समीक्षा

चितवनको दाना उद्योगदेखि राष्ट्रिय करदातासम्म: न्यू होप समूहको नेपाली यात्रा

लेफ्ट रिभ्यु संवाददाता २०८३ असोज २२ गते बिहीवार

चितवनको दाना उद्योगदेखि राष्ट्रिय करदातासम्म: न्यू होप समूहको नेपाली यात्रा

चितवन जिल्लाको भरतपुर महानगरपालिकाको मङ्गलपुरतर्फ जाने सडक कुनै ठुलो औद्योगिक करिडोरजस्तो देखिँदैन। यो चितवनको परिचित कृषि भूगोल होः दाना पसलहरू, बोरा बोकेका मोटरसाइकल, कुखुराका खोर, कतै बाँकी रहेका मकैका खेत र कृषि व्यवसायसँग जोडिएको दैनिक चहलपहल। यही क्षेत्रको भरतपुर–१५, देवीचोकमा रहेको छः न्यू होप एग्रो बिजनेस नेपाल प्रा.लि...बाँकी

‘नेपालको अर्थ-राजनीति’: इतिहास, वर्ग र रूपान्तरणको बहस

क. नहेन्द्र खड्का २०८३ असोज १८ गते आइतवार

‘नेपालको अर्थ-राजनीति’: इतिहास, वर्ग र रूपान्तरणको बहस

आजभोलि नेपालमा वामपन्थी, प्रगतिशील र मार्क्सवादी पुस्तक लेख्ने, पढ्ने, छलफल गर्ने र प्रकाशन गर्ने संस्कृति क्रमशः कमजोर हुँदै गएको अनुभूति हुन्छ। लामो अध्ययन, अनुसन्धान र वैचारिक मन्थनको ठाउँ सामाजिक सञ्जालका छोटा टिप्पणी, तत्कालीन प्रतिक्रिया र क्षणिक राजनीतिक बहसले लिँदै गएका छन्। पुस्तक पढ्ने धैर्य घट्दै छ, गम्भीर वैचारिक...बाँकी

भोजन अर्थशास्त्र

भरत पोखरेल २०८१ माघ २ गते बुधवार

भोजन अर्थशास्त्र

हा–जुन चाङ कोरियन मुलका अर्थशास्त्री हुन् । चाङले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा १९९० देखि २०२१ सम्म प्राध्यापन गरेका थिए । उनी विश्वका सेलिब्रेटी अर्थशास्त्री मानिन्छन् । चाङका केही बेस्टसेलर अर्थशास्त्रका किताब विश्वमा चर्चित छन्‌ः किकिङ अवे द ल्याडर, २३ थ्री थिंग्स दे डोन्ट टेल यु अबाउट क्यापिटालिज्म, रिथिकिङ डेभलपमेन्ट...बाँकी

सी चिनफिङ र नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद

नहेन्द्र खड्का २०८१ साउन ३० गते बुधवार

सी चिनफिङ र नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद

विषय प्रवेशः हाम्रो ग्रह पृथ्वीको सबैभन्दा ठुलो जनसङ्ख्या भएको देश र विश्वकै सबैभन्दा ठुलो राजनीतिक पार्टी सञ्चालनका लागि एउटा उन्नत विचार, व्यवस्थित संगठन र दूरदर्शी नेतृत्वको आवश्यकता पर्दछ। यस्तो विचार सिद्धान्तको निरन्तर रक्षा, प्रयोग र विकास गर्दै त्यसलाई नयाँ उचाइमा पुर्‍याएर मात्र निर्माण गर्न सकिन्छ। विचारले विभिन्न माध्यमबाट...बाँकी

क. कृष्ण केसीको पुस्तक ‘नेपाली क्रान्तिको आँखीझ्याल’: महान्‌ जनयुद्धको ऐतिहासिक दस्तावेजीकरण

क. नहेन्द्र खड्का २०८१ जेठ २७ गते आइतवार

क. कृष्ण केसीको पुस्तक ‘नेपाली क्रान्तिको आँखीझ्याल’: महान्‌ जनयुद्धको ऐतिहासिक दस्तावेजीकरण

नेपाली कम्युनिष्ट आन्दोलनमा एक चलायमान युवा नेताको रूपमा निरन्तर चर्चामा रहने क. कृष्ण केसीको नयाँ पुस्तक 'नेपाली क्रान्तिको आँखीझ्याल' पढ्ने मौका मिल्यो । पुस्तकमा नेपालको कम्युनिष्ट आन्दोलन र त्यसमा पनि मूलतः संसार हल्लाउने गरी नपाली धर्तीमा विकास भएको नपाली जनताको वीरतापूर्ण संघर्षको जाज्वल्यमान नमूनाको रूपमा रहेको दसबर्से जनयुद्धको...बाँकी

