Nicolas Maduro Moros. President of Bolivarian Republic of Venezuela, निकोलस मादुरो मोरोस
 

काठमाडौँ । भेनेजुएलामा गएको जनवरी १० गते आफ्नो दोस्रो कार्यकालका लागि सपथ ग्रहण गरेका बोलिभारियन गणतन्त्र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो मोरोसको पक्षमा देशभर विशाल प्रदर्शनहरु भएका छन् ।

विगत केही दिनदखि राष्ट्रपति मादुरोको समर्थनमा दैनिक विशाल प्रदर्शनहरु भइरहेकोमा हिजो फेब्रुअरी १ मा पनि भेनेजुएलाभर विशाल प्रदर्शनहरु भए । राष्ट्रपति मादुरोको पक्षमा देशका महत्त्वपूर्ण प्रान्तीय शहरहरु मिरान्डा (कुआ इस्टाडो मिरान्डो), काराबोबो (भ्यालेन्सिया इस्टाडो काराबोबो), पोर्तुगोसा (ग्युआनारे इस्टाडो पोर्तुगोसा) र मानुगोस (मातुरिन इस्टाडो मानुगोस) प्रान्तहरुमा लाखौँको संख्यामा जनताका विशाल प्रदर्शनहरु भएका छन् ।

‘बोलिभारियन गणतन्त्र भेनेजुएला जिन्दावाद, राष्ट्रपति मादुरो जिन्दावाद, ह्युगो चावेज जिन्दावाद, अमेरिकी हस्तक्षेप मूर्दावाद, राष्ट्रपति मादुरो, हामी तिम्रो साथमा छौँ, अघि बढ मादुरो, हामी शहीद हुन तयार छौँ, राष्ट्रघाती गुइएदोलाई छिःछि’ भन्ने जस्ता गगनभेदी नाराहरु बुलन्द गर्दै विशाल जुलुसहरुले शहरहरु परिक्रमा गरेका थिए ।

जनवरी २३ मा अमेरिकी भेनेजुएलाको राष्ट्रिय सभाको अध्यक्ष खुयान गुइएदोले अमेरिकाको निर्देशनमा राष्ट्रिय सभाबाट आफूले आफैलाई देशको राष्ट्रपति घोषणा गर्दै सपथ ग्रहणको नाटक मञ्चन गरेपछि अमेरिकी साम्राज्यवादको पिछलग्गुको रुपमा रहेका कोलम्बिया, ब्राजिल, क्यानडा र पेरुले प्रत्यक्ष रुपमा समर्थन गरेका छन् भने युरोपियन युनियनका केही मुलुकहरुले निर्वाचनको शर्त राखे पनि गुइएदोको समर्थन गरेका छैनन् । यी बाहेक संसारका सबै देशहरुले संवैधानिक रुपले दुई तिहाईभन्दा धेरै मतले निर्वाचित राष्ट्रपति निकोलस मादुरोको पक्षमा दृढतापूर्वक समर्थन जाहेर गरेका छन् ।

बस ड्राइभरको पृष्ठभूमिबाट मजदुर आन्दोलनको नेतृत्व गर्दै महान् समाजवादी नेता ह्युगो चाभेजको उत्तराधिकारीको रुपमा जननिर्वाचित राष्ट्रपति निकोलस मादुरोको पक्षमा देशभित्र किसानहरु, मजदुरहरु, सहकारीकर्मीहरु, राष्ट्रिय पुँजीपति वर्ग, साना तथा मझौला व्यापारीहरु, न्यायाधीशहरु र वकिलहरु, शिक्षकहरु, प्राध्यापकहरु, बुद्धिजीवीहरुसहित अधिकांश श्रमिक वर्गकासाथै राष्ट्रिय सेनाका सबै तह र तप्का, जनपद प्रहरी तथा राष्ट्रिय सुरक्षा गार्डहरु, अदालत र सम्पूर्ण कर्मचारीतन्त्र एकाकार भइसकेको छ ।

