काठमाडौं, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चैत ६ देखि ८ गतेसम्म अर्जेन्टिनाको राजधानी ब्युनसआयर्समा हुने दक्षिण–दक्षिण सहयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिन बुधबार अर्जेन्टिना जाने हुनुभएको छ ।
सम्मेलनको पूर्ण बैठकमा मन्त्री ज्ञवालीले दक्षिण–दक्षिण सहयोगसम्बन्धी नेपालको राष्ट्रिय वक्तव्य तथा सन् २०३० का कार्यसूची कार्यान्वयन एवम् दिगो विकासका चुनौती र अवसर विषयमा मन्तव्य दिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा ब्राजिलका लागि नेपालका राजदूत ताराप्रसाद पोखरेल र परराष्ट्र मन्त्रालयका एक जना अधिकारी रहनेछन् । उहाँ चैत ९ गते स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।