काठमाडौ, शुक्रवार काठमाडौमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले असाधारण निर्णय क्षमता देखाएको भन्दै अध्यक्ष प्रचण्डकाे प्रशंसा गर्नुभएको छ ।
सिके राउतसँग सरकारले गरेकाे ११ बुुँदे सहमति सार्वजनिक कार्यक्रमलाइ सम्वाेधनका क्रममा उहाँले यस्तो असाधारण निर्णय क्षमता यसअघि कसैसँग नदेखेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले हतियारको राजनीतिबाट चुनावमा सहभागी भएर संविधान बनाउने कामको एक ढंगले अगुवाइ गरी त्यसपछि एमाले र माओवादीबीच एकता गर्नु ठूलो निर्णय क्षमता भएको भन्दै प्रधानमन्त्रीले जो सुकैले, सानो हिम्मतकोले सक्दैन भन्दै अध्यक्ष प्रचण्डको प्रशंसा गर्नुभएको थियो ।
अध्यक्ष प्रचण्डको जस्तै असाधारण निर्णय क्षमता सीके राउतजीमा देखेकाे उहाँकाे कथन थियाे। सरकारसँग ११ बुँदे सहमति गरेर राउतले असाधारण निर्णय क्षमता देखाएको भन्दै प्रधानमन्त्रीले राउतकाे पनि प्रशंसा गर्नुभएको थियो ।
सीके राउत पढेलेखेको विद्वान र वैज्ञानिक रहेको भन्दै ओलीले कता कता बाटो बिराउँदा बिराउँदै बिग्रने हो कि भन्ने डर आफूलाई रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो – ‘तर खुशी लाग्यो । ‘टेक्नोक्र्याट’ मात्र होइन ‘थिंकर’ पनि हो सीके राउत ।’













