(कोरियाली श्रमिक पार्टीका अध्यक्ष, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राज्यव्यवस्था आयोगका अध्यक्ष, कोरियाली जनसेनाका सर्वोच्च कमान्डर र कोरियाली जनताका सर्वोच्च नेता मार्सल किम जोङ उनले नव वर्ष २०१७ को उपलक्ष्यमा दिनुभएको नयाँ वर्षको शुभकामना सन्देशलाई अनुवाद गरी प्रस्तुत गरेका छौँ, जसमा उहाँले उत्तर कोरियाली सरकार, कोरियाली श्रमिक पार्टी र कोरियाली जनताको वर्तमान अवस्था, अघिल्लो वर्षको कार्ययोजनामा प्राप्त सफलता र नयाँ वर्ष २०१७ मा गर्नुपर्ने कामहरूको कार्ययोजना प्रस्तुत गर्नुभएको छ – सं.) ।
प्रिय कमरेडहरू,
प्रत्येक दिनलाई विराट सङ्घर्षहरूले गौरवान्वित बनाउँदै र जुछे क्रान्तिको इतिहासमा अभूतपूर्व महान् समृद्धिको नयाँ इतिहास रचना गर्दै हामीले सन् २०१६ लाई विदा गरेका छौँ र सन् २०१७ लाई स्वागत गरिरहेका छौँ ।
हाम्रा महान् जनताद्वारा कुँदिएका गौरवशाली चमत्कारहरूले भरिएको महान् वर्षलाई हामीले सम्मानपूर्वक समीक्षा गरिरहेको यो अर्थपूर्ण अवसरमा उपस्थित भइरहँदा म उदात्त मनले पार्टीसँग सुख–दुःख बाँड्दै, यससँग समग्र विचार, लक्ष्य र चाहनामा समाहित भएर आफ्नो सबै कुरा अर्पित गर्दै आशावादी भएर इतिहासमा कहिल्यै नघटेका सबै रङका परीक्षाहरूमा विजयी भएका सबै कोरियाली जनसमुदायलाई हार्दिक शुभकामना व्यक्त गर्दछु र सबैमा आशाले भरिपूर्ण नयाँ वर्षको गौरव र शुभेच्छा प्रकट गर्दछु ।
मेरो न्यानो शुभकामना दक्षिण (कोरिया) एवम् विदेशमा रहेका सबै नागरिकहरू र विश्वभरका प्रगतिशील जनसमुदाय, स्वतन्त्रता र न्यायका पक्षधर अरू विदेशी मित्रहरूमा समेत समर्पित छ ।
सन् २०१६ को वर्ष हाम्रो पार्टी र मुलुकको इतिहासमा अङ्कन गर्न योग्य एउटा क्रान्तिकारी घटना र महान् परिवर्तनको एउटा वर्ष थियो ।
गएको वर्ष, सम्पूर्ण पार्टी सदस्यहरू, राष्ट्रसेवकहरू, अरू जनता र महान् विश्व जनमतको उर्लंदो क्रान्तिकारी उत्साहसँगै कोरियाली श्रमिक पार्टीको सातौँ राष्ट्रिय महाधिवेशन एउटा राजनीतिक उत्सवका रूपमा अर्थपूर्ण र शानदार तरिकाले सम्पन्न भयो ।
महाधिवेशनले महान् नेताहरू क. किम इल सुङ र क. किम जोङ इलको बुद्धिमतापूर्ण नेतृत्वमा जुछेको क्रान्तिकारी लक्ष्यतर्फ विजयपथमा अगाडि बढेको हाम्रो पार्टीको चम्किलो इतिहासबारे सगौरव समीक्षा गर्यो र किमइलसुङवाद–किमजोङइलवादको झन्डामुनि रहेर समाजवादी लक्ष्यलाई हासिल गर्ने एउटा महत्त्वाकाङ्क्षी कार्ययोजना तर्जुमा गर्यो ।
यो ऐतिहासिक महाधिवेसनद्वारा हाम्रा राष्ट्रसेवकहरू र जनताको पार्टीलाई अनुशरण गर्दै जुछेपथमा निरन्तर रूपमा अगाडि बढ्ने लौह इच्छाशक्ति पूर्ण रूपमा प्रदर्शित भयो र कोरियाली क्रान्तिको चीरकालीन आधार तयार गर्ने काम भयो । यो (महाधिवेशन) हाम्रो देशको इतिहासमा महान् किमइलसुङ्वादी–किमजोङइलवादी पार्टीको अजेय पराक्रम प्रदर्शन गर्ने एउटा विजेताहरूको बैठकका रूपमा र जुछेको क्रान्तिकारी लक्ष्यमा नयाँ कोसेढुङ्गा थप्ने एउटा गौरवशाली बैठकका रूपमा अङ्कित हुनेछ ।
गत वर्ष जुछे कोरियाको सुरक्षा क्षमता सुदृढीकरणमा एउटा युगान्तकारी मोड ल्याइयो र हाम्रो देशले पूर्वमा एउटा आणविक शक्ति तथा एउटा सैन्य महाशक्तिको स्थान हासिल ग¥यो जसलाई जतिसुकै शक्तिशाली भए पनि कुनै शत्रुले जिस्काउने (उत्तेजित गराउने) हिम्मत गर्न सक्दैन ।
हामीले साम्राज्यवादीहरूको दिन–प्रतिदिन बढ्दै गएको आणविक युद्धको धम्कीलाई प्रतिरोध गर्न पहिलो हाइड्रोजन बम परीक्षण, विभिन्न भेद्य साधनहरू र आणविक क्षेप्यास्त्रहरूको परीक्षण सफलतापूर्वक सम्पन्न ग¥यौँ, सर्वश्रेष्ठ सैन्य हतियारहरू तीव्रतापूर्वक विकास ग¥यौँ र अहिले अन्तरमहाद्वीपीय क्षेप्यास्त्र परीक्षणको अन्तिम अवस्थामा पुगेका छौँ ।
