गोपनियता सम्बन्धी नीतिः

लेफ्ट रिभ्यु राष्ट्रिय मासिक, लेफ्ट रिभ्यु अनलाइन र प्रकृति मिडिया प्रा. लि. आफ्ना विज्ञापनदाताहरु, रचनाकार तथा पाठकहरुको नीजि गोपनीयताप्रति सचेत र प्रतिवद्ध छन् ।

लेफ्ट रिभ्युसँग सम्बन्धित सम्पर्क गर्नका लागि तपाईंले आफ्नो नाम, ठेगाना, सम्पर्क, पम्पर्क गर्नु पर्ने कारणसहित ईमेल र फोन नम्बर दिनु पर्नेछ, जसको माध्यमबाट हामीले यहाँसँग सम्पर्क स्थापित गर्न सक्नेछौँ ।

तपाईंले हामीलाई ईमेल, फेसबुक सन्देश, ट्विटर सन्देश, फोन र पत्रद्वारा सम्पर्क गर्न सक्नु हुनेछ । हाम्रो तर्फबाट सम्पर्कका लागि सर्वदा डिजिटल माध्यममहरु जस्तै इमेल, फेसबुक र ट्विटरलाई प्राथमिकता दिइनेछ र यहाँहरुलाई पनि सोही विधिद्वारा गरिने सम्पर्कलाई प्राथमिकता दिन अनुरोध गरिन्छ र यथाशीघ्र आवश्यक जानकारी गराउने प्रयत्न गरिनेछ ।

हाम्रा पाठकहरु, रचनाकारहरु र विज्ञापनदाताहरुको गोपनीयता र नीजि जीवनबारे अत्यन्तै संवेदनशील र जवाफदेही रहँदै यहाँहरुले हामीसँग सम्पर्क गर्नका लागि प्रयुक्त गरेका कुनै पनि नीजि वा संस्थागत सम्पर्कहरु तथा तथ्य–तथ्यांकहरु कुनै पनि तेस्रो पक्षलाई दिने वा बाह्य व्यापारिक प्रयोजनका लागि प्रयोग गरिने छैन । ।

लेफ्ट रिभ्यु राष्ट्रिय मासिक र लेफ्ट रिभ्यु अनलाइनमा सबै उमेरका व्यक्तिहरुले पढ्न मिल्ने सामग्री मात्र प्रकाशित गरिन्छ र हिंसात्मक वा अश्लिल सामग्रीहरु प्रकाशित वा प्रसारित गरिँदैन । अपितु नाबालिग बालबालिकाहरुका लागि आफ्ना अभिभावकहरुको सल्लाह र सुझाव लिनु सर्वथा उपयोगी हुनेछ, जुन तपाईंको अधिकार पनि हो ।

नियम तथा शर्तहरुः

एउटा जनपक्षीय सञ्चारमाध्यम हुनुका नाताले हाम्रो सदैव प्रयत्न रहनेछ कि हाम्रा प्रकाशित सामग्रीहरु आमजनसमुदायको पहुँचमा पुगुन् । तसर्थ हाम्रा उपयोग सम्बन्धी शर्तहरु सहज र सरल छन् ।

लेफ्ट रिभ्युमा प्रकाशित सामग्रीहरु सबैले हेर्न र पढ्न सकिन्छ ।

लेफ्ट रिभ्युमा प्रकाशित वा प्रसारित सामग्रीहरु स्रोत खुलाई, कुनै संशोधन वा सम्पादन नगरिकन, लेखक, रचनाकार, अनुवादक आदिको नाम जस्ताको तस्तै उल्लेख गरी साभार गर्न र गैरव्यावसायिक रुपमा उपयोग गर्न सकिनेछ । व्यावसायिक प्रयोजनका लागि उपयोग गर्दा पूर्वसूचना दिने र सहमति लिनेहरुलाई इमानदार तथा नैतिकवान मानिनेछ ।

लेफ्ट रिभ्युमा प्रकाशित वा प्रसारित सामग्रीहरु जातिवाद, साम्प्रदायिकता, नेपाल सहित कुनै पनि सार्वभौम मुलुकको राष्ट्रियता र क्षेत्रीय अखण्डताको विरुद्ध, अश्लिलता र हिंसा फैलाउने उद्देश्यका लागि प्रयोग गर्न निषेध गरिएको छ ।

लेफ्ट रिभ्यु कुनै एउटा राजनीतिक दल वा संगठन विशेषसँग सम्बन्धित छैन । यसमा प्रकाशित सामग्रीहरुको वर्गपक्षधरता हुन सक्नेछ ।

लेफ्ट रिभ्युमा प्रकाशित सामग्रीहरुका लेखक, रचनाकार र विज्ञापनदाताहरु विभिन्न राजनीतिक दल र संस्थाहरुमा आवद्ध रहन सक्नेछन् । उनीहरुको पक्षधरताले लेफ्ट रिभ्युको संस्थागत पक्षधरतामा कुनै प्रभाव पर्ने छैन ।

लेफ्ट रिभ्युमा प्रकाशित लेख, रचना, कला, साहित्य र श्रव्यदृश्यहरु सम्बन्धित पक्षका नीजी वा संस्थागत धारणा र पक्षधरतामा आधारित हुनेछन् । तिनले लेफ्ट रिभ्यु मासिक, लेफ्ट रिभ्यु अनलाइन, सम्पादक मण्डल, प्रधान सम्पादक, प्रकाशक र प्रकृति मिडिया प्रा.लि.को धारणा र पक्षधरताको प्रतिनिधित्वि गर्दैनन् ।

प्रकाशित र प्रसारित सामग्रीहरु कसैको मानमर्दन गर्ने, कपोलकल्पित आरोप लगाउने, अपराधी सिद्ध गर्ने, बद्नाम गर्ने अभिप्रायले प्रकाशित हुँदैनन् । कुनै सामग्रीमाथि कसैको गुनासो वा असहमति भएमा लेफ्ट रिभयु राष्ट्रिय मासिक, लेफ्ट रिभ्यु अनलाइन वा प्रकृति मिडिया प्रा.लि.लाई पत्र वा डिजिटल माध्यमबाट थप सूचना, जानकारी र प्रष्टीकरण दिन वा खण्डन गर्न सकिनेछ । खण्डन वा प्रस्टीकरणहरु राष्ट्रिय मासिकको अर्को अंकमा र लेफ्ट रिभ्युमा सात दिनभित्र प्रकाशित गरिनेछ । कार्यालय र डिजिटल सम्पर्कमा नआएका खण्डनहरु वा प्रस्टीकरणहरु छाप्न, प्रकाशित वा प्रसारित गर्न बाध्य हुने छैनौँ ।

लेफ्ट रिभ्यु राष्ट्रिय मासिक, लेफ्ट रिभ्यु अनलाइन र प्रकृति मिडिया प्रा.लि.को प्रत्यक्ष सम्पर्कमा नआई कसैले आफ्नो नीजि सामाजिक सञ्जाल, प्रेस विज्ञप्ती वा पत्रकार सम्मेलन मार्फत दिएका प्रष्टीकरण, वक्तव्य र खण्डनलाई स्विकार्न बाध्य छैनौँ ।

लेफ्ट रिभ्यु राष्ट्रिय मासिक र लेफ्ट रिभ्यु अनलाइन नेपालको संविधान र कानुन अनुसार नेपाल सरकारका सम्बन्धित निकायहरुमा दर्ता गरी सञ्चालन गरिएका सञ्चार माध्यमहरु हुन् । तयसैले यसमा प्रकाशित सबै सामग्रीहरु सञ्चार माध्यमका सामग्रीहरु हुन् ।