नवौँ महिना को नवौँ दिन, Mao Ze Dong, Maotsetung Mao Tsetung
 

माओत्सेतुङ विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता हुनुहुन्छ । उहाँको नेतृत्त्वमा नै चीनमा नयाँ जनवादको स्थापना भएको थियो । माओत्सेतुङबिना विश्व कम्युनिष्ट आन्दोलन नै अपुरो हुन्छ । उनै माओत्सेतुङको जीवनबारे यहाँ चर्चा गर्ने जमर्को गरिएको छ ।

माओत्सेतुङको जन्म सन् १८९३ मा चिनियाँ बर्षको एघारौँ महिनाको १९ सौँ दिनमा भएको थियो । माओत्सेतुङको बुवाको नाम जेन सेङ्ग (कुनसेन) थियो भने आमा स्याङ स्याङ जिल्लाको तुङ्ग चियातो गाउँमा बेन परिवारकी कन्या थिइन् । माओत्सेतुङ्ग एक गरिब परिवारमा जन्मिएका बालक थिए । माओत्सेतुङ सात बर्षको पनि हुन नपाउँदै उनले खेतमा काम गर्न जानु पर्दथ्यो । बालककालदेखि नै माओत्सेतुङलाई किसानका पीर मर्काले सताइरहन्थ्यो र यसबारे छुट्कारा पाउने सम्बन्धमा सोचविचार गर्दथे ।

Shishir Shrestha Milan Afanta
लेखक

माओत्सेतुङले आठ वर्षको उरेरमा गाउँकै शिक्षकसँग आफ्नो औपचारिक शिक्षा थालनी गरेका थिए । उनले १३ वर्षसम्म उनै शिक्षकसँग पढेका थिए । माओत्सेतुङ अत्यन्तै बुद्धिमानी विद्यार्थी थिए । उनको बौद्धिकता देखेर अभिभावकको साथै शिक्षकहरु पनि मख्ख पर्दथे । माओत्सेतुङ घोकन्ते विद्याको विरोधी थिए तर पनि शिक्षकहरु विद्यार्थीलाई घोकाउन नै अभ्यस्त थिए । गुरुको शिक्षालाई मनन गर्दै माओत्सेतुङले कुङफुब्जुका चारैवटा ग्रन्थ कण्ठ गरेका थिए । अक्षर चिन्ने भएपछि बजारमा पाइने रोचक र नयाँ कथा, कहानी भएको उपन्यासहरुतिर उनको मन पुग्यो र बजारमा पाइने उत्कृष्ट र क्रान्तिकारी पुस्तकहरुलाई उनले अध्ययन गर्न थाले । माओत्सेतुङले आफूलाई मनपर्ने खालका पशुप्राणी र मानिसका विषयमा पढ्दथे ।

तेह्र वर्षको उमेरमा प्राथमिक स्तरको पढाई सकिएपछि उनी अन्य पुस्तकको अध्ययनमा व्यस्त रहँदा अचानक उनमा एक क्रान्तिकारी विचारको प्रफुष्टन भयो र उनी सोच्न थाले “बजारमा पाइने पुस्तकहरुमा केवल राजा, मन्त्री, सेनापति, योद्धाको मात्र बढाई किन हुन्छ ? हामीजस्ता किसानको कुरा किन आउँदैनन् ।”

आखिरमा उनी आफै “पुराना कथाका नायक धेरैजसो शासक, शोषक, उत्पीडक हुनुको कारण उनीहरु धेरै जमिनका मालिक भएर हो, उनीहरु आफ्ना खेतबारीका श्रमिकलाई काम लगाउँदछन् । तिनले सुर्योदयदेखि सुर्यास्तसम्म मात्र नभएर रातभरी पनि कस्सिएर कामगर्दछन् । दुःख, कष्ट खेपेका हुन्छन्, तर उनीहरु नै किन यस्ता कथाका नायक हुँदैनन्” भन्ने निष्कर्षमा पुगे । त्यसै समयमा भएको ताइपेङ्ग क्रान्तिको प्रभाव उनीमा पनि पर्न पुग्यो ।

बालक माओत्सेतुङ बिस्तारै बिस्तारै गाउँ, शहर, जिल्ला, देश हुँदै विश्व प्रसिद्ध क्रान्तिकारी नेता बन्न पुगे । ताइपेङ्ग क्रान्तिको बेला चिनियाँ जनता पनि जागेका थिए । त्यस क्रान्तिमा किशोर माओत्सेतुङ्ग पनि सामेल भएका थिए । त्यसपछि माओत्सेतुङले जमिनदारहरुको खुलेरै विरोध गर्न थाले । गरिब जनताको पक्षमा आन्दोलन गर्न थाले । १६ वर्षको उमेरसम्म माओत्सेतुङ गाउँमै बसेका थिए तर उनको क्रान्तिकारीपन शहरमा पनि पुगेको थियो, त्यसको साथै उनी पुस्तकीय ज्ञानले पनि देश दुनियाँ जान्ने हुन थालेका थिए ।

जीवनको महत्त्पूर्णकाल उनी प्रतिकृयावादी च्याङ काइशेकको सरकार विरुद्ध सशस्त्र संघर्षमा लागे । सन् १९३१ को ११ डिसेम्बरमा सोभियत काँङ्ग्रेसको अधिवेशन सुरु भयो र माओत्सेतुङको अध्यक्षतामा सोभियत सरकारको स्थापना भयो । उनले त्यस समयमा जापानसँग पनि युद्ध गरेर विजयप्राप्त गरे । च्याङ काइसेक विरुद्धको छापापार संघर्ष सफलतापछि सन् १९४९ मा माओत्सेतुङले चीनलाई जनवादी गणतन्त्रको घोषणा गरेका थिए ।

नयाँ जनवादका प्रणेता, चीनको धर्तीमा जन्मिएका महान् विश्व प्रसिद्ध कम्युनिस्ट नेता माओत्सेतुङ हाम्रो सामु हुनुहुन्न । उहाँको १९७६ मा मृत्यु भयो । तथापी उहाँको नीति तथा विचारहरु माओवाद र माओविचार धाराको नामले संसारभरी व्याप्त छ । माओत्सेतुङ जस्तो नेता पाएकोमा विश्व कम्युनिस्ट आन्दोलन गर्व गर्दछ र उहाँ सदा सर्वदा अमर हुनुहुनेछ भनेर हामी विश्वस्त छौँ ।

यो पनि पढ्नुहोस्ः सर्वहारावर्गका महान गुरू कार्ल मार्क्सकाे संक्षिप्त जीवनी

यो पनि पढ्नुहोेस्ः अक्टोबर क्रान्तिका महानायक लेनिनको छोटो जीवनी

यो पनि पढ्नुहोस्ः  कमरेड माओको पहिलो पेकिङ (बेइजिङ) यात्रा

यो पनि पढ्नुहोस्ः अक्टोबर समाजवादी क्रान्ति र चिनियाँ क्रान्तिमा यसकाे प्रभाव