हामीले प्रतिरक्षा क्षमता सुदृढीकरणमा एकपछि अर्को गर्दै अरू धेरै अद्भुत सफलताहरू हासिल ग¥यौँ । यसले देश र राष्ट्रको भाग्य रक्षा गर्ने र शक्तिशाली समाजवादी देश निर्माण गर्ने दिशामा अघि बढ्नका लागि एउटा शक्तिशाली सैन्य सुनिश्चितता प्रदान ग¥यो ।
हाम्रो वीर जनसेनाले शत्रुका आक्रमण र युद्धका निर्मम चालहरूलाई दृढतापूर्वक विफल तुल्याउँदै देश र क्रान्तिका उपलब्धिहरूलाई विश्वसनीय तरिकाले रक्षा ग¥यो, एउटा अजेय सेनाका रूपमा यसका राजनीतिक र वैचारिक पक्षहरू, सैन्य र प्राविधिक तयारीहरूलाई अन्तिम रूप दियो ।
राष्ट्रिय प्रतिरक्षाको क्षेत्रमा प्राप्त चामत्कारिक सफलताहरूले हाम्रा जनतामा एउटा महान् राष्ट्रिय मर्यादा र साहस भरेको छ, साम्राज्यवादीहरू र प्रतिक्रियावादी शक्तिहरूलाई लज्जास्पद हारतर्फ धेकेलेको छ र हाम्रो देशको रणनीतिक स्थानलाई उल्लेख्य तरिकाले उँचो बनाएको छ ।
गत वर्ष हामीले पार्टीको सातौँ महाधिवेशनलाई गौरवशाली बनाउन आयोजित ‘७० दिवसीय अभियान’ र ‘२०० दिवसीय अभियान’ (७० दिने र २०० दिने अभियानहरू) मा सफलता हासिल गरेका छौँ । यी अभियानहरू ‘गर या मर’ किसिमका सङ्घर्षहरू थिए, जसमा सबै जनताले हाम्रो देशलाई एक्लाउने र निःश्वास बनाउने शत्रुका दुष्ट चालबाजीहरूलाई चकनाचुर हुने गरी ध्वस्त गरिदिए र शक्तिशाली समाजवादी देश निर्माण र बृहत् सङ्घर्ष सिर्जित गर्ने सबै मोर्चाहरूमा नयाँ मोड ल्याए, जसले एउटा नयाँ ‘माल्लिमा युग’लाई जन्म दियो ।
पार्टीले तय गरेका ‘७० दिवसीय अभियान’ र ‘२०० दिवसीय अभियान’को महत्त्वाकाङ्क्षी लक्ष्यमा सफलता प्राप्त गर्न र राष्ट्रिय अर्थतन्त्रको विकासमा एउटा ताजा क्रमभङ्ग गर्न सकेकामा किम इल सुङ र किम जोङ इलको श्रमजीवी वर्ग र अरू सबै जनसमुदायको वीरतापूर्ण सङ्घर्षलाई साधुवाद छ ।
क्वाङम्योङसोङ–४ भू–उपग्रहको सफल प्रक्षेपण पश्चात् हाम्रा कुशल तथा प्रतिभावान् वैज्ञानिक र प्राविधिकहरू भू–स्थिर भू–उपग्रहको प्रक्षेपण वाहनका लागि एउटा नयाँ किसिमको उच्च प्रक्षेपण क्षमताको मोटरको स्थिर परीक्षण प्रक्षेपणमा सफल भएका छन् । यसबाट बाह्य अन्तरीक्षको अन्वेषणमा एउटा नयाँ फराकिलो मार्ग प्रशस्त भएको छ ।
यसको साथै तिनीहरूले हाम्रो आफ्नै शैलीका पूर्ण स्वचालित नमुना उत्पादन प्रणालीहरू स्थापित गरे, कृषि उत्पादनलाई वृद्धि गर्ने दृष्टिले उच्च उत्पादनयुक्त नश्ल/जातहरूको विकास गरे र एकपछि अर्को गर्दै अरू धेरै प्रशंसनीय वैज्ञानिक तथा प्राविधिक क्रमभङ्गता हासिल गरे । देशको अर्थतन्त्रको विकास गर्न र जनताको जीविकामा सुधार गर्नका लागि यी सबै अति महत्त्वपूर्ण हुनेछन् ।
विद्युत् ऊर्जा, कोइला–उत्खनन्, धातुजन्य, रासायनिक र निर्माण सामाग्री उद्योगहरू, रेल पारवहन र राष्ट्रिय अर्थतन्त्रका अन्य प्रमुख क्षेत्रहरूले आफ्ना सम्बन्धित उत्पादन र पारवहनका लक्ष्यहरू हासिल गरे, जसले हाम्रो स्वावलम्बी अर्थतन्त्रको क्षमता प्रदर्शन गरेको छ र समाजवादी आर्थिक महाशक्ति निर्माणलाई शक्तिशाली गति प्रदान गरेको छ । धेरै सङ्ख्यामा औद्योगिक संस्थानहरू र सहकारी फार्महरूले उत्कृष्ट वर्षको स्तरलाई समेत उछिन्दै गौरवयोग्य सफलताहरू दर्ता गराए ।
जनसेना ‘सुनौलो समुद्र’को इतिहासमा चमक थप्दै र महत्त्वपूर्ण निर्माण स्थलहरूमा गतिको इतिहास रच्दै अग्रदस्ता बनेर उभियो । शिक्षा, जनस्वास्थ्य र खेलकुद क्षेत्रले समेत प्रशंसनीय उपलब्धिहरू हासिल गरे । उत्तरी हाम्ग्योङ प्रदेशका केही क्षेत्रहरू आकस्मिक प्राकृतिक विपद्ले तहसनहस हुँदा पार्टीको अपिललाई हार्दिकतापूर्वक ग्रहण गर्दै सिङ्गो देश पुनस्र्थापना कार्यमा जुट्यो र छोटो समयमा नै चामत्कारिक सफलताहरू हासिल भए ।
‘७० दिवसीय अभियान’ र ‘२०० दिवसीय अभियान’का क्रममा हामीले एउटा शक्तिशाली समाजवादी देश निर्माणका लागि दीर्घकालीन एउटा नयाँ जोस सिर्जना ग¥यौँ । हाम्रा जनताको पार्टीमाथिको भरोसा र समाजवादप्रतिको विश्वास झन् दृढ भयो ।
