काठमाडौं, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चैत ६ देखि ८ गतेसम्म अर्जेन्टिनाको राजधानी ब्युनसआयर्समा हुने दक्षिण–दक्षिण सहयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिन बुधबार अर्जेन्टिना जाने हुनुभएको छ । सम्मेलनको पूर्ण बैठकमा मन्त्री ज्ञवालीले दक्षिण–दक्षिण सहयोगसम्बन्धी नेपालको राष्ट्रिय वक्तव्य तथा सन् २०३० का कार्यसूची कार्यान्वयन एवम् दिगो विकासका चुनौती...बाँकी