महान् जनयुद्ध बारे:
जनयुद्ध एउटा नेपालकाे राजनीतिक इतिहासमा नेपाली समाजलाई परिवर्तन गर्नका लागि उठाइएको एउटा ठूलो महान युद्ध हो । यसले नेपाली राजनीतिको सत्ता परिवर्तन गर्ने, राजनीतिक परिवर्तनका एजेण्डाहरुलाई कार्यसूचीमा ल्याउने र नेपाली जनतालाई अधिकारका निम्त्ति सचेत गराउने एउटा ठूलो अभियानका रुपमा लिएका छौं । यसरी जनयुद्धलाई म सम्झन चाहन्छु ।
जनयुद्धका एजेण्डा बारे:
पूरानो सत्तालाई अन्त्य गर्ने र नयाँ सत्ता स्थापना गर्ने जनयुद्धको शुरुको यो एजेण्डा थियो तर दस वर्षसम्म युद्ध लड्दैजाँदा कम क्षति होस् र बढी उपलव्धी होस् भन्ने ध्येयकासाथ हामीले काम गर्नुपर्यो । हामीले देश भित्रको प्रतिक्रियावादी शक्तिलाई त जितेकै थियौं । तर विडम्बना नेपालको साज्यसत्ता देशकै अर्थात् आफ्नो खुट्टामा मात्रै उभिएको देखेनौं र जनयुद्धलाई दबाउन बाहिरी शक्ती पनि लागेको देखेपछि हामीले शक्ति सन्तुलनको प्रक्रिया अर्थात् वार्ता सम्वादहरु सुरु गर्याैँ । वार्ता तथा सम्बादबाट एउटा साझा विन्दुमा पुग्ने कोसिस गर्याैँ र पुग्याैँ भन्ने लाग्छ ।
वास्तवमा जनयुद्धको एजेण्डा संविधानसभाबाट संविधान निर्माण र संविधान सभाबाट राज्यको पुर्नसंरचना गर्नु नै हो । त्यसमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी प्रतिनिधित्वको कुरा, पछाडि परेका जातजातिहरुको प्रतिनिधित्वको ग्यारेन्टी गर्ने कुरा प्राप्त गरेका छौं । यसो भन्दैमा जनयुद्धले खोजेका सबै कुरा आइसक्यो भन्ने होइन तर महत्त्वपूर्ण राजनीतिक र परिवर्तनका एजेण्डाहरु संस्थागत भएका छन् ।
क्रान्तिको सबै सपना पूरा भएको छ भन्ने होइन । राजनीतिक अधिकार सबै अहिले नै जनताको हातमा सत्ता आइसकेकाे छैन । अझ भन्दा मेरो दिमागबाट क्रान्ति डिलिट भएको पनि छैन तर यति भन्दैगर्दा सबै क्रान्ति एउटैबाट र पूरानै बाटोबाट मात्रै सम्भव छैन । खास गरी जनयुद्धको सपना देखिरहनुभएका विप्लव जीहरु अहिलेको नेपाली समाजको विद्यमान अवस्था परिस्थितिको मुल्याङ्कन गर्न सक्नुभएको छैन । जनताको चेनतास्तरलाई पनि मुल्याङ्कन पनि गर्नुपर्ने हुन्छ ।
हामी अहिले क्रान्तिको फरक मिसनमा छौँ । हामी त्यही बाटामो छौं । उहाँहरुले पुरानै ढर्राले काम हुन्छ भन्ने सोच्नु भएको छ तर समय पुरानो होइन , त्यो अहिले सम्भव छैन । त्यही जे काम गरेका थियौं त्यो गौरवमय छन् । अब यो कार्य जुन मोर्चाबाट सफल हुन्छ, त्यसमा हामी अगाडी बढिरहेका छौं र हामी विश्वस्त पनि छौं सफल हुने कुरामा ।
माओवादी-एमाले एकता बारे:
पार्टी एकताको कुरा निकै घनिभूत रुमपा अगाडी बढिरहेकोछ । अब पार्टी एकताको कुनै विकल्प छैन । गएको चुनावमा पनि दबै पाटी तालमेतमा उठेको र प्रदेशलगातका संघीय संरचनामा पनि तालमेल गरेको र त्यस अनुसार पनि जनादेश प्राप्त भएको संकेत चुनावले दिइसकेको छ । छिटोभन्दा छिटो पार्टी एकीकरण हुन्छ ।
अन्त्यमा,
म आजको गौरवमय दिनमा देशमा आमुलपरिवर्तनको स्वर्णिम सपना देख्दै जनयुद्धमा होमिएर रगतको आहुती दिने सम्पूर्ण सहिदहरु, जनयुद्धका घाइते तथा बेपत्ता योद्धाहरु प्रति उच्च सम्मान व्यक्त गर्न चाहान्छु । अनि देश परिवर्तनका लागि जीवनलाई हत्केलामा राखेर जनयुद्ध तथा परिवर्तनका लागि भएका सम्पूर्ण आन्दोलनमा होमिएका नेता, कार्यकर्ता, सुभेच्छुक तथा आम नेपाली जनसमुदायलाई २३ औं जनयुद्ध दिवसको हार्दिक शुभकामना दिन चाहन्छु ।
(२३औँ जनयुद्ध दिवसकाे दिन २०७४ फागुन १ गते इन्द्रेणी अनलाइनसँग गरेकाे कुराकानीमा आधािरत)
Test Description