गत वर्ष, सिङ्गो देश दिन–रात पूरै शक्तिका साथ सङ्घर्षमा रह्यो । सबै पार्टी सदस्यहरू र अरू श्रमिक जनता, युवाहरू र राष्ट्रसेवकहरूले साहसी अग्नि परीक्षा र कठिनाइहरूमा अदम्य आक्रामक भावना, कुनै पनि कठिनाइहरूमा पार्टीको आह्वानमा निष्ठा र व्यवहारको साथमा मृत्युसँग जुध्ने साहस, अग्रगामी छलाङ लगाउँदै अगाडि बढ्न एक–अर्कालाई मद्दत गर्ने र एक अर्कालाई नेतृत्व गर्ने सामूहिक पराक्रमको पुरा प्रदर्शन गरे ।
क्रान्ति र निर्माणका सबै क्षेत्रहरूमा गएको वर्ष हामीले अद्भुत सफलताहरू हासिल गरेका छौँ, जुन न त कुनै राम्रै स्थितिमा पनि कुनै पनि तरिकाले हासिल गर्न सम्भव हुन्छ, न त ती कुनै दैवी शक्तिका फलस्वरूप प्राप्त परिणाम हुन् । यी सबै चामत्कारिक सफलताहरू ल्याउने रहस्यमय शक्ति केवल सम्पूर्ण राष्ट्रसेवकहरू र जनताको एकमना एकता र तिनको आत्मविकासको महान् क्षमता हो ।
यद्यपि शत्रुले आफ्ना घातक षड्यन्त्रहरू झन् चर्को गरी बढाएको छ र गम्भीर कठिनाइहरू एकपछि अर्को गर्दै थपिएका छन् । तर, सम्पूर्ण राष्ट्रसेवकहरू र जनताले आफूलाई पार्टीको वरिपरि गोलबद्ध गरेका छन् र आत्मनिर्भरता तथा धैर्यको क्रान्तिकारी भावनासहित जोसिलो सङ्घर्ष सञ्चालन गरेका छन् । यसरी नै तिनीहरूले यस्तो कठोर परिस्थितिमा समेत विश्वलाई चकित तुल्याउने चामत्कारिक सफलताहरू हासिल गरेका छन् ।
एकमना एकता जुछे कोरियाको जीवनरक्त र छलाङयुक्त अग्रगमनको गतिशील शक्ति हो । हामीले अपरिवर्तनीय रूपले आत्मनिर्भरता र आत्मविकासको मार्ग अनुशरण गर्नुपर्छ । यो सन् २०१६ मा हाम्रो सेना र जनताको बृहद् सङ्घर्षले पुष्टि गरेको जुछे क्रान्तिको अमूल्य सत्य हो ।
म ती सबै राष्ट्रसेवकहरू र जनतालाई पुनः एक पटक हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु, जसले क्रान्तिको अन्तिम विजयमाथि अडिग विश्वाससहित शक्तिशाली समाजवादी देश निर्माणका लागि आफ्नो देशभक्तिपूर्ण वफादारिता, पसिना र रगत अर्पित गर्दै प्रशंसनीय पराक्रमसँगै गएको वर्षलाई पर्वमय र कर्मठ तरिकाले सिँगारे ।
कमरेडहरू,
हामीले पुनः नयाँ वर्षमा एउटा अझ महान् विजयतर्फ लम्किनु पर्छ । पहिल्यै हासिल गरेका सफलताहरूलाई स्थापित गर्नु र क्रान्तिको उमङ्गलाई एउटा स्वर्ण युगमा रूपान्तरण गर्नु महान् नेताहरूको रेखदेखमा प्रशिक्षित हाम्रा सम्पूर्ण राष्ट्रसेवकहरू र जनसमुदायको वैचारिक र भावनात्मक विशेषता र कार्यशैली हो ।
यो महत्त्वपूर्ण वर्षमा, गएको वर्ष अतुलनीय स्तरमा उचाइ प्राप्त गरेको क्रान्तिकारी भावनालाई थप प्रोत्साहित गर्दै, हामीले पार्टीको सातौँ महाधिवेशनद्वारा पारित निर्णयहरूको कार्यान्वयनमा उल्लेख्य प्रगति गर्नुपर्छ र त्यसरी जनताका आदर्श तथा सपनाहरूलाई यस धर्तीको अद्भुत यथार्थमा रूपान्तरण गर्नुपर्छ ।
हामीले राष्ट्रिय आर्थिक विकासको पञ्चवर्षीय रणनीतिलाई कार्यान्वयन गर्न हाम्रो सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्छ । यो वर्ष सो रणनीतिलाई कार्यान्वयन गर्नका लागि अति नै महत्त्वपूर्ण छ । गत वर्ष हासिल गरेका सफलताहरूलाई अगाडि बढाउँदै, रणनीतिको कार्यान्वयनका सही पक्षहरू खोल्न र देशको अर्थतन्त्रलाई माथिल्लो स्तरमा विकास गर्नका लागि हामीले विफल नभई यो वर्षका सङ्घर्षका लक्ष्यहरू हासिल गर्नुपर्छ ।
“आत्मनिर्भरता र आत्मविकासको महान् भावनाको गतिशील शक्तिसँगै समाजवादको विजयी अग्रगमनलाई तीव्र गतिमा अगाडि बढाऔँ !” यो जुझारु नारामुनि हामीले यस नयाँ वर्षमा अघि बढ्नु पर्नेछ । हामीले आत्मर्निभरता र आत्मविकासको बलमा पञ्चवर्षीय रणनीतिका लक्ष्यहरूलाई प्राप्त गर्न सबै जनताको एउटा जोसिलो महाअभियान सञ्चालन गर्नुपर्छ ।
आत्मनिर्भरता र आत्मविकासको शक्ति भनेको विज्ञान र प्रविधिको शक्ति हो । पञ्चवर्षीय रणनीतिलाई कार्यान्वयन गर्ने छोटो र सजिलो बाटो भनेको विज्ञान र प्रविधिलाई महत्त्व र प्राथमिकता दिनु हो ।
