका योगदानहरू

क. कृष्णदास श्रेष्ठ २०७६ माघ १८ गते शनिवार

क. माओत्सेतुङ र विश्व कम्युनिस्ट आन्दोलनमा उहाँका योगदानहरू

प्रत्येक महान पुरुष आफ्नो युगको उपज हो, आफ्नो समयको महान आन्दोलन र इतिहासको उपज हो । इतिहासको अध्ययनबाट हामी कुन कुरा थाहा पाउँछौ भने साँच्चिकै महान आन्दोलन तथा महान परिवर्तनहरुसँग सम्बन्धित आन्दोलन र परिवर्तनको एक उपज र अभिन्न अंगको रुपमा आफ्नो भूमिका खेल्छन्‌ र आफ्नो तर्फबाट त्यसमा महत्त्वपूर्ण...बाँकी

अध्यक्ष माओ, चिनियाँ क्रान्ति र माओ विचारधाराको सुत्रपात

क. लोकनारायण सुवेदी २०७६ पुस १० गते बिहीवार

अध्यक्ष माओ, चिनियाँ क्रान्ति र माओ विचारधाराको सुत्रपात

चिनियाँ समाजमा मार्क्सवादका प्रणेता तथा प्रयोक्ता चिनियाँ सर्वहारा वर्गका क्रान्तिकारी नेता माओत्सेतुङको जन्म १८९३ को २६ डिसेम्बरका दिन चीनको हुनान प्रान्तको साओसानमा भएको थियो । त्यो ठाउँ आज विश्वको एउटा प्रसिद्ध पर्यटकीय स्थल र माओप्रति श्रद्धा दर्शाउने ऐतिहासिक स्थल बनेको छ । माआको देहावसान भने ९ सेप्टेम्बर १८७६...बाँकी

अक्टोबर समाजवादी क्रान्ति र नेपालको कम्युनिस्ट आन्दोलन

क. आनन्दस्वरुप वर्मा २०७६ कात्तिक ११ गते सोमवार

अक्टोबर समाजवादी क्रान्ति र नेपालको कम्युनिस्ट आन्दोलन

रुसको महान् समाजवादी क्रान्ति केवल रुसी जनताका लागि मात्र नभएर पुरै विश्व समुदायका लागि एउटा यस्तो महत्त्वपूर्ण परिघटना थियो, जसले मार्क्सवाद–लेनिनवादको वैज्ञानिक समाजवादको सिद्धान्तलाई मूर्त रुप दियो र संसारभरका श्रमजीवी जनतालाई मुक्तिको बाटो देखायो । यसले विभिन्न देशहरुमा चलिरहेका जनआन्दोलनहरुलाई एउटा नयाँ उर्जा दियो र विशेष गरेर ल्याटिन...बाँकी

कम्युनिस्ट एकतापछिका संशय

क. रमेश गुरागाईँ २०७६ जेठ ३० गते बिहीवार

कम्युनिस्ट एकतापछिका संशय

विद्वान दार्शनिक सुकरातसँग सम्बन्धित एउटा प्रसङ्ग छ । एउटी निकै सुन्दरी युवती हुन्छिन्। युवतीले सुकरातसँग प्रस्ताव राख्छिन्, तपाईं र म विवाह गर्रौँ ता कि हाम्रो सन्तान तपाईंको जस्तो विद्वत्ता र मेरो जस्तो सुन्दरताको गुणले भरिपूर्ण होस् । युवतीको प्रस्ताववारे विचार गर्दै सुकरातले जवाफ फर्काउँछन्, तिम्रो सुन्दरता र मेरो...बाँकी

क्रान्तिकारी नैतिकता

क. हो ची मिन्ह २०७४ मंसिर २९ गते शुक्रवार

क्रान्तिकारी नैतिकता

आफ्नो उत्पत्तिको थालनीदेखि नै मानवजातिले बाँच्नका लागि जङ्गली जनावर, मौसम आदि प्रकृतिका विरुद्ध सङ्घर्ष गर्नु परेको छ । यस सङ्घर्षमा सफल हुनका लागि व्यक्तिमाथि, समूहमाथि, समाजमाथि भरोसा राख्नु पर्छ । एक्लै उसले प्रकृतिलाई जित्न सक्दैन र जीविका चलाउन सक्दैन । बाँच्नका लागि मानिसले खाना र लुगा पाउन उत्पादन...बाँकी