साम्राज्यवादका एजेन्टहरुले ‘निकोलस मादुरो जनताको विचमा लोकप्रिय छैनन्, उनी तानाशाह हुन् ‘ भनेर भ्रम फैलाइरहेको बेला देशव्यापी रुपमा भएको जनताको विशाल प्रदर्शनले राष्ट्रपनि निकोलस मादुरो मोरोस भेनेजुएलाका जनताको बिचमा अति नै लोकप्रिय रहेको सिद्ध भएको छ ।

अमेरिकी कठपुतलीहरुले असंवैधानिक तरिकाले गुइएदोलाई राष्ट्रपति घोषणा गरेपछि देशभित्र मादुरोको पक्षमा जनसमर्थन चुलिएको छ । विगतमा अरु पार्टीमा रहेका र अन्य पार्टीहरुलाई भोट हालेका जनताले समेत मादुरो नै ‘राष्ट्रनायक’ भएको र विपक्षीहरु ‘विदेशीका खेताला’ भएको भन्दै जनप्रदर्शनहरुमा भाग लिइरहेका छन् भने आफ्ना पार्टी परित्याग गर्दै विभिन्न वामपन्थी पार्टीहरुमा गोलवन्द भइरहेका छन् । विगतमा विपक्षी दलहरु बलिया भएका प्रान्तीय शहरहरुमा पनि उनीहरुले जुलुश निकाल्न नसक्ने अवस्था आउँदै गएको छ भने काराकासमा पनि जुलुसको आकार ‘हजारौँ’बाट घटेर ‘सयौँ’मा सिमित हुन थालेको छ ।

विदेशमा रहेका लाखौँ भेनेजुएलाका नागरिकहरुले पनि राष्ट्रपति मादुरोलाई समर्थन गर्दै भेनेजुएलामा शान्ति रहेसम्म आफूहरु विदेशमै रहेर भेनेजुएलाको अर्थतन्त्र र समाजवादी क्रान्तिलाई सघाउने तर देशमा वैदेशिक हस्तक्षेप भएमा ‘आफूहरु देशमै आएर लड्न र मर्न तयार भएका’ सन्देशहरु सामाजिक सञ्जालमा फैलाउन थालेपछि विपक्षीहरु झन् आत्तिएका छन् ।

यसै बिचमा संयुक्त राष्ट्र संघले पनि राष्ट्रपति निकोलस मादुरोको सरकारलाई मान्यता दिएको छ भने भेनेजुएलाका विगतका विपक्षीहरुका साझा शीर्ष नेताले खुयान गोइएदोलाई राष्ट्रपति मान्न अस्वीकार गरेका छन् । उनले ‘राजनीतिमा अपरिपक्क ३५ वर्षे केटालाई कसरी राष्ट्रपति मान्न नसकिने’ भन्दै गाइएदोले ‘आफैले आफैलाई राष्ट्रपति घोषणा गरेर गम्भीर गल्ति गरेको र भेनेजुएलाका विपक्षीहरुलाई आफ्ठ्यारोमा पारेको’ अभिव्यक्ति दिएपछि त्यहाँ राष्ट्रपति मादुरोका विपक्षीहरु विभाजित र कमजोर बनेका छन् । यसबाट अमेरिकी साम्राज्यवादको नयाँ प्रयोग असफलसिद्ध भएको छ भने राष्ट्रपति मादुरो दिनप्रतिदिन झन् झन् लोकप्रिय हुँदैछन् ।

केही प्रतिनिधिमूलक तस्विरहरुः

Corabobo- Venezuela, demonstration in favour of President Nicolas Maduro.

Miranda, Venezuela Demonstration in favour of President Nicolas Maduro

Monagas, VeneZuela, Demonstration in favour of President Nicolas Maduro Moros

Portuguesa, Venezuela, demonstration in favour of President Nicolas Maduro Moros