काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले आफ्ना केन्द्रीय सदस्य तथा कृषि पत्रकार क. गोविन्द शर्मा घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक वक्तव्य जारी गरेको छ ।
२०७६ जेष्ठ १९ गते सानेपास्थित रिङरोडमा सवारी दुर्घटनामा परी भएको निधन भएका संगठनका केन्द्रीय सदस्य गोविन्द शर्मा घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै जारी गरिएको शोक वक्तव्यमा, “हाम्रो गौरवशाली संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का केन्द्रीय सदस्य, केन्द्रीय प्रचार विभागका सदस्य र केन्द्रीय कार्यालय विशेष प्रदेश समितिका सदस्य क. गोविन्द शर्मा घिमिरेको सवारी दुर्घटनामा परी भएको असामयिक निधनले हाम्रो संगठन र संगठनका सम्पूर्ण सदस्यहरुलाई दुःखी र मर्माहत बनाएको छ,” भनिएको छ, “यो दुःखको क्षणमा हाम्रो संगठन क. गोविन्द शर्मा घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवारजन तथा मित्रजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”
“२०७६ जेष्ठ १९ गते सानेपास्थित रिङरोडमा बा १६ च ४७४३ नम्बरको स्परपियो जीप अनियन्त्रित भई उहाँ सवार रहेको मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षको युवावस्थामै उहाँको अकल्पनीय निधन भएको थियो । ललितपुरको कोञ्जोसोम गाउँपालिका वडा नं. ४ (साविकको शंखु गा.वि.स.) मा २०४१ साल वैशाख १० गते जन्मिनु भएका क. गोविन्द शर्मा घिमिरे हाल गोदावरी नगरपालिका वडा नं. ४, बडिखेलमा वसोवास गर्नु हुन्थ्यो । २०५६ सालदेखि कलाकर्मीको रुपमा महान् जनयुद्धमा सरिक हुनुभएका क. घिमिरे २०७३ साल वैशाख २७–२९ मा महोत्तरीको वर्दिवासमा सम्पन्न अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनबाट संगठनको केन्द्रीय समितिमा निर्वाचित हुनुभएको थियो भने २०७३ साल साउन १७–१८ मा ललितपुरको बाडेगाउँमा सम्पन्न ऐतिहासिक एकता राष्ट्रिय सम्मेलनबाट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को केन्द्रीय सदस्यमा पुनः निर्वाचित भई अविछिन्न रुपमा संगठनको मार्गनिर्देशनमा नेपाली किसानहरुको वर्गीय हित र मुक्तिका लागि समर्पित हुनुहुन्थ्यो,” केन्द्रीय कार्यालयको तर्फबाट सचिव नहेन्द्र खड्काद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ ।
शोक विग्यप्तिमा, “क. घिमिरे एक मिलनसार, मेहनती, वर्ग पक्षधरताको भावनाले ओतप्रोत र क्रान्तिप्रति प्रतिबद्ध एक जोदाहा क्रान्तिकारी हुनुहुन्थ्यो र मृत्युपर्यन्त नेपाली किसानहरुको वर्गीय हित र मुक्तिका लागि निरन्तर खटिने एक कुशल प्रतिभा हुनुहुन्थ्यो । उहाँको निधनले सिंगो संगठन र नेपालको क्रान्तिकारी किसान आन्दोलनमा एक गम्भीर क्षति भएको छ भने देशले कृषि क्षेत्र र कृषि पत्रकारिताको क्षेत्रको एउटा उदयमान प्रतिभा गुमाएको छ,” भनिएको छ ।
