Carpet Workers struggle
 

काठमाडौँ, अन्टुफसँग आबद्ध अखिल नेपाल गलैंचा मजदुर संघ, जिफन्टसित आबद्ध कार्पेट मजदुर संघ र कार्पेट ब्यवसायीहरुबीच आज चैत्र २० गतेका दिन अन्टुफका उपमहासचिव शालिकराम काफ्लेको उपस्थितिमा भएको वार्ताले सकारात्मक परिणाम ल्याउँने भएको छ ।

आज भएको छलफलमा कार्पेट क्षेत्रमा कार्यरत श्रमिकहरुलाई अनिवार्यरुपमा नेपाल सरकारले तोकेको न्युनतम वेतन लागू गर्ने सहमतिको निकट पुगेको उपमहासचिव काफलेको भनाई छ ।

वार्तामा अनेगमसंघबाट अध्यक्ष सोनाम स्याङ्तान, महासचिव बिचारी खडका सामेल हुनुहुन्थ्यो भने जिफन्टको कार्पेट मजदुर युनियनबाट दुई जना र व्यवसायी संघबाट चार जना उपस्थिति रहेको थियो ।

कुनै भवितव्य वा षडयन्त्र नभएमा सहमतिमा हस्ताक्षर हुन मात्र बाँकी रहेको छ । जुझारु संगठन, जुझारु नेताहरुको डफ्फा छ, अनि एक ढिक्को छ । तर पनि कारपेट श्रमिकहरु सरकारले निर्धारण गरेको वेतन नपाउँदा सबैभन्दा बढी निराश छन । अब के गर्ने रु यो जिज्ञाशाको उत्तर भरखरै प्राप्त भएको छ ।