Tag: #प्रधानमन्त्री केपी शर्मा ओली

संसद विघटन र त्यसभित्र लुकेको रहस्य

क. छवि सुवेदी २०७७ पुस १० गते शुक्रवार

संसद विघटन र त्यसभित्र लुकेको रहस्य

गएका दुई महिनामा भारतका चार जना उच्च अधिकारी तथा नेताले नेपालको भ्रमण गरेका छन् । त्यो क्रम गत कार्तिक पाँच गतेबाट सुरु भएको थियो । सो दिनमा भारतीय गुप्तचर संस्था 'रअ'का प्रमुख नेपाल आएका थिए । कार्तिक उन्नाइस गते भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणे नेपाल आए । मंसिरको सुरुमा...बाँकी

प्रम ओलीलाई महान बन्ने मौका र त्यसको सदुपयोग

क. शिव अधिकारी २०७७ भदौ ३ गते बुधवार

प्रम ओलीलाई महान बन्ने मौका र त्यसको सदुपयोग

१. देशको वास्तविकता नेपाल सँधै जटिल अवस्थामा गुज्रदै लामो अन्तरालको वेथा बेहोरिरहनु पर्ने देश बनेको छ । यहाँका हामी जनता यो हुन्छ कि, त्यो हुन्छ कि, यसले गर्छ कि, त्यसले गर्छ कि भन्ने अन्योलपूर्ण खुल्दुलीमै जन्मने हुर्कने र विश्रान्तिसम्म पुग्ने अवस्थामा छौँ । समस्या समाधानको समयावधि एक मान्छेको...बाँकी

कोरोना भाइरसबारे प्रम ओलीद्वारा देशबासीका नाममा सम्बोधन

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत ७ गते शुक्रवार

कोरोना भाइरसबारे प्रम ओलीद्वारा देशबासीका नाममा सम्बोधन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्ने बताउँदै धैर्यतापूर्वक विपदको सामना गर्न देशबासीलाई अपील गर्नुभएको छ । शुक्रबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो अपील गर्नुभएको हो । भिडियो सन्देशमार्फत  गरिएको...बाँकी

एकताबद्ध भएर कोरोना महामारीलाई पराजित गरौँ – प्रधानमन्त्री ओली (पूर्णपाठ)

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत ७ गते शुक्रवार

एकताबद्ध भएर कोरोना महामारीलाई पराजित गरौँ – प्रधानमन्त्री ओली (पूर्णपाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईंहरु सामु उपस्थित भएको छु। अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ। विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष,...बाँकी

कोरोनाको विरुद्ध सार्क मुलुकहरूले साझा रणनीति बनाउनुपर्छ – प्रम ओली

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत २ गते आइतवार

कोरोनाको विरुद्ध सार्क मुलुकहरूले साझा रणनीति बनाउनुपर्छ – प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कोरोना भाइरस (कोभिड–१९) का विरुद्ध सार्क मुलुकहरूले साझा रणनीति बनाउनुपर्ने बताउनुभएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन र महामारी आउन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य मुलुकहरूका राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री बिच आइतबार साँझ भएको भिडियो कन्फ्रेन्समा सम्बोधन गर्दै प्रधानमन्त्री...बाँकी

कोरोना भाइरस नियन्त्रणमा कुनै कसर बाँकी नराख्नोस् – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ १८ गते शनिवार

कोरोना भाइरस नियन्त्रणमा कुनै कसर बाँकी नराख्नोस् – प्रधानमन्त्री ओली

काठमाडौँ । चीनको उहानबाट सुरू भएको नोवेल कोरोना भाइरसबारे सर्वसाधारण बिच व्यापकरूपमा सन्त्रासको वातावरण फैलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नोवेल कोरोना भाइरस नियन्त्रणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले नोवेल कोरोना भाइरसको संक्रमणबाट अन्तर्राष्ट्रिय जगतमा पारेको प्रभाव र प्रतिक्रियालाई गम्भीर ढंगले नियालिरहेको बताउँदै सो...बाँकी

डाभोस, ओली र झोली

भरत पोखरेल २०७६ माघ ९ गते बिहीवार

डाभोस, ओली र झोली

विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को ५० औं वर्ष आज जनवरी २१ देखि २४ सम्म डाभोसमा विश्वका धनकुबेरहरूको वार्षिक भेला चलिरहेको छ । भेलाको मुख्य थलो डाभोसको स्काइ रिसोर्ट रहेको छ । यसमा विश्वका प्राय सबै ठूला कम्पनीहरू आबद्ध छन् । चार दिनसम्म चल्ने ४०० सेसनमा ६००...बाँकी

प्रम ओलीको शल्यक्रियाको घाउ निको हुँदै गएको, स्वास्थ्यमा उल्लेखनीय सुधार

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर १७ गते मंगलवार

प्रम ओलीको शल्यक्रियाको घाउ निको हुँदै गएको, स्वास्थ्यमा उल्लेखनीय सुधार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ भने सुधारको क्रम जारी रहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षबाट भिडियो...बाँकी

प्रम ओलीलाई अमेरिका लैजाने खबर उडन्ते – प्रमुख सल्लाहकार रिमाल

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर १७ गते मंगलवार

प्रम ओलीलाई अमेरिका लैजाने खबर उडन्ते – प्रमुख सल्लाहकार रिमाल

कामाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य विष्णु रिमालले प्रधानमन्त्रीलाई थप उपचारका लागि अमेरिका लैजाने तयारी भइरहेको खबरलाई उडन्ते भन्दै खण्डन गरेका छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य समेत रहेका विष्णु रिमालले...बाँकी

मन्त्रिपरिषद् पुनर्गठन, सपथग्रहण भोलि (नामावली सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर ४ गते बुधवार

मन्त्रिपरिषद् पुनर्गठन, सपथग्रहण भोलि (नामावली सहित)

काठमाडौं, ४ मंसीर। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । उहाँले केही मन्त्रीहरूलाई हटाई सो स्थानमा नयाँ मन्त्रीहरू नियुक्त गर्नुभएको छ । लामो समयको जोरबलपछि गरिएको मन्त्रीमण्डलको पुनर्गठनमा केही मन्त्रीहरूको जिम्मेवारी यथावत छ भने केहीको जिम्मेवारी परिवर्तन गरिएको छ । मन्त्रीपरिषद पुनर्गठनको औपचारिक जानकारी...बाँकी