दस्तावेज

कोरोना विरुद्धको लडाइँ चुनौतीपूर्ण र लामो छ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ १४ गते बुधवार

कोरोना विरुद्धको लडाइँ चुनौतीपूर्ण र लामो छ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाइँमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौँ । यसै क्रममा मुलुक ६२ दिनदेखि लकडाउनमा छ । कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन...बाँकी

चोर ढोकाबाट छिराउन लागेको एमसीसी खारेज गराउन सभामुखलाई नागरिक समाजको ज्ञापन पत्र

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ ५ गते सोमवार

चोर ढोकाबाट छिराउन लागेको एमसीसी खारेज गराउन सभामुखलाई नागरिक समाजको ज्ञापन पत्र

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) को खारेजीको माग गर्दै आएको 'एमसीसी खारेज अभियान'ले सभामुख अग्निप्रसाद सापकाेटालाई सम्बाेधन गर्दै सो परियोजना नेपालको हितमा नभएको र संसदमा अनुमोदनका लागि पेश भएर अनुमोदन नहुँदै सरकारले चोर बाटोबाट छिराउन खोजेकोले सोलाई खारेज गर्न अनुरोध गर्दै संसदकाे ध्यानाकर्षण गराएकाे छ । मिलेनियम...बाँकी

नेकपाद्वारा मदन-आश्रित स्मृति तथा पार्टी एकता दिवसको उपलक्ष्यमा वक्तव्य जारी

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ ३ गते शनिवार

नेकपाद्वारा मदन-आश्रित स्मृति तथा पार्टी एकता दिवसको उपलक्ष्यमा वक्तव्य जारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय क. केपी शर्मा ओली र क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क. मदन भण्डारी र क. जीवराज आश्रितको स्मृति दिवस तथा पार्टी एकता दिवसको उपलक्ष्यमा एक वक्तव्य प्रकाशित गरी उहाँहरूको स्मरण गरेको छ । आजभन्दा २७ वर्षअघि चितवनको दासढुंगामा जीप दुर्घटनामा परी...बाँकी

नक्सलबाडी संघर्ष अन्तर्राष्ट्रिय संघर्ष हो

क. चारू मजुमदार २०७६ चैत १३ गते बिहीवार

नक्सलबाडी संघर्ष अन्तर्राष्ट्रिय संघर्ष हो

सन् १९६० को दशकमा छिमेकी देश भारतमा ऐतिहासिक नक्सलबाडी सशस्त्र संघर्ष सञ्चालन भएको थियो । कतिपय सन्दर्भमा किसान आन्दोलनको रूपमा मात्र लिइए पनि वास्तवमा त्यो संघर्ष भारतीय जनताको मुक्ति आन्दोलनका साथै विश्व कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक महत्त्व बोकेको  संघर्ष थियो । नेपालमा त्यसबाट प्रभावित भएर झापा विद्रोह सुरू भएको...बाँकी

पर्वत पन्छाउने मूर्ख बुढो मान्छे

क. माओत्सेतुङ २०७६ फागुन २२ गते बिहीवार

पर्वत पन्छाउने मूर्ख बुढो मान्छे

हाम्रो महाधिवेशन अत्यन्तै सफलतापूर्व सम्पन्न भएको छ । हामीले तीन वटा कुराहरु गरेका छौँ । पहिलो, हामीले हाम्रो पार्टीको कार्यदिशा निर्धारित गरेका छौँ जसले साहसपूर्वक जनसमुदायलाई परिचालन गर्दै र जनताको शक्तिलाई बिस्तार गर्नेछ ताकि हाम्रो पार्टीको नेतृत्वमा जापानी आक्रमणकारीहरुलाई पराजित गरिनेछ, सम्पूर्ण जनतालाई मुक्त गरिनेछ र एउटा नयाँ...बाँकी

आत्मप्रशिक्षणका लागि निर्देशनहरु

चाउ एन लाई २०७६ फागुन १० गते शनिवार

आत्मप्रशिक्षणका लागि निर्देशनहरु

प्रधानमन्त्री चाउ एन–लाईको मृत्युको चौथो वार्षिकीमा “पिपुल्स डेली” ले मार्च १८, १९४३ मा उहाँद्वारा लिखित “आत्मप्रशिक्षणका लागि निर्देशनहरु” छापेको छ । निर्देशनहरु यस प्रकारका छन्ः १. कडा अध्ययन गर, मुख्य–मुख्य कुराहरु बुझ, धेरै विषयमा ध्यान दिनुभन्दा सुहाउँदो विषय छान र त्यसमा विशेषज्ञ बन । २. कडा मेहनत गर,...बाँकी

शिक्षा र सर्वहारा संस्कृति

क. भि. आई. लेनिन २०७६ माघ २६ गते आइतवार

शिक्षा र सर्वहारा संस्कृति

१. मजदूर तथा किसानहरुको सोभियत गणतन्त्रमा शिक्षा कार्यको सम्पूर्ण प्रबन्ध, सामान्य रुपले राजनीतिक ज्ञानआर्जनको क्षेत्रमा र साथसाथै विशेष रुपले कलाको क्षेत्रमा, त्यस वर्गसङ्घर्षको भावनाले ओतप्रोत हुनुपर्दछ, जुन सङ्घर्ष सर्वहारावर्गले आफ्नो अधिनायकवादको उद्देश्यपूर्तिका लागि चलाउँदैछ अर्थात् बुर्जुवावर्गको तख्ता उल्टाउनका लागि, वर्गहरुको उन्मूलन गर्नका लागि र मानवद्वारा मानवमाथि हुने सबै...बाँकी

ज्ञानेन्द्र शाहको माघ १९ पछिको शाही घोषणा (पूर्ण पाठ)

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ १९ गते आइतवार

ज्ञानेन्द्र शाहको माघ १९ पछिको शाही घोषणा (पूर्ण पाठ)

काठमाण्डौँ । २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकको शासन व्यवस्था आफ्नो हातमा लिएर नेपाली जनतामाथि फौजी शासन लाद्ने दुस्साहस गरेको दिन हो, जसलाई नेपाली लोकतन्त्रको इतिहासमा कालो दिनको रूपमा कुख्यात रहेको छ । यो दिनलाई शाही जहानियाँ शासनको संवैधानिक परिधिलाई नाघेर शाही निरंकुश शासनको प्रयत्न...बाँकी

समाजवाद र क्युवाली मानव

क. चे ग्वेभारा २०७६ माघ १७ गते शुक्रवार

समाजवाद र क्युवाली मानव

प्रिय साथी, हुन त टिप्पणी लेख्न अलि ढिलो भइसकेको छ, तापनि आफ्नो बाचा पूरा गर्ने आशासहित मैले अफ्रिकाको यात्राको क्रममा यी टिप्पणीहरु लेखिरहेको छु । माथि उल्लेखित शीर्षकअनुरुप टिप्पणीहरु लेख्ने प्रयत्न गर्नेछु । मलाई आशा छ – पाठकहरुका लागि यो रुचिकर हुनेछ । हामी समाजवादको निर्माणमा उद्यत छौं...बाँकी

युवाहरु महान् सांस्कृतिक क्रान्तिका महान् सेनानी हुन्

क. माओत्सेतुङ २०७६ माघ ३ गते शुक्रवार

युवाहरु महान् सांस्कृतिक क्रान्तिका महान् सेनानी हुन्

अध्यक्ष माओले मेइ युआन जूको ‘मे पच्चीस’ नामक ठूलो पोस्टरलाई बीसौँ शताब्दीको साठीको दशकको चिनियाँ पेरिस कम्युन घोषणापत्र भन्नुभएको छ । त्यसको पेरिस कम्युन भन्दा ठूलो महत्त्व राख्छ । यस्ता पोस्टरहरु लेख्न गाह्रो छ । युवक सङ्घका धेरै कार्यकर्ताहरुले आफ्ना पिताहरुका बारेमा यस्ता पोस्टरहरु लेखेका छन् । त्यसमा...बाँकी

‘एक केन्द्रीय सदस्य, एक समाजवादी गाउँ’को कार्यक्रम बनाऔं – क. जनार्दन शर्मा ‘प्रभाकर’ (प्रस्तावको पूर्ण पाठसहित)

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस ३ गते बिहीवार

‘एक केन्द्रीय सदस्य, एक समाजवादी गाउँ’को कार्यक्रम बनाऔं – क. जनार्दन शर्मा ‘प्रभाकर’ (प्रस्तावको पूर्ण पाठसहित)

राजनैतिक प्रतिवेदनबारे १) राजनैतिक प्रतिवेदनले अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिको विश्लेषणसहित पार्टीको सुदृढीकरणका लागि सैद्धान्तिक, नीतिगत र संगठनात्मक विधि र पद्धतिको महत्त्वलाई संक्षिप्तमा प्रस्तुत गरेको छ । २) पार्टी एकतामा ढिलाई, सरकारको काम र उपनिर्वाचनको समीक्षामा आत्माआलोचित हुँदै र नेतृत्वले जिम्मेवारी लिने कुरा स्पष्ट गरेको छ, यो महत्त्वपूर्ण कुरा...बाँकी

हामी समाजवादउन्मुख संविधान कार्यन्वनको चरणमा छौं – क. हरिबोल गजुरेल

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस २ गते बुधवार

हामी समाजवादउन्मुख संविधान कार्यन्वनको चरणमा छौं – क. हरिबोल गजुरेल

पार्टीको स्थायी समितिमा अध्यक्षद्वयद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र महासचिवद्वारा प्रस्तुत विधान संसोधनको मूलस्प्रिटमा मेरो समर्थन छ । पूर्ववक्ता कमरेडहरुले वैचारिक, राजनीतिक, संगठनात्मक, कार्यशैली र आचरणका विषयमा उठाउनुभएका कतिपय विषयहरु पार्टी पुननिर्माणको हिसाबले दूरगामी महत्वका छन्। तर नयाँ समस्याको समाधान पूरानै तरिकाले गर्न सकिन्नँ। नयाँ समस्या समाधान गर्न नयाँ...बाँकी

क्रान्ति गर्नु महत्त्वपूर्ण छ तर क्रान्तिलाई जोगाउनु अझ महत्त्वपूर्ण छ

क. घनश्याम भुसाल २०७६ पुस २ गते बुधवार

क्रान्ति गर्नु महत्त्वपूर्ण छ तर क्रान्तिलाई जोगाउनु अझ महत्त्वपूर्ण छ

कमरेड अध्यक्ष, क्रान्तिसम्बन्धी हाम्रा सिद्धान्त र मान्यताहरु राजतन्त्र विरुद्ध जनवादी क्रान्तिका लागि विकसित र अभ्यास गरिएका हुन् । त्यो क्रान्ति नै सम्पन्न भैसकेपछि र नयाँ कार्यभार अगाडि आइसकेपछि हामीले जुन नयाँ उँचाईबाट विचार र सङ्गठनलाई विकसित गर्नु पर्थ्यो, त्यो हुन सकेन । त्यसले गर्दा सबै क्षेत्रमा नयाँ नयाँ...बाँकी

पार्टी, सरकार र नेतृत्वमाथिको आक्रमण योजनाबद्ध र नियोजित हो – क. शंकर पोखरेल

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १ गते मंगलवार

पार्टी, सरकार र नेतृत्वमाथिको आक्रमण योजनाबद्ध र नियोजित हो – क. शंकर पोखरेल

(क) केही सैद्धान्तिक सवालहरुमा १. नेपालको कम्युनिष्ट आन्दोलनका आफ्नै मौलिक विशेषता रहेका छन् । मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास नेपाली कम्युनिष्ट आन्दोलनको विशेषता हो । जननेता कमरेड मदन भण्डारीको नेतृत्वमा विकास भएको जनताको बहुदलीय जनवादको वैचारिक आलोकमा होस् या माओवादी आन्दोलनका क्रममा विकास गरिएको एक्काइसौं शताब्दीका जनवादमा होस्...बाँकी

हाम्रो एकतालाई सदृढ गरौं र इतिहासले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गरौं

अध्यक्षद्वय क. केपी शर्मा ओली तथा क. प्रचण्ड २०७६ मंसिर २९ गते आइतवार

हाम्रो एकतालाई सदृढ गरौं र इतिहासले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गरौं

प्रिय कमरेडहरू, स्थायी समितिको यो बैठकमा पार्टीका अर्का अध्यक्ष तथा नेपाल सरकारका सम्माननीय प्रधनमन्त्री कमरेड केपी ओली अचानक एपेन्डिसाइटिसको मेजर अपरेशन पछिको स्वास्थ्य लाभको क्रममा रहेका कारण उपस्थित हुन सक्नुभएको छैन । यो बैठक कमरेड केपी ओलीको शीघ्र स्वास्थ्य लाभको कामना सहित यथाशीघ्र बैठक लगायतका नियमित काममा सक्रिय...बाँकी