Karl Marx, प्रिय मार्क्स, कार्ल मार्क्स
 

चिकित्साशास्त्रका विद्यार्थीको तत्त्व मीमांसा

आत्मा-सात्मा छँदै थिएन कहिल्यै
मैमत्त सदा अनुभव नगरीकन, कहिले पनि,
कहिले उसको तुच्छ स्वैरकाल्पनिक छ आत्मा
पेटमा त खोज्नै सकिन्न उसलाई
र, यदि कसैले सत्यसिद्ध नै गरिदिए त्यसलाई
अण्ट-सन्ट छूमन्तर गरीदिन्छ गोलीले पनि त्यसलाई
फेरि देखिन आउनेछन् आत्माहरु
प्रष्फुटित भइरहेको एउटा अन्तहीन प्रवाहमा ।

चिकित्साशास्त्रका विद्यार्थीको मनोविज्ञान

गर्दछ जसले सन्ध्या भोजन मालपुआ अनि कोमल-मुलायम मीठा पकवानहरुको
भोग्नेछ बिरामी दुश्वप्नहरुको, बर्खे बनस्पतिहरुको, फुलिने-पुलपुलिनेहरुको

चिकित्साशास्त्रका विद्यार्थीहरुको आचार-संहिता

पसिनाले बेफाइदा गरोस्, योभन्दा बरु राम्रो हुन्छ लगाउनु
एकभन्दा बढी शानदार यात्राहरुमा
सतर्क होऊ तमाम लोभहरुदेखि जो पैदा गर्दछन्‌
गडबडीहरु जो पित्तरसका लागि
त्यस्ता ठाँउहरुमा भड्कन नदेऊ तिम्रा नजरहरुलाई
जो आगो उराल्न सक्नेछ्न् तिम्रा आँखाहरुमा
पानी मिसाऊ तिम्रो रक्सीमा
कफीमा हरेक पटक लेऊ दूध
र, नभुल्नु हामीलाई बोलाउन
छोडी हिँड्न जब लाग्नेछौ अर्कै दुनिँयामा ।

गणितीय चतुर्‍याइँ

घटाएर हरेक चीजलाई हामीले चिन्हहरुमा
र, तर्क गर्दछौँ यसरी सूत्र गणितको जस्तो भिन्नतामा
ईश्वर यदि बिन्दु हो भने, बेलना हुँदै गुज्रिन सक्तैन ऊ
जसरी उभिन सक्नुहुन्न तपाईं आफ्नै शिरको बल ।

(भाषान्तरः सरस्वती मोहोरा)