World Philosophy Day 2018
 

आज १५ नोभेम्बर अर्थात् विश्व दर्शनशास्त्र दिवस । दर्शन र यसको अर्थ, औचित्य र महत्त्वबोध गर्ने/गराउने ध्येयले लेखिएका दर्शनसम्बन्धि विश्लेषण र संश्लेषणले भरिएका दर्शन-दिग्दर्शनका ज्ञानहरुका शास्त्रहरुको उच्च मूल्याङ्कन, संरक्षण र संरक्षण गर्दै दर्शन र दर्शनशास्त्रको गरिमा र महिमा बोध गर्न-गराउनका लागि आजको दिनलाई दर्शनशास्त्र दिवस भनिएको हो ।

Narayan Sharma Kamal Prasadआज ज्ञान, सिद्धान्त , विचार र दर्शनजस्ता महत्त्वपूर्ण कुराहरुको अवमूल्यन र उपेक्षा हुन गैरहेको र यिनको अध्ययन-अनुसन्धान, चिन्तन-मनन, लेखन-प्रकाशन र प्रचार-प्रसार समेत घट्दै गइरहेको तथा यिनले मार्गदर्शन गरेका कुराहरुको कार्यान्वयनतर्फ पूर्ण अरुची बढिरहेको आजको यो स्थिति र सन्दर्भमा दर्शनशाश्त्र दिवस तोकिनु, मनाइनु, दर्शन र दर्शनशास्त्रको मर्म-महत्त्व बोध गर्नु/गराउनु र सो अनुसार जीवनदर्शन बनाई जीवन-व्यवहार सञ्चालन गर्नु अझ बढी जरुरी महत्त्वको कुरा भएको छ ।

वास्तवमा दर्शन भनेको ज्ञानको आँखा हो, ज्ञान भनेको जीवन सञ्चालन गर्ने, जीवन र जगतलाई सत्मार्गमा लगाउने अर्थात् सत्यम्-शिवम्-सुन्दरम्‌को प्रत्याभूति दिने आन्तरिक शक्ति र विज्ञान नै हो । यो नभए मान्छे बाँच्नुको अर्थ र औचित्य नै समाप्त हुन्छ । त्यसैले दर्शन र दर्शनसम्बन्धी ज्ञानले भरिएका शास्त्र-ठेलीको मूल्यमान्यता अत्यधिक हुने हुँदा यो दिवस मनाउनु निकै अर्थपूर्ण छ ।
दर्शनशास्त्र दिवसको सन्दर्भमा सबैलाई सही ज्ञान प्राप्त होस्, सत्चित ज्ञान् वृद्धि होस् र मानवजीवन र जगतलाइ दर्शनले सही र आदर्शको बटो देखाओस् । अनि आजको यो अन्यायपूर्ण, विभेदकारी, उँच-नीच र दुख-दर्दले भरिएको संसारलाई बदलेर न्यायपूर्ण, समानतापूर्ण, सुखी र समृद्ध संसार बनाउने हाम्रो चाहना पूरा होस् भन्ने शुभकामना !