धर्म, ईश्वर, Religion, christian, hindu, Islam, Jain, Shikh, muslim,
 

ए भाइ
ए दाइ
ए दिदी
ए बहिनी
तिमीहरु भ्रमबाट मुक्त होऊ ।

त्यो मस्जिद
त्यो चर्च
त्यो मन्दिर
त्यो गुम्बा
ती सबैले मानवता बचाउन सकेनन्
सक्दैनन् र सकेका थिएनन् ।

त्यो भ्रम मात्र हो
ईश्वरको नाममा
फाइदा उठाउने भ्रम ।

सत्ता र स्वार्थका लागि
मानवताको नाममा
मान्छे कै रगतमा
होली खेल्नेहरुले
ईश्वर सृजना गरे,
त्यही ईश्वरको नाममा
हजारौँ वर्ष शासन गरे
मान्छेको रगत पिए ।

Sagar Kunwar, Raktim Pariwar Artist, सागर कुँवर
रचनाकार

अहिले पनि
ती रक्तपिपासु शासकहरु
मान्छेको रगत पिउन
कहिले अल्लाहलाई
कहिले ईशुलाई
कहिले बुद्धलाई
कहिले राम र कृष्णलाई
ईश्वर मान्छन् ।

यो सबै भ्रम हो
यो सबै स्वार्थको खेल हो ।

कोरोनाको कहरमा
धर्मको नाममा
संक्रमण फैलाउनेहरु
मानवता विरोधी हुन्
यहाँ ईश्वरले होइन
समाधान विज्ञानले गर्नेछ ।

निर्दोष मान्छेहरु बटुलेर
परमेश्वरको नाममा
कालो बोका काटेर
देवीको नाममा
अर्को जुनी पाउने आशामा
अल्लाहको नाममा
मान्छेकै बली खोज्ने
मान्छेकै बली चढाउने
ईश्वर सबै भ्रम हो
त्यो सबै भ्रम हो ।

शासकले शासन गर्न
बनाएको देउताको भ्रम तोड
विज्ञानको युगमा
बलीप्रथाको कुचलन तोड
निर्दोष मानिसहरुलाई
आत्माको आशा देखाएर
ईश्वरको खेती गर्ने
चण्डालहरुको भ्रम तोड ।

(लेखक राजमोका युवा नेता तथा रातो लालटिन वैचारिक मञ्चका संयोजक हुनुहुन्छ ।)