Nimananda Rijal
 

रक्तरञ्जित मात्रै खेल होइन
समय सापेक्षित बदलिन्छ
परिवर्तित नियम हो
खुकुरी हो रगत बगाउँछ
यसैले दाउरा र घाँस पनि त काटछ
प्रयोगको वैज्ञानिक करण हो
प्रयोग गलत भए सुर्धाने हो
मेन्सेविक र बोल्सेविक थिए ।

प्रयोग हो यो
नयाँले सिक्नु पर्छ
रुपान्तरणको खेल हो
खेल्न जान्नु पर्छ
माओ खेले, लेनिन खेले
क्यास्ट्रो खेले,
सी जिन्पिङ खेल्दैछन्
हामी पनि खेल्दै छौँ
हाम्रो माटो पानी चिन्दै छौँ ।

माओको आवश्यकतामा
माओ खेले, हामी खेल्दै छौँ
केन्द्रविन्दु रुपान्तरण हो
हामी जान्दछाैँ
भोक, गरिबी व्याप्त छ
खाडी चम्किएको छ
पसिना त हाम्रो हो ।

खेलाडी गोल गर्नै खेल्छ
अभ्यास गर्छ खेल खेल्छ
जित्नै खेल्छ ।

न बाढी आएको छ
न पैरो नै,
पैरो रोक्न उपाय हो यो
दरिलो खम्बा चाहिन्छ ।

भतेरको भात नखानेहरु
कसौँडीमा पकाउने गर्छन्
यो प्रवृतिगत विकास हो
जहिले पनि हुने गर्छ ।

रमाउदै खम्बा निर्माण गरौँ
ड्याम र तटबन्ध बनाउँदै जाऊँ
खुड्किलाहरु चढदै जाऊँ
होसियार बन्दै जाऊँ
कतै खसिन्छ कि
बारहरु लाउँदै जाऊँ
यो दवन दवादि खेल हो ।

सहीसँग पक्डँदै जाऊँ
नायकहरु जन्मँदै जान्छन्
प्रकृतिको नियम हो
नायक खलनायक बन्दैन
बने त्यो नायक हुँदैन
नायकले मात्र इतिहास रच्छ
यो नायकलाई जगजाहेर छ ।

कसौँडीमा मिठो हुन्छ
पहाड चढ्न साथ चाहिन्छ
अरुले ब्रह्माण्ड नापिसके
हामी उही कसौँडीमै अल्झिएका छौँ
नायकलाई खलनायक बनाउन
समय बर्बाद गरिरहेछौँ ।

स्वयम्भु
२०७४/११/११

याे पनि पढ्नुहाेस्ः  सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली – क. डि.बि. कार्की 

याे पनि पढ्नुहाेस्ः  पृथ्वीको एउटा बिन्दु – क. रसुवाली कवि

याे पनि पढ्नुहाेस्ः  एकदेव आले, तिमीलाई सयबार सलाम – क. नारायणमान बिजुक्छे ‘राेहित’