विज्ञान र प्रविधिको क्षेत्रले कारखानाहरू र उद्यमहरूको आधुनिकीकरणका क्रममा उत्पन्न हुने वैज्ञानिक तथा प्राविधिक समस्याहरूलाई समाधान गर्ने र कच्चा पदार्थहरू, इन्धन र उपकरणहरूको स्वदेशी उत्पादनलाई सुनिश्चित गर्ने कार्यमा मुख्य ध्यान दिँदै तिनीहरूको उत्पादनलाई नियमित बनाउनका लागि पुरै शक्ति केन्द्रीकृत गर्नुपर्छ ।
उत्पादन एकाइहरू र वैज्ञानिक अनुसन्धान प्रतिष्ठानहरूले आफ्नो परस्पर सहकार्यलाई घनीभूत बनाउनु पर्छ र उद्यमहरूले आफ्ना प्राविधिक विकासका शक्तिहरूलाई आफैले निर्माण गर्नुपर्छ र उत्पादनको विस्तार तथा व्यवसाय सञ्चालन एवम् व्यवस्थापनको सुधारमा सहयोग गर्ने मूल्यवान् वैज्ञानिक–प्राविधिक (साइ–टेक) उपलब्धिसहित आर्थिक विकासको गतिलाई तीव्रता प्रदान गर्दै जनआधारित (बृहत् खालका) प्राविधिक अन्वेषणका अभियानहरू तदारुकताका साथ सञ्चालन गर्नुपर्छ ।
विद्युत् ऊर्जा, धातुजन्य र रासायनिक उद्योगहरूले आर्थिक रणनीतिका लक्ष्यहरू हासिल गर्ने कार्यको नेतृत्व गर्नुपर्छ । विद्युत ऊर्जा उद्योगले उपकरणहरू र (भौतिक) संरचनाहरूको उत्पादनमा राम्ररी नियमितता कायम गर्ने कुरा सुनिश्चित गर्न एवम् यसको प्राविधिक क्षमता अभिवृद्धि गर्न आफ्नो विफल नहुने खालको उत्पादन योजना बनाउनु पर्छ ।
यसले प्रभावकारी रूपमा राष्ट्रव्यापी एकीकृत ऊर्जा नियन्त्रण प्रणाली सञ्चालन गर्नुपर्छ र ऊर्जा उत्पादन तथा खपतका बिचमा सन्तुलन सुनिश्चित गर्नका लागि वैकल्पिक उत्पादनलाई मिहिन तरिकाले अगाडि बढाउनु पर्छ । यसले बृहत् रूपमा नयाँ उत्पादन क्षमता सिर्जना गर्नका लागि ऊर्जाका विभिन्न स्रोतहरूको विकास समेत गर्नुपर्छ ।
धातुजन्य उद्योगले फलामको उत्पादन लागत घटाउन र फलाम र स्पातको ठुलो परिमाणमा उत्पादन गरी जुछे आधारित उत्पादन प्रणालीको नियमित सञ्चालनलाई सुनिश्चित गर्नका लागि विकसित प्रविधिहरूलाई प्रयोगमा ल्याउनु पर्छ । राज्यले किम चाएक र ह्वाङ्घाए फलाम तथा स्पात कम्प्लेक्सहरू र अन्य धातुजन्य कारखानाहरूलाई कच्चा पदार्थ, इन्धन र ऊर्जाको आपूर्ति गराउनका लागि सबै कठोर उपायहरू अपनाउनु पर्छ ।
रासायनिक उद्योगले अर्थतन्त्रको स्वाधीनतालाई सुदृढ गर्न र जनताको जीवन स्तरलाई सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अन्य उद्योगहरूका लागि आधारको काम गर्छ । यस क्षेत्रले फेब्रुअरी ८ विनालोन कम्प्लेक्सको उत्पादनलाई पुनः सक्रिय गर्नुपर्छ, अन्य प्रमुख रासायनिक कारखानाहरूको क्षमता विस्तार गर्नुपर्छ र तिनको प्राविधिक प्रक्रियालाई हाम्रो आफ्नै तरिकामा रूपान्तरण गर्नुपर्छ, ताकि विभिन्न रासायनिक सामानहरूको उत्पादन बढोस् । यसले हरेक तहमा तत्कालै र सन्तोषजनक रूपमा कार्य सञ्चालन गर्नका लागि सी १ रासायनिक उद्योगहरूलाई स्थापित गर्ने कार्यलाई प्रत्यक्ष निर्देशित गर्नुपर्छ ।
कोइला उत्खनन् उद्योग र रेल यातायात क्षेत्रले ऊर्जा केन्द्रहरू, धातुजन्य र रासायनिक उद्योगहरूको कोइलाको माग र आपूर्तिलाई उच्च प्राथमिकताका आधारमा पुरा गर्नुपर्छ ।
यन्त्र निर्माण गर्ने उद्योगहरूलाई द्रुत गतिमा विकसित गरिनु पर्छ । यन्त्र कारखानाहरूलाई थप आधुनिकीकरण गर्नुपर्छ, नयाँ किसिमका ट्य्राक्टरहरू, वाहनहरू तथा बहुउद्देश्यीय यन्त्रहरूको शृङ्खलाबद्ध उत्पादनका प्रक्रियाहरूमा दक्षता हासिल गर्नुपर्छ र विभिन्न प्रकारका उच्च कार्यक्षमतायुक्त एवम् गुणस्तरीय यन्त्रहरू तथा उपकरणहरूको उत्पादन र आपूर्ति गर्नुपर्छ ।
यो वर्ष जनताको जीवनस्तर सुधारमा थप प्रगति हासिल गर्नका लागि लघु उद्योगहरू, कृषि तथा मत्स्य उद्योगहरू द्रुत गतिमा विकसित गरिनु पर्छ ।
लघु उद्योगहरूले स्वदेशमै उपलब्ध कच्चा पदार्थ र अन्य सामग्रीहरूको उपयोगलाई आफ्नो मुख्य आधार मान्दै ठोस व्यवस्थापन रणनीतिहरू बनाउनु पर्छ, ताकि उपभोग्य सामग्रीहरूको उत्पादन, तिनको विविधीकरण र गुणस्तर सुधारमा एउटा नयाँ परिवर्तन ल्याउँदै उत्पादनलाई पुनर्जीवित गर्न सकियोस् । यसले तानचोन क्षेत्रमा रहेका खानी र उद्यमहरूको उत्पादनलाई नियमित गर्नुपर्छ, ताकि ती जनताको जीवनस्तर सुधारमा प्रभावकारी सिद्ध हुन सकून् ।