मृतक गोविन्द शर्मा घिमिरे लामो समयदेखि कृषि पत्रकारको रुपमा पनि क्रियाशील हुँदै आउनुभएको थियो । उहाँ नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) को संस्थापक महासचिव हुँदै अध्यक्षको रूपमा संगठनको नेतृत्व गरिरहनु भएको थियो भने प्रेस सेन्टर, काठमाडौँका अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँ कृषि टेलिभिजनका संस्थापक सञ्चालक र किसान टेलिभिजनका सञ्चालक पनि हुनुहुन्थ्यो । उहाँका श्रीमति र ३ वर्षीय छोरा हुनुहुन्छ ।
शोक वक्तव्यको पूर्णपाठ
हाम्रो गौरवशाली संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का केन्द्रीय सदस्य, केन्द्रीय प्रचार विभागका सदस्य र केन्द्रीय कार्यालय विशेष प्रदेश समितिका सदस्य क. गोविन्द शर्मा घिमिरेको सवारी दुर्घटनामा परी भएको असामयिक निधनले हाम्रो संगठन र संगठनका सम्पूर्ण सदस्यहरुलाई दुःखी र मर्माहत बनाएको छ ।
२०७६ जेष्ठ १९ गते सानेपास्थित रिङरोडमा बा १६ च ४७४३ नम्बरको स्परपियो जीप अनियन्त्रित भई उहाँ सवार रहेको मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षको युवावस्थामै उहाँको अकल्पनीय निधन भएको थियो । ललितपुरको कोञ्जोसोम गाउँपालिका वडा नं. ४ (साविकको शंखु गा.वि.स.) मा २०४१ साल वैशाख १० गते जन्मिनु भएका क. गोविन्द शर्मा घिमिरे हाल गोदावरी नगरपालिका वडा नं. ४, बडिखेलमा वसोवास गर्नु हुन्थ्यो । २०५६ सालदेखि कलाकर्मीको रुपमा महान् जनयुद्धमा सरिक हुनुभएका क. घिमिरे २०७३ साल वैशाख २७–२९ मा महोत्तरीको वर्दिवासमा सम्पन्न अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनबाट संगठनको केन्द्रीय समितिमा निर्वाचित हुनुभएको थियो भने २०७३ साल साउन १७–१८ मा ललितपुरको बाडेगाउँमा सम्पन्न ऐतिहासिक एकता राष्ट्रिय सम्मेलनबाट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को केन्द्रीय सदस्यमा पुनः निर्वाचित भई अविछिन्न रुपमा संगठनको मार्गनिर्देशनमा नेपाली किसानहरुको वर्गीय हित र मुक्तिका लागि समर्पित हुनुहुन्थ्यो । उहाँ लामो समयदेखि कृषि पत्रकारको रुपमा क्रियाशील हुँदै नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) को अध्यक्ष र प्रेस सेन्टर, काठमाडौँका अध्यक्ष हुनुहुन्थ्यो भने उहाँ कृषि टेलिभिजनका संस्थापक सञ्चालक र किसान टेलिभिजनका सञ्चालक पनि हुनुहुन्थ्यो । उहाँका श्रीमति र ३ वर्षीय छोरा हुनुहुन्छ ।
क. घिमिरे एक मिलनसार, मेहनती, वर्ग पक्षधरताको भावनाले ओतप्रोत र क्रान्तिप्रति प्रतिबद्ध एक जोदाहा क्रान्तिकारी हुनुहुन्थ्यो र मृत्युपर्यन्त नेपाली किसानहरुको वर्गीय हित र मुक्तिका लागि निरन्तर खटिने एक कुशल प्रतिभा हुनुहुन्थ्यो । उहाँको निधनले सिंगो संगठन र नेपालको क्रान्तिकारी किसान आन्दोलनमा एक गम्भीर क्षति भएको छ भने देशले कृषि क्षेत्र र कृषि पत्रकारिताको क्षेत्रको एउटा उदयमान प्रतिभा गुमाएको छ ।
यो दुःखको क्षणमा हाम्रो संगठन क. गोविन्द शर्मा घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवारजन तथा मित्रजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछ ।
मितिः २०७६ जेठ २१ गते ।
नहेन्द्र खड्का
सचिव,
केन्द्रीय कार्यालय