देशमा ठुलो जनयुद्ध चलिरहेको थियो । राजा, काँग्रेस र एमाले एकातिर भने आम जनताको साथमा नेकपा (माओवादी), आजको नेकपा (माओवादी केन्द्र), अर्कोतिर । भारतीय गुप्तचर संस्था ‘रअ’ देखि अमेरिकी गुप्तचर संस्था (सिआइए) तथा तिनका प्रतिनिधिहरू जनयुद्धलाई दमनद्वारा सिध्याउन कम्मर लागेको कुरा नदेख्ने त उल्लु मात्रै होला ।
परन्तु प्रचण्डको नेतृत्व र जनयुद्धले त्यसलाई नकाम सिद्ध गरिदियो, जसको परिणामस्वरूप दरबार हत्याकाण्ड र ज्ञानेन्द्रको सत्तारोहण देखा पर्यो, जसका लागि नेपाललाई स्वाधीन हुन दिनु हुन्न भन्ने षडयन्त्रले काम गर्यो ।
राजा, काँग्रेस र एमाले “एउटै हौँ” भन्न खोजे पनि राज्यसत्तामा “One divides into two” को नियम ज्ञानेन्द्रले लागु गरे र संसदीय पार्टीहरू प्रतिबन्धित भए । अब लडाइँ माओवादी र राजतन्त्रको बिचमा रह्यो ।
त्यही बिचमा चुनवाङ बैठक बस्यो । बैठकले गहिरो समीक्षा गर्यो । समीक्षाको सार आयोः “त्रिकोणात्मक शक्ति संघर्ष दुई कोणात्मक संघर्षमा फेरियो र गणतन्त्रको संभावना बढ्यो ।”
एमाले-काँग्रेसलाई शाही सेनाले नपत्याएको र जनमुक्ति सेनालाई काँग्रेस-एमालेले नपत्याएको स्थितिमा संसदीय पार्टिलाई विश्वासका साथ साथमा लिनुपर्ने र जनयुद्ध तथा जनआन्दोलनलाई जोड्नु पर्ने निष्कर्षसहित ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ नीति आयाो ।
क. प्रचण्डले आफ्नो दस्तावेज पेस गरेपछि डा. बाबुराम भट्टराईले प्रतिक्रियामा “क. प्रचण्डलाई २१औँ शताव्दीको लेनिनको रुपमा पाएँ र चुनवाङ दस्तावेजलाई २१औँ शताव्दीको “कम्युनिस्ट घोषणा पत्रको प्रस्तावना !” भन्नु भयो ।
आखिर लेनिनले मार्क्सवादलाई आफ्नो जमानाको विश्व अन्तरविरोधलाई हल गर्ने विज्ञानको रूपमा प्रयोग गरे । सर्वहारा वर्गको अधिनायकत्त्व, विश्व साम्राज्यवादको परिभाषा र संगठन परिचालनका साथै अर्थशास्त्रमा मार्क्सवादको विकास गरे । नेपालको सन्दर्भमा क. प्रचण्डले नेपाली समाजको बनोट, अन्तरविरोध र समाधानका उपाय बारे वैज्ञानिक निष्कर्ष निकालेपछि क. प्रचण्डलाई ‘लेनिन’ भनिएको थियो ।
आज नेपलमा गणतन्त्र छ र यो नेपाली आवश्यकताअनुसार पूर्ण छैन । अबको आवश्यकता वैज्ञानिक समाजवाद हो । यसका लागि समाजवादका पक्षधर एकजुट हुनु र लक्ष्यमा अगाडि बढ्नु जरुरी छ ।
यो पनि पढ्नुहोस्ः महान् अक्टोबर समाजवादी क्रान्तिबारे केही कुरा – क. स्वनाम साथी
यो पनि पढ्नुहोस्ः कार्ल मार्क्सको जीवनी
यो पनि पढ्नुहोस्ः बाबुरामजी ! सपना केजरिवाल, परिणाम हरिकङ्गाल