कृषिको क्षेत्र –आर्थिक महाशक्ति निर्माणको मुख्य मोर्चा– ले वैज्ञानिक कृषिको शक्तिशाली आँधी ल्याउनुपर्छ र बाली उत्पादन वृद्धिको अग्रगामी आन्दोलन सञ्चालन गर्नुपर्छ । यसले व्यावहारिक रूपमा लाभकारी सिद्ध भइसकेका उच्च जातका बिउहरू र वैज्ञानिक कृषि प्रविधिहरूको व्यापक उपयोग गर्न सुरु गर्नुपर्छ ।
दुई बाली खेती गर्ने क्षेत्रको विस्तार गर्नुपर्छ र उच्च कार्यक्षमतायुक्त कृषि यन्त्रहरूको आविष्कार र प्रयोगमा तदारुक हुनुपर्छ । त्यसो गरेर खाद्यान्न उत्पादनको लक्ष्य हासिल गर्न सकिन्छ । यसले सेफो क्षेत्रमा रहेका पशु फार्म केन्द्रलाई नियमित रूपमा सञ्चालन गर्न, फलफुल, च्याउ र तरकारीहरूको उत्पादन वृद्धि गर्नका लागि सबै उपायहरू अपनाउनु पर्छ, ताकि जनताले तिनबाट लाभ लिन सकून् ।
मत्स्य क्षेत्रले माछाहरू समात्नमा गतिशील अभियानहरू सञ्चालन गर्नुपर्छ र जल कृषिलाई लगनपूर्वक अगाडि बढाउनु पर्छ । यसले ठुलो सङ्ख्यामा आधुनिक मत्स्य (माछा मार्ने) वाहनहरू निर्माण गर्नुपर्छ र मत्स्य उद्योगका भौतिक र प्राविधिक आधारहरू सुदृढ गर्नका लागि पूर्वी तट क्षेत्रमा एउटा बृहत् मत्स्य (माछा मार्ने) उपकरणहरू उत्पादन केन्द्र स्थापना गर्नुपर्छ ।
निर्माण क्षेत्रले ¥योम्योङ सडकको निर्माणलाई सर्वोच्च स्तरमा सम्पन्न गर्नुपर्छ र यसको सबै शक्तिलाई तानचोन ऊर्जा केन्द्रको निर्माण, किम जोङ थाए विद्युतीय पारवहन कम्प्लेक्सको आधुनिकीकरण र वोनसान क्षेत्रको विकास लगायतका प्रमुख निर्माण परियोजनाहरूमा केन्द्रीकृत गर्नुपर्छ । यसले सर्वश्रेष्ठ तरिकाले अरू धेरै शैक्षिक तथा सांस्कृतिक सुविधाहरू र भवनहरू निर्माण गर्नुपर्छ ।
स्वाधीनता र आत्मनिर्भरताको नारामुनि रहेर राष्ट्रिय अर्थतन्त्रका हरेक क्षेत्र र हरेक एकाइले उत्पादन वृद्धिका लागि एउटा गतिशील सङ्घर्ष सञ्चालन गर्नुपर्छ, अर्थतन्त्रमा अधिकतम् व्यावहारिक प्रयोग गर्नुपर्छ र यस वर्षको योजनालाई सबै सूचकाङ्कहरूमा कार्यान्वयन गर्नुपर्छ ।
सिङ्गो देश भूमि प्रशासनतिर फर्कनु पर्छ । हामीले पूर्वयोजनाका आधारमा प्रान्तहरूमा रुख–बिरुवाका आधुनिक नर्सरी निर्माण गरेर, जङ्गल पुनस्र्थापनाका अभियानहरूलाई मिहिनेतपूर्वक सञ्चालन गरेर, नदी व्यवस्थापन, सडक मर्मत–सम्भार र वातावरण संरक्षणका कार्यक्रमहरू सञ्चालन गरेर हाम्रो देशको भूमिको मुहार फेर्नु पर्छ ।
राष्ट्रिय अर्थिक विकासको पञ्चवर्षीय योजना कार्यान्वयनमा एउटा नयाँ मोड ल्याउनका लागि आर्थिक मार्गदर्शन र वाणिज्य व्यवस्थापनलाई स्पष्ट उद्देश्यसहित र नयाँ अन्वेषणात्मक तरिकाले कार्यान्वयन गर्नु अत्यावश्यक छ । मन्त्रिपरिषद् र अन्य आर्थिक मार्गदर्शक निकायहरूले समग्र राष्ट्रिय अर्थतन्त्रको विकासलाई सही गतिमा राख्दै दिगो आर्थिक विकास सुनिश्चित गर्ने कार्यनीतिहरू तयार गर्नुपर्छ र तिनलाई नहिच्किचाइकन अनवरत रूपमा लागू गर्नुपर्छ ।
शिक्षा, जनस्वास्थ्य, खेलकुद, साहित्य र कलासहित संस्कृतिका सबै मोर्चाहरूले एउटा सभ्य शक्ति निर्माणमा गति दिनका लागि एउटा नयाँ क्रान्तिकारी उभार ल्याउनु पर्छ । विज्ञान र शिक्षाका लागि सुविधाहरू र वातावरणमा सुधार गर्नका लागि सिङ्गो देश र सिङ्गो समाजले यो वर्ष एउटा गतिशील अभियान –विज्ञान र शिक्षाको वर्ष– सञ्चालन गर्नुपर्छ ।
समाजवादको राजनीतिक र सैन्य स्थानलाई अझ प्रगाढ ढङ्गले जोड्नु पर्छ ताकि यो एउटा अभेद्य किल्ला बनोस् ।
एकमना एकता महान कमरेडहरू किम इल सुङ र किम जोङ इलले हामीलाई छाडेर जानुभएको बहुमूल्य क्रान्तिकारी विरासत हो, जसमा हाम्रो शैलीको समाजवादको अजेय पराक्रम रहेको छ । सबै राष्ट्रसेवकहरू र जनताले पार्टीसँग नाता जोड्नु पर्छ, यससँगै तिनको हृदय धड्किनु पर्छ, विचार, उद्देश्य र नैतिक दायित्वलाई निकटतापूर्वक अनुशरण गर्दै एकताबद्ध हुनुपर्छ, ताकि देशको समृद्धि हासिल गर्न निष्ठापूर्वक सङ्र्ष गर्न सकियोस् ।
हामीले पार्टी काम, राज्य र सामाजिक जीवनका सबै क्षेत्रमा जनता–प्रथम–नीति (पिपुल फस्र्ट डक्ट्रिन) –जनता सम्बन्धी जुछेमुखी धारणाको संश्लेषण, जनताको दर्शन– लाई पूर्ण रूपमा लागु गर्नुपर्छ र एकमना एकताको पुष्प बगैँचालाई बिगार्ने अख्तियार (शक्ति)को दुरुपयोग, नोकरशाहीतन्त्र र भ्रष्टाचारलाई जरैदेखि उखेलेर फ्याँक्नका लागि एउटा भीषण सङ्घर्ष सञ्चालन गर्नुपर्छ ।
हामीले पार्टीलाई एकमनले अनुशरण गर्ने हाम्रा जनताको न्यानो र शुद्ध हृदयसहितको उत्साहलाई अनुभूत गर्नका लागि शत्रुका भयावह र घातक षड्यन्त्रहरूलाई दृढतापूर्वक विफल तुल्याउनु पर्छ र तिनीहरूबाट पार्टीलाई टाढा राख्नुपर्छ ।
यो वर्ष कोरियाली जनसेना स्थापनाको ८५ औँ वर्षगाँठमा, हामीले सैन्य क्षमता अभिवृद्धिको प्रचण्ड ज्वाला दन्काउनु पर्छ । जनसेनाले पार्टीका राजनीतिक कामहरू तदारुकतापूर्वक सञ्चालन गर्नुपर्छ, ताकि यो पार्टीको विचार र लक्ष्यबाट मात्रै निर्देशित भएको कुरा सुनिश्चित होस् ।
उसले यस वर्षलाई प्रशिक्षणको एउटा अर्को वर्ष, युद्धको पूर्ण तयारीको एउटा अर्को वर्ष घोषित गर्नुपर्छ र विभिन्न हतियार, सेवाहरू र सैनिकहरूका सबै एकाइहरूले एकै धक्कामा कुनै पनि हस्तक्षेपकारी शक्तिहरूको नामोनिसान मेटाइदिन सक्ने ‘एक बराबर एक सय लडाकु’ र ‘पाएक्तु पर्वतका बाघहरू’का रूपमा आफ्ना अधिकृतहरू र मानिसहरूलाई आफ्नो युद्ध तयारीको पूर्णता सुनिश्चित गर्नका लागि तालिमको तातो वायु बहाउनु (तीव्रता दिनु) पर्छ ।
कोरियाली जनताको आन्तरिक सुरक्षा बलका अधिकृतहरू तथा जवानहरू र श्रमिक–किसान लालरक्षक दल तथा युवा लालरक्षकका सदस्यहरूले राजनीतिक र सैन्य रूपले आफूलाई तयार गर्नुपर्छ र समाजवादी व्यवस्था तथा जन–धनको दृढतापूर्वक रक्षा गर्न युद्धका लागि पूर्ण तयारी अवस्थामा रहनु पर्छ ।
रक्षा उद्योगका पदाधिकारीहरू, वैज्ञानिकहरू र श्रमिकहरूले आफ्नो हृदयमा जापान विरोधी सङ्घर्षका दिनहरूको “योङ्गिल बमको भावना (योङ्गिल बम स्प्रिट)” र पितृभूमि मुक्ति युद्धका दिनहरूको श्रमिकहरूको “कुन्जा–री क्रान्तिकारी भावना” सल्काउँदै अझ धेरै ठुलो परिमाणमा हाम्रो आफ्नै प्रकारका शक्तिशाली सैन्य सामग्रीहरू विकास र उत्पादन (निर्माण) गर्नुपर्छ । त्यसरी तिनीहरूले सन्गुन क्रान्तिको शस्त्र–भण्डार निर्माण गर्न सक्छन् ।
पार्टीको सातौँ महाधिवेशनले गरेका निर्णयहरूको कार्यान्वयनमा लक्षित यस वर्षको सङ्घर्षको सफलता वा विफलता पार्टी र श्रमिक जनताका (जनवर्गीय) सङ्गठनहरूको भूमिकामा निर्भर रहन्छ ।
पार्टी सङ्गठनहरूले पार्टीका नीति र आफ्ना क्षेत्र एव्म एकाइहरूका लागि तय गरिएका प्रमुख क्रान्तिकारी कार्यभारहरू कार्यान्वयन गर्नका लागि आफ्नो काम केन्द्रित गर्नुपर्छ । तिनले पार्टीले महत्त्व दिनुपर्ने समस्याहरू र उत्पादनमा एउटा गुणात्मक वृद्धि ल्याउनका लागि आवश्यक सम्पूर्ण शृङ्खलाका मुख्य कडीहरूलाई सही ढङ्गले पहिचान गर्नुपर्छ र आफ्नो सम्पूर्ण शक्ति लगाएर समाधान गर्नुपर्छ ।
तिनीहरूले पार्टी कामको कार्यशाला (कार्यक्षेत्र) लाई उत्पादन केन्द्रहरूमा स्थानान्तरण गर्नुपर्छ र त्यहाँ आक्रामक रूपमा क्रान्तिकारी वैचारिक सङ्घर्ष सञ्चालन गर्नुपर्छ । त्यसरी तिनीहरूले पार्टीका विचार र नीतिहरूलाई कार्यान्यन गर्नका लागि आम जनपरिचालनका सङ्घर्षमा जनसमुदायलाई जागरुक बनाउन सक्छन् ।
सबै प्रारम्भिक पार्टी सङ्गठनहरूले कोरियाली श्रमिक पार्टीका प्राम्भिक कमिटीका अध्यक्षहरूको प्रथम सम्मेलनको मुख्य भावनालाई लागु गर्दै ‘निरन्तर अन्वेषण’ र ‘निरन्तर प्रगति’को भावनालाई यो वर्षको सम्पूर्ण जनताको आमसङ्घर्षमा पूर्ण रूपमा प्रदर्शित गर्नुपर्छ ।
सबै युवा लिगहरू, ट्रेड युनियन, कृषि श्रमिक जनताको सङ्गठन र महिला सङ्घका सङ्गठनहरूले आफ्ना सदस्यहरूलाई लामबद्ध गर्नुपर्छ र उनीहरूलाई अग्रगामी महान् छलाङका लागि परिचालन गर्नुपर्छ र यो सुनिश्चित गर्नुपर्छ कि तिनीहरू ‘माल्लिमा गति’का अन्वेषक र सृष्टिकर्ताहरू बनून् ।
उथलपुथलपूर्ण वर्तमान युगले हाम्रा पदाधिकारीहरू र नमुनाधारकहरूलाई पार्टी नीति लागु गर्न र आफ्ना कार्यशैली तथा मनोवृत्ति (व्यवहार)मा क्रान्तिकारी तवरले सुधार गर्नुपर्ने माग गर्दछ ।
हाम्रा जनताको श्रमप्रतिको उत्साह यतिबेला धेरै उच्च छ, जुन उत्साहलाई साहसी र वैज्ञानिक कार्य सञ्चालन, प्रभावकारी कमान र हाम्रा पदाधिकारीका निजी उदाहरणहरूले सहयोग गरिरहेका छन्, कुनै यस्तो किल्ला छैन जसमाथि हामी विजय हासिल गर्न सक्दैनौँ र कुनै यस्तो समस्या छैन जसलाई हामी समाधान गर्न सक्दैनौँ ।
आफ्नो अगाडि पार्टी र क्रान्तिले सुम्पिएका महान् लक्ष्यहरूबारे राम्ररी सचेत रहेका सम्पूर्ण पदाधिकारीहरूले सबै पङ्क्तिहरूमा अग्रदस्ताका रूपमा जनताको नेतृत्व गर्ने परिचालक बन्नुपर्छ ।
तिनीहरूले आफ्ना कामहरूलाई अन्वेषणात्मक अन्तरदृष्टि सहित बृहत् तरिकाले तय गर्नुपर्छ, सधैँ के गर्ने भन्ने सोच्नुपर्छ, एउटा ठोस र जुझारु तरिकाले काम गर्नुपर्छ । तिनीहरूले पराजयवाद, आत्मरक्षावाद, औपचारिकतावाद र निजी स्वार्थलाई दृढतापूर्वक ध्वस्त गर्नुपर्छ र आफ्नो हृदय तथा आत्मालाई पार्टीका योजना तथा उद्देश्यहरू कार्यान्वयन गर्ने सङ्घर्षमा समर्पित गर्नुपर्छ ।
गएको वर्ष पुनर्एकीकरणको राष्ट्रिय चाहना र समयको आवश्यकतालाई प्रतिबिम्बित गर्दै हामीले कोरियाली श्रमिक पार्टीको सातौँ महाधिवेशनबाट पुनर्एकीकरणको जुछेमुखी विचार र नीति अघि सा¥यौँ र त्यस दिशामा यथासम्भव कोसिस पनि ग¥यौँ ।
परन्तु दक्षिण कोरियाका शासकहरू हाम्रो दशभक्तिपूर्ण अपिलप्रति वैरा (कान नसुन्ने) बने र हाम्रो इमानदार प्रस्तावलाई बेवास्ता गरे । बरु त्यसको सट्टा तिनीहरू प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका विरुद्ध आफ्ना नाकाबन्दी र दबाबका षड्यन्त्रहरूमा झुन्डिइरहे र यसका विरुद्ध युद्धको कोलाहल मच्चाउने कार्यमा लागिपरे, जसले अन्तर–कोरियाली सम्बन्धलाई अत्यन्तै जोखिमयुक्त अवस्थातिर धकेल्यो ।
दक्षिण कोरियाले गत वर्ष धेरै दूरगामी र फराकिलो तरिकाले प्रतिक्रियावादी शासन संयन्त्रको जग नै हल्लाउने खालको सरकार विरोधी सङ्घर्षको सामना गर्नु प¥यो । तिनीहरूको सङ्घर्षको इतिहासमा कहिल्यै नमेटिने छाप छोड्ने गरी सबै दक्षिण कोरियाली जनताको सहभागिता भएको यो प्रतिरोध एउटा भित्रभित्रै गुम्सिएको जनआक्रोशको विस्फोटन र फासीवादी तानाशाहीतन्त्र, अलोकप्रिय नीतिहरू, दलाली तथा राष्ट्रघाती कार्यहरू र आफ्ना देशवासीसँगको भिडन्तमा टिकेको पुरातनपन्थी (दक्षिणपन्थी) शासन विरुद्धको क्रोध हो ।
यो वर्ष हामी ऐतिहासिक ‘जुलाई ४ संयुक्त वक्तव्य’को ४५औँ वर्षगाँठ र ‘अक्टोबर ४ घोषणा’को १०औँ वर्षगाँठ मनाउँदै छौँ । यो वर्ष हामी सिङ्गो राष्ट्रका ठोस प्रयत्नहरूका माध्यमले स्वतन्त्र पुनर्एकीकरणका लागि फराकिलो ढङ्गले मार्ग प्रशस्त गर्नेछौँ ।
अन्तर–कोरियाली सम्बन्ध सुधारमा सकरात्मक कदमहरू चालिनु पर्छ, तिक्ततापूर्ण सैन्य द्वन्द्वलाई रोक्नु पर्छ र उत्तर तथा दक्षिण कोरियाको बिचमा युद्धको खतरालाई हटाउनु पर्छ ।
अन्तर–कोरियाली सम्बन्ध सुधार शान्ति र पुनर्एकीकरणका लागि एउटा प्रारम्भ बिन्दु हो र यो सिङ्गो राष्ट्रको जल्दोबल्दो माग हो । यदि कुनै पनि राजनीतिज्ञ दुई पक्ष बिचको वर्तमान गत्यावरोधको मूकदर्शक बन्छ भने उसले न त आफ्नो राष्ट्रप्रतिको दायित्व र भूमिका पूर्ण रूपमा निर्वाह गरेको दाबी गर्न सक्छ, न त जनसमर्थन नै प्राप्त गर्दछ ।
अर्को पक्षको विरोधमा लक्षित कुनै पनि प्रकारका गालीगलौजहरू तथा लाञ्छनाहरू एवम् युद्ध भड्काउने कार्यहरू कुनै पनि परिस्थितिमा मान्य हुन सक्दैनन् र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको विरुद्ध यसको शासन व्यवस्था ढलाउन र अरू कुनै अन्य ‘परिवर्तन’ गर्नका लागि तयार (डिजाइन) गरी सञ्चालित दुष्टतापूर्ण अभियानहरू र अन्य कार्यहरू तत्काल रोकिनु पर्छ ।
हाम्रा बन्धु देशवासीहरूसँग लडाइँ नगरीकन हाम्रा देशवासीहरूको सुरक्षा र देशको शान्ति व्यवस्थाको रक्षार्थ डटिरहने हाम्रो अडानमा हामी कटिबद्ध छौँ । दक्षिण कोरियाली शासकहरूले हाम्रो आत्मरक्षा गर्ने अधिकारको उपयोगलाई कुनै सोचविचार विना नै गलत ठहराउँदै परिस्थितिलाई झन् नकरात्मक बनाउने प्रयत्न गर्नु हुँदैन, बरु उत्तर र दक्षिणको बिचमा सैन्य युद्धलाई रोक्न र तनावलाई कम गर्नका लागि भइरहेका हाम्रा इमानदार प्रयत्नहरूमा सकारात्मक प्रतिक्रिया दिनुपर्छ ।
तिनीहरूले हतियार निर्माण र युद्धका खेलहरूलाई निरन्तरता दिनु हुँदैन । सिङ्गो राष्ट्रले पुनर्एकीकरणको आन्दोलनलाई राष्ट्रव्यापी रूपमा उत्सवमय बनाउन आफ्नो इच्छाशक्ति र सामथ्र्यलाई एकतृत गर्नुपर्छ ।
उत्तरमा, दक्षिणमा र विदेशमा रहेका सम्पूर्ण कोरियाली जनसमुदायले सबै कुराहरूलाई राष्ट्रको साझा उद्देश्यका रूपमा रहेको राष्ट्रिय पुनर्एकीकरणको मातहतमा राख्ने नीति अन्तर्गत ऐक्यबद्धता हासिल गर्नुपर्छ, ठोस प्रयत्नहरू गर्नुपर्छ र एकताबद्ध हुनुपर्छ । र, पुनर्एकीकरणको आन्दोलनलाई राष्ट्रव्यापी स्तरमा पुनः गति दिनुपर्छ ।
तिनीहरूले विचारधाराहरू र शासन व्यवस्था, क्षेत्रहरू र आदर्शहरू, वर्गहरू र सामाजिक तप्काहरूमा पृथकता हुनुका बाबजुद पनि प्रत्यक्ष सम्पर्कलाई प्रबद्र्धन र एक–अर्कासँग परस्पर आदानप्रदान गर्नुपर्छ र उत्तर तथा दक्षिणका पदाधिकारीहरू
प्रशासकहरू तथा स्वदेश र विदेशमा रहेका विभिन्न तह–तप्काका नागरिकहरू सहित सबै राजनीतिक पार्टी र सङ्गठनहरूको सहभागितामा अखिल–राष्ट्रिय (प्यान–नेसनल) बृहत् बैठक आयोजना गर्नुपर्छ । हामी राष्ट्रको आधारभूत हितलाई प्राथमिकतामा राख्ने र अन्तर–कोरियाली सम्बन्ध सुधारको चाहना राख्ने जो कोहीसँग पनि हातेमालो गर्न तत्पर छौँ ।
राष्ट्रको पुनर्एकीकरणको भावनाविरुद्ध जाने स्वदेश तथा विदेशमा रहेका पुनर्एकीकरण–विरोधी शक्तिहरूका चुनौतीलाई विफल पार्नु आवश्यक छ ।
हामीले दक्षिण कोरिया कब्जा गरेर बसेका र एसिया–प्रशान्त क्षेत्रमा प्रभुत्व हासिल गर्ने रणनीतिलाई यथार्थमा परिणत गर्न प्रयत्नरत संयुक्त राज्य अमेरिका लगायतका विदेशी शक्तिहरूका आक्रमण र हस्तक्षेपका चालबाजीहरूलाई रोक्नुपर्छ र राष्ट्रको वास्तविक शत्रु प्रस्ट देख्न नसकी बन्धु–देशवासीहरूसँग युद्ध निम्ताउने प्रयास गर्ने पार्क गेउन ह्ये जस्ता पुनर्एकीकरण–विरोधी शक्तिहरूका राष्ट्रघाती तथा दलाल चालबाजीहरूलाई चकनाचुर पार्न एउटा गतिशील अखिल–राष्ट्रिय सङ्घर्ष सञ्चालन गर्नुपर्छ । ।
कोरियाली राष्ट्रको आफ्नो देशको पुनर्एकताको चाहनालाई राम्ररी बुझेको संयुक्त राज्य अमेरिकाले दक्षिण कोरियाली पुनर्एकता–विरोधी शक्तिहरूलाई बन्धु–देशवासीहरूसँग भिडन्त र युद्धतर्फ भड्काएर राष्ट्रिय विग्रहका लागि निर्देशित गर्ने षड्यन्त्रमा अब झुन्डिइरहनु हुँदैन ।
उसले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका विरुद्ध आफ्ना दोषपूर्ण हस्तक्षेपकारी नीतिहरू परिवर्तन गर्ने साहसी निर्णय गर्न सक्नुपर्छ । स्वतन्त्रता र न्यायका पक्षधर अन्तर्राष्ट्रिय समुदायले संयुक्त राज्य अमेरिका र यसका पिछलग्गु शक्तिहरूको कोरियाली प्रायद्वीपको शान्ति खल्बलाउने एवम् यसको पुनर्एकीकरण रोक्ने चालबाजीहरूको विरोध गर्नुपर्छ र हाम्रा छिमेकी देशहरूले हाम्रो राष्ट्रको पुनर्एकताका लागि हाम्रा भावना र प्रयत्नहरूको समर्थन गर्नुपर्छ ।
उत्तर, दक्षिण र विदेशमा रहेका बन्धु–देशवासीहरूले यस वर्षलाई राष्ट्रको ठोस प्रयत्नद्वारा स्वतन्त