प्रचण्ड, puspa kamal dahal, chairman prachanda,
 

काठमाडौँ । सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्सको २०२औँ जन्म दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुभकामना व्यक्त गर्नु भएको छ ।

कार्ल मार्क्सलाई १००० वर्षयताकै महान् दार्शनिक रहेको बताउनु हुँदै सर्वहारा वर्गले मात्र होइन, उहाँको दर्शन र प्रतिपादित सिद्धान्तलाई पुँजीवादी दुनियाँले पनि मानेको बताउनुभयो ।

उहाँले महान् दार्शनिक कार्ल मार्क्सप्रति उच्च सम्मान व्यक्त गर्दै विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिका प्रणेताका रुपमा स्मरण गर्नुभयो । २१ औँ शताब्दीमा मार्क्सवादको रक्षा, प्रयोग र विकासका लागि विचारको विकास गर्न आवश्यक भएको उहाँको भनाइ थियो ।

Karl Marx, Karl Heinrich Marx, प्रिय मार्क्स, कार्ल मार्क्स
सर्वहारा वर्गका महान गुरू कार्ल मार्क्स

विश्व महामारीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गरिखाने श्रमजीवी जनसमुदाय सबैभन्दा पीडामा रहेको उल्लेख गर्दै उनीहरुको समस्या समाधान गर्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ ।

उहाँले मार्क्सको जन्म दिवसका अवसरमा विश्वभरका सम्पूर्ण सर्वहारा जनसमुदायमा सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभएको छ ।