Tag: #Sharad Poudel

कमरेडलाई संवोधन

क. शरद पाैडेल २०७५ वैशाख २३ गते आइतवार

कमरेडलाई संवोधन

कमरेड ! निकै फिका देखिएका छाै रातो कता हरायो ? तिमीले सपनामा देख्दैछु भनेको समानताको त्यो विपना कता हरायो ? कहाँ चुक्याै कमरेड ? श्रमजीवीसँगको अङ्गालो तोडेर चुक्याै ? वा दलित महिलाहरूसँगको हातेमालो छाडेर चुक्याै ? हजार रोल्पाको रगत बिर्सेर चुक्याै वा हजार साेलुको सहादत बिर्सेर चुक्याै ?...बाँकी

संवाेधन लेनिनका नाऊँमा

क. शरद पाैडेल २०७५ वैशाख ९ गते आइतवार

संवाेधन लेनिनका नाऊँमा

लेलिन बाजे ! हाम्ले नि काेशित् गरेकै छम् हामी नि मरिमेटेकै छम् तिम्रा झैं समाजवादकाे अझ एक हात अगाडि बढेर समृद्ध समाजवादकाे गीद् गाएकै छम् । बाजेलाई ख्याल हाेस् तिम्रा झैं याे पछाैटे शताब्दी हाेइन । बरू याे त समृद्धिकाे शताब्दी, संसदबाटै खास्सा समाजवाद आउने शताब्दी । पुँजीवादीहरूसँग...बाँकी

नयाँ समाजवाद

क. शरद पौडेल २०७५ वैशाख ४ गते मंगलवार

नयाँ समाजवाद

जनताकाे बहुदलीय जनवादमा जब घाेले कमरेडहरूले एक्काइसाैँ शताब्दीकाे जनवाद धर्ती आकाश थर्काऊँदै कमरेडहरू चिच्याए र सुनाए अमृतघडामा भरिएर आयाे समाजवाद । ताताे समाजवाद, राताे समाजवाद ।। धरापमा परेकाे महिलाहरूकाे अस्मिता उस्तै थियाे र छ । मर्यादाहीन दलित जीवन उस्तै थियाे र छ । श्रमजीवीहरू, किसानहरू सिमान्तीकृत जीवनहरू उसरी...बाँकी

एमाले-माकेकृत समृद्ध समाजवादका नाऊँमा

क. शरद पाैडेल २०७४ चैत ३० गते शुक्रवार

एमाले-माकेकृत समृद्ध समाजवादका नाऊँमा

साहुलाई साहुजी भन्न पाइयाेस् ऊसँगै सैकडा चालिसमा ऋण लिन पाइयाेस् ब्याजस्वरूप बेरूवा औँठी बुझाएर हजुर त मेराे भगवान्, ठूलाे गर्जाे टारिदिनु भाे भन्दै खुट्टामा छाँद हालेर रून पाइयाेस् । त्यही पैसा दलाललाई बुझाएर खाडी जान पाइयाेस् । सके जिउँदै नभए काेफिनमा भए पनि देश फर्कन पाइयाेस्, तब न...बाँकी