काठमाडौँ। तत्कालिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी एकताको ऐतिहासिक औचित्य रहेको बताएका छन् ।
कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम “फायर साइड”मा कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रचण्डको बाटो क्रान्ति र गन्तव्य भ्रान्ति भन्ने कुरा गलत भएको बताए । “बाटो क्रान्ति, गन्तव्य शान्ति र समृद्धि भनेको भए त्यो मेरो राजनीतिक जीवनसँग मिल्नसक्थ्यो ।” कार्यक्रम प्रस्तोता भुषण दाहालको प्रश्नमा प्रचण्डको भनाई थियो ।
२००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना हुँदा बल प्रयोगको कुरा उल्लेख गरेको बताउँदै प्रचण्डले बल प्रयोगको सिद्धान्त संघर्षको अनिवार्यताभित्र पर्ने बताए । नेपालमा कांग्रेसदेखि अन्य पार्टीहरुले समेत हतियार उठाएको बताउँदै प्रचण्डले क्रान्ति र हतियारको कुरालाई कुनै विशेष कम्युनिस्ट घटकसँग जोडनु गलत भएको बताए ।
एउटा राजनीतिक परिस्थितिले बाध्य भएर हतियार उठाउनु गलत नभएको बताउँदै प्रचण्डले अहिले भने राज्यबाट हस्तक्षेप गरेर नयाँ बाटोतर्फ नेपाललाई अघि बढाउन सकिने बताए ।