visions of inequality, karl marx
 

आज मार्क्सको २०६औँ जन्म जयन्ती । मार्क्सको जन्म जर्मनीमा ५ मई १८१८ मा भएको थियो र मृत्यू १४ मार्च १८८३ बेलायतमा भयो । मृत्यु भएको १४० वर्षपछि पनि मार्क्स विश्वका सर्वाधिक चर्चित सेलिब्रेटी रहेका छन् ।

मार्क्स मरेर गए, मार्क्सवाद जीवित छ । शताब्दी (सय वर्ष) मात्र होइन, सहस्राब्दी (हजार वर्ष) का मार्क्स नायक हुन् । सन्‌ १९९९ सेप्टेम्बरमा बीबीसीले विश्वका महान चिन्तकहरूबारे मिलिनियम (सहस्राब्दी) सर्भे गरेको थियो, जसमा मार्क्स प्रथम स्थानमा रहेका थिए, दोस्रो आइन्सटाइन, तेस्रो न्युटन, चौथो डार्बिन, पाँचौँ एक्युनस आदि ।

भरत पोखरेल, bharat pokharel, economist, tu, professor, भरत पोखरेल
लेखक

मार्क्सले पुँजीवादको विरोध होइन, वैज्ञानिक विश्लेषण गरे र मार्क्सवाद विश्वमा स्थापित भयो । विश्वमा मार्क्सका अनुयायी, मार्क्सलाई पढ्ने र मार्क्सबारे लेख्नेहरूको संख्या अत्यधिक रहेको छ । विश्वमा कम्युनिस्ट देशहरूमा कमी आए पनि कम्युनिस्टहरूमा कमी आएको छैन । आज पनि मार्क्सबारे लेख्ने र पढ्नेहरूको ताँती छ ।

गएको वर्ष २०२३ मा सर्वियन/अमेरिकन अर्थशास्त्री ब्रांको मिलानोभिकको पुस्तक “भिजन्स अफ इनइक्वालिटी” एउटा बेस्ट सेलर पुस्तक रह्यो । पुस्तकमा लेखकले १८औँ, १९औँ र २०औँ शताब्दीका आय असमानताबारे लेख्ने ६ जना प्रसिद्ध अर्थशास्त्रीहरूको विश्लेषण गरेका छन् । क्वेस्ने, एडम स्मिथ, रिकार्डो, मार्क्स, परेटो र कुज्नेट्स । यी अर्थशास्त्रीहरूले फ्रान्स, निदरल्यान्ड्स, बेलायत, स्कटल्यान्ड, आयरल्यान्ड, वेल्स, अमेरिका, जर्मनी, स्वीडेन, स्पेन, इटली, पोर्चुगल, पोल्यान्ड, रुस, मेक्सिको, पेरु, इन्दोस्तान (इण्डिया), जाभा (इण्डोनेसिया), चीन, इजिप्ट, बेल्जियम, डेनमार्क, हंगेरीको वर्गविश्लेषण सुन्दर रूपमा प्रस्तुत गरेका छन् । पहिला औपचारिक तथ्यांक सहज रूपमा उपलब्ध थिएन तर पनि सैद्धान्तिक आधारमा विश्लेषण गरिएको छ । कुज्नेट्सको पालोसम्म आय असमानता गिनी कोफिसिएन्टमा आउन थाल्यो ।

लेखक ब्रांको मिलानोभिक आफू नवशास्त्रीय (नियो क्लासिकल) हुन् । पुस्तकमा मानिएका चिन्तकहरूमा मार्क्सको विकल्प ५० वर्ष उनले नदेखेको उल्लेख गरेका छन् । लेखक मार्क्सवादी नभए पनि मार्क्सप्रति उनको उच्च आदर्श रहेको देखिन्छ । मार्क्स पढ्ने मजदुर र सर्वहारा मात्र होइन पुँजीपतिहरूको पनि कमी छैन । सान्दर्भिक छन् आज पनि मार्क्स ।