Tag: #शिशिर श्रेष्ठ ‘मिलन आफन्त’

एड्सन एरान्तेस दो नासिमेन्टो अर्थात विश्वविख्यात फुटबल खेलाडी पेले

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७८ वैशाख २ गते बिहीवार

एड्सन एरान्तेस दो नासिमेन्टो अर्थात विश्वविख्यात फुटबल खेलाडी पेले

विश्वमा निकै कम व्यक्तिहरुले मात्र आफ्नो क्षमता र प्रतिभा प्रस्तुत गरेर विश्वभरि आफ्नो नाम फैलाएका छन् । यो संसारमा कोही राजनीतिज्ञ, कोही वैज्ञानिक, कोही साहित्यकार, कोही लेखक त कोही कलाकार भएर आफ्नो उज्ज्यालो छरिरहेका छन् । त्यस्तै खेलकुदको पनि आफ्नै संसारमा पनि फुटबलको आफ्नै महत्त्व रहेको छ ।...बाँकी

बहुमुखी प्रतिभाका धनी: लियोनार्दो दा भिन्ची

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७७ भदौ १६ गते मंगलवार

बहुमुखी प्रतिभाका धनी: लियोनार्दो दा भिन्ची

लियोनार्दो दा भिन्ची विशाल मस्तिष्क र बहुमुखी प्रतिभाका धनी एक अनौठा मानिस थिए । उनी चित्रकार, संगीतकार, मूर्तिकार, इन्जिनियर, वैज्ञानिक र भवन निर्माता आदि सबै उनका परिचय थिए । त्यसैले उनलाई बहुमुखी प्रतिभाका धनी विश्व पुरुष भन्दा पनि अत्युक्ति नहोला जस्तो लाग्छ । यहाँ तिनै महान् व्यक्तित्व लियोनार्दो...बाँकी

नेकपा केन्द्रीय कमिटी बैठकको दिशानिर्देश

क. शिशिर श्रेष्ठ 'मिलन आफ्न्त' २०७६ फागुन १८ गते आइतवार

नेकपा केन्द्रीय कमिटी बैठकको दिशानिर्देश

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को माघ १५ देखि सुरु भएको केन्द्रीय कमिटीको बैठक विभिन्न निर्णयहरु गर्दै २१ गते सम्पन्न भएको छ । उक्त बैठकले आफ्ना नेता कार्यकर्ता हरुलाई विभिन्न दिशानिर्देश गर्दै नेपाली जनताहरुको चाहना अनुरुप नेकपा अघि बढ्ने प्रतिबद्धता जाहेर गरेको छ । देशका दुई ठुला कम्युनिस्ट पार्टी...बाँकी

चीनको समृद्धि र विकासबाट के अनुशरण गर्ने ?

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७६ माघ २७ गते सोमवार

चीनको समृद्धि र विकासबाट के अनुशरण गर्ने ?

महान् नेता क. माओत्सेतुङले जनवादी गणतन्त्र चीनको घोषणा गरेपछि आजको समाजवादी अवस्थासम्म आइपुग्दा चीनले धेरै विकास गरेको छ र समृद्धिको चुचुरो चुमेको छ । चीनले छोटो समयमा नै जादुमय विकास गर्नुको सम्पूर्ण श्रेय त्यहाँको नेतृत्वकर्ताहरुमा रहेको इमान्दारिता, कम्युनिस्ट नेता–कार्यकर्ताहरुको देश र जनताप्रतिको कर्तव्यबोध र जनतामा रहेको सचेतना र...बाँकी

महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइन

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७६ कात्तिक २३ गते शनिवार

महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइन

महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको जन्म सन् १८७९ मार्च १४ तारिखका दिन जर्मनीको प्रसिद्ध शहर “उल्म” मा भएको थियो । आइन्स्टाइनको पिताको नाम हरमान आइन्स्टाइन थियो भने आमाको नाम पाउलिन जुइस थियो । सन् १८८५ मा आइन्स्टाइन परिवार अष्ट्रियाको म्युनिखमा सरेको थियो । बालककालमा बुद्धु भनेर परिचित आइन्स्टाइनको वैज्ञानिक...बाँकी

विश्व प्रसिद्ध वैज्ञानिक: चार्ल्स  डार्विन

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७६ भदौ १२ गते बिहीवार

विश्व प्रसिद्ध वैज्ञानिक: चार्ल्स  डार्विन

विश्व प्रसिद्ध वैज्ञानिक चार्ल्स रोबर्ट डार्विनको जन्म सन् १८०९ मा इङ्गल्याण्डको सुजबरी भन्ने ठाउँमा भएको थियो । उनको पिता डाक्टर थिए भने उनी ८ वर्षको हुँदा उनको आमाको निधन भएको थियो । ८ वर्षको उमेरदेखि मातृवात्सल्यबाट विमुख भएका चार्ल्स डार्विनको रेखदेख उनकै सबैभन्दा ठूली दिदीले गरेकी थिइन् ।...बाँकी

महान वैज्ञानिक सर आइज्याक न्युटन

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७६ साउन २६ गते आइतवार

महान वैज्ञानिक सर आइज्याक न्युटन

सर आइज्याक न्युटनको जन्म सन् १६४२ डिसेम्बर २५ का दिन इङ्ल्याण्डको उल्सथोर्प भन्ने ठाउँमा भएको थियो । न्युटन विश्व विख्यात वैज्ञानिक हुनुहुन्छ । उहाँ आफ्नो वैज्ञानिकत्वले विश्वभरी चर्चित हुनुभएको छ । न्युटन प्रकृति प्रेमी, अत्यन्तै तीक्ष्ण बुद्धिका वैज्ञानिक हुनुहुन्थ्यो । न्युटनको स्याउको कथा अनुसार स्याउको बोटमुनि बसिरहेको बेलामा...बाँकी

मार्क्सवादी दर्शनको विकासका विभिन्न आयामहरू

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७६ वैशाख २८ गते शनिवार

मार्क्सवादी दर्शनको विकासका विभिन्न आयामहरू

मार्क्सवादी दर्शनः विश्वका हरेक वस्तु, घटना, प्रक्रिया एवं चिन्तन र अस्तित्व तथा चेतना र पदार्थ बिचको सम्बन्धको विषयमा हेर्ने दृष्टिकोण नै दर्शन हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारा वर्गको विश्व दृष्टिकोण हो । आज यो मार्क्सवादी, लेनिनवादी र माओवादी दर्शनको तेस्रो नयाँ र उच्च शिखरमा गुणात्मक रुपले...बाँकी

भ्लादिमिर इल्यिच लेनिनको संक्षिप्त जीवनी

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७५ वैशाख ९ गते आइतवार

भ्लादिमिर इल्यिच लेनिनको संक्षिप्त जीवनी

विश्वका महान् समाजवादी नेता भ्लादिमिर इल्यिच लेनिनको जन्म २२ अप्रिल, १८७० मा सिम्ब्रिस्क (उल्यानोभस्क) सहरमा भएको थियो । यो सहर रुसको प्रसिद्ध भोल्गा नदीको किनारमा पर्दछ । लेनिनका पिताको नाम इल्या निकोलायभिच उल्यानोभ हो भने माताको नाम मारिया अलेक्सान्द्रोभ्ना ब्लाङ्क हो । लेनिनका पिता इल्या निकोलायभिच उल्यानोभले कलिलै...बाँकी