काठमाडौं । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित चीनका नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सोमबार (आज) सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत याङछीले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटमा चिनियाँ जनकाँग्रेसका अध्यक्षले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाउनुभएको शुभकामना सन्देश राजदूत याङछीले सभामुखलाई हस्तान्तरण गर्नुभयो ।...बाँकी