आफ्नै पुस्तक ‘महिलासँग गुमाउनका लागि केही छैन’बारे सिमोन द बोवुआर

सिमोन द बोवुआर २०८१ वैशाख २४ गते सोमवार

आफ्नै पुस्तक ‘महिलासँग गुमाउनका लागि केही छैन’बारे सिमोन द बोवुआर

एलिस स्वेर्जरले किताबको रूप दिएका यी कुराकानी सन् १९७२ को सुरूवात र सन् १९८२ सेप्टेम्बरबिचका हुन् । हाम्रो मित्रता व्यक्तिगत र नारीवादी दुवै हो । यही कारण त एलिसले मलाई मेरो रूचि र वैचारिक अन्तरजगत्‌सँग जोडिएका प्रश्न सोधिन् । र, मैले पनि बिना हिचकिचाहट स्पष्ट जवाफ दिएँ ।...बाँकी

सिमोन द बोवुआरको एक महत्त्वपूर्ण पुस्तक ‘महिलासँग गुमाउनका लागि केही छैन’

नहेन्द्र खड्का २०८१ वैशाख ७ गते शुक्रवार

सिमोन द बोवुआरको एक महत्त्वपूर्ण पुस्तक ‘महिलासँग गुमाउनका लागि केही छैन’

बिसौँ शताव्दीकी एक सशक्त दार्शनिक, चिन्तक, लेखिका तथा नारीवादी नेतृ सिमोन द बोवुआरका सन् १९७२ देखि १९८२ को बिचमा जर्मन पत्रकार एलिस स्वेर्जरले विभिन्न सन्दर्भमा लिएका विचारोत्तेजक अन्तर्वार्ताहरू समेटिएको पुस्तक 'महिलासँग गुमाउनका लागि केही छैन' को दोस्रो संस्करण बजारमा आएको छ । 'एम्मा' म्यागेजिनकी संस्थापक तथा प्रधान सम्पादक,...बाँकी

ह्यारीको दारी

भरत पोखरेल २०७९ चैत २० गते सोमवार

ह्यारीको दारी

यही वर्ष २०२३ मा बेलायती राजकुमार ह्यारीको पुस्तक 'स्पेयर' प्रकाशित भएपछि विश्व मिडियामा निकै चर्चित भयो । पुस्तक ह्यारीका हजुरबुवा फिलिपको मृत्यु अप्रिल २०२१ बाट सुरु भएर हजुरआमा एलिजाबेथ द्वितीयको मृत्यु सेप्टेम्बर २०२२ मा सकिएको छ । पुस्तक ह्यारीकी प्यारी मेग, छोरा आर्ची, छोरी लिली र आमा डायनालाई...बाँकी

कार्ल मार्क्सको “पुँजी” अध्ययन गरेपछि प्राप्त शिक्षा र मेरा अनुभवहरू

प्रा. वैंकटेश आत्रेय २०७९ कात्तिक ३ गते बिहीवार

कार्ल मार्क्सको “पुँजी” अध्ययन गरेपछि प्राप्त शिक्षा र मेरा अनुभवहरू

कार्ल मार्क्सको “पुँजी” किन पढ्ने ? “पुँजी”को अध्ययनले मेरो जीवन पूर्णरूपले परिवर्तित भयो । यसले मेरो जीवनलाई कसरी परिवर्तन गर्यो भन्ने तत्थ्यलाई मेरो व्यक्तिगत टिपोटको आधारमा उल्लेख गर्दैछु । मैले भारतको एक प्रतिष्ठित संस्थावाट सन् १९६९ मा रसायन अभियन्त्रीकरण (केमिकल इञ्जिनियरिङ) मा डिप्लोमा उत्तिर्ण  गरेँ र अमेरिकन विश्वविद्यालयमा...बाँकी

मासु खाने, मासु नखाने

भरत पोखरेल २०७९ असोज १८ गते मंगलवार

मासु खाने, मासु नखाने

भ्याकलाभ स्मिल वर्तमान विश्वका सेलिब्रेटी लेखक हुन् । स्मिलका पुस्तकहरूसँग विश्वका धेरै पाठकहरू परिचित छन् । स्मिल बिल गेट्सका सबैभन्दा मनपर्ने लेखक हुन् । धेरै पुस्तकका लेखक स्मिलको सन २०१३ मा प्रकाशित एउटा पुस्तक हो "सुड वी इट मिट ?" यो पुस्तकमा स्मिलले शाकाहारी (भेज) र मांसाहारी (ननभेज)...बाँकी