गोपनियता सम्बन्धी नीति
लेफ्ट रिभ्यु अनलाइन र प्रकृति मिडिया प्रा. लि. आफ्ना विज्ञापनदाताहरू, रचनाकारहरू तथा पाठकहरूको निजी गोपनियताप्रति सचेत र प्रतिबद्ध छन् ।
लेफ्ट रिभ्यु अनलाइन सँग सम्पर्क गर्नका लागि यहाँले आफ्नो नाम, ठेगाना, सम्पर्क र सम्पर्क गर्नुपर्ने कारणसहित इमेल र फोन नम्बर दिनु पर्नेछ, जसको माध्यमबाट हामीले यहाँहरुसँग सम्पर्क स्थापित गर्नेछौँ ।
यहाँहरूले हामीलाई इमेल, फेसबुक सन्देश, ट्विटर सन्देश, फोन र पत्रद्वारा सम्पर्क गर्न सक्नु हुनेछ । हाम्रो तर्फबाट सम्पर्कका लागि सर्वदा इमेल, फेसबुक र ट्विटर लगायतका डिजिटल माध्यममहरुलाई प्राथमिकता दिइनेछ र यहाँहरुलाई पनि सोही विधिद्वारा सम्पर्क गर्न अनुरोध गरिन्छ र यथाशीघ्र आवश्यक प्रतिक्रिया जनाउने प्रयत्न गरिनेछ ।
हामी हाम्रा पाठकहरु, रचनाकारहरु र विज्ञापनदाताहरुको गोपनियता र नीजि जीवनबारे अत्यन्तै संवेदनशील र जवाफदेही छौँ । यहाँहरुले हामीसँग सम्पर्क गर्नका लागि प्रयुक्त गरेका कुनै पनि नीजि वा संस्थागत सम्पर्कहरु तथा तथ्य/तथ्यांकहरु कुनै पनि तेस्रो पक्षलाई दिने वा बाह्य व्यापारिक प्रयोजनका लागि प्रयोग गरिने छैन ।
लेफ्ट रिभ्यु अनलाइनमा सबै उमेरका व्यक्तिहरुले पढ्न मिल्ने सामग्री मात्र प्रकाशित गरिन्छ, हिंसा र अश्लिलता फैलाउने सामग्रीहरु प्रकाशित वा प्रसारित गरिँदैन । परन्तु यसले क्रान्तिमा बल प्रयोगको सिद्धान्तलाई अस्विकार गर्दैन र समाज परिवर्तन एवम् मानवजातिको मुक्तिका लागि हुने बलिदानीपूर्ण संघर्षहरु तथा त्यसका योद्धाहरुलाई उच्च सम्मान गर्दछ । अपितु नाबालिग बालबालिकाहरुका लागि आफ्ना अभिभावकहरुको सल्लाह र सुझाव लिनु सर्वथा उपयोगी हुनेछ, जुन तपाईंको नैसर्गिक अधिकार हो ।
नियम तथा शर्तहरुः
लेफ्ट रिभ्यु अनलाइन एउटा जनपक्षीय सञ्चारमाध्यम हो । यसका प्रकाशित सामग्रीहरु आमजनसमुदायको पहुँचमा पुराउन हामी सदैव प्रयत्नशील छौँ । हाम्रा उपयोग सम्बन्धी शर्तहरु पनि सहज र सरल छन्, जसलाई निम्नानुसार सुत्रबद्ध गरिएको छ ।
♦ लेफ्ट रिभ्यु अनलाइनमा प्रकाशित सामग्रीहरु सबैले हेर्न र पढ्न सकिनेछ।
♦ लेफ्ट रिभ्यु अनलाइनमा प्रकाशित वा प्रसारित सामग्रीहरु स्रोत खुलाई, कुनै संशोधन वा सम्पादन नगरिकन, लेखक, रचनाकार, अनुवादक आदिको नाम जस्ताको तस्तै उल्लेख गरी लिंक सहित साभार गर्न र गैरव्यावसायिक रुपमा उपयोग गर्न सकिनेछ । व्यावसायिक प्रयोजनका लागि उपयोग गर्दा पूर्वसूचना दिने र सहमति लिनेहरुलाई इमानदार तथा नैतिकवान मानिनेछ ।
♦ लेफ्ट रिभ्यु अनलाइनमा प्रकाशित वा प्रसारित सामग्रीहरु जातिवाद, साम्प्रदायिकता, नेपाल सहित कुनै पनि सार्वभौम मुलुकको राष्ट्रियता र क्षेत्रीय अखण्डताको विरुद्ध, अश्लिलता र हिंसा फैलाउने उद्देश्यका लागि प्रयोग गर्न निषेध गरिएको छ ।
♦ लेफ्ट रिभ्यु अनलाइन कुनै एउटा राजनीतिक दल वा संगठन विशेषसँग सम्बन्धित छैन । अपितु यसमा प्रकाशित सामग्रीहरुको वर्गपक्षधरता हुन सक्नेछ ।
♦ लेफ्ट रिभ्यु अनलाइनमा प्रकाशित सामग्रीहरुका लेखक, रचनाकार र विज्ञापनदाताहरु विभिन्न राजनीतिक दल र संस्थाहरुमा आबद्ध रहन सक्नेछन् । उनीहरुको पक्षधरताले लेफ्ट रिभ्यु अनलाइनको संस्थागत पक्षधरता वा वर्गपक्षधरतामा कुनै प्रभाव पर्ने छैन ।
♦ लेफ्ट रिभ्यु अनलाइनमा प्रकाशित लेख, रचना, कला, साहित्य र श्रव्यदृश्यहरु सम्बन्धित पक्षका निजी वा संस्थागत धारणा र पक्षधरतामा आधारित हुनेछन् । तिनले लेफ्ट रिभ्यु अनलाइन, यसको सम्पादक मण्डल, सम्पादक, प्रकाशक र प्रकृति मिडिया प्रा.लि.को धारणा र पक्षधरताको प्रतिनिधित्व गर्दैनन् ।
♦ प्रकाशित र प्रसारित सामग्रीहरु कसैको मानमर्दन गर्ने, कपोलकल्पित आरोप लगाउने, अपराधी सिद्ध गर्ने र बद्नाम गर्ने अभिप्रायले प्रकाशित हुँदैनन् । कुनै सामग्रीमाथि कसैको गुनासो वा असहमति भएमा लेफ्ट रिभ्यु अनलाइन वा प्रकृति मिडिया प्रा.लि.लाई पत्र वा डिजिटल माध्यमबाट थप सूचना, जानकारी र प्रष्टीकरण दिन वा खण्डन गर्न सकिनेछ । खण्डन वा प्रस्टीकरणहरु लेफ्ट रिभ्यु अनलाइनमा सात दिनभित्र प्रकाशित गरिनेछ । कार्यालय र डिजिटल सम्पर्कमा नआएका खण्डनहरु वा प्रस्टीकरणहरु छाप्न, प्रकाशित वा प्रसारित गर्न बाध्य हुने छैनौँ ।
♦ लेफ्ट रिभ्यु अनलाइन र प्रकृति मिडिया प्रा.लि.को प्रत्यक्ष सम्पर्कमा नआई कसैले आफ्नो निजी सामाजिक सञ्जाल, प्रेस विज्ञप्ति वा पत्रकार सम्मेलन मार्फत दिएका प्रष्टीकरण, वक्तव्य र खण्डनलाई स्विकार्न बाध्य छैनौँ ।
♦लेफ्ट रिभ्यु अनलाइन नेपालको संविधान र कानुन अनुसार नेपाल सरकारका सम्बन्धित निकायहरुमा दर्ता गरी सञ्चालन गरिएका सञ्चार माध्यम हो । त्यसैले यसमा प्रकाशित सबै सामग्रीहरु सञ्चार माध्यमका सामग्रीहरु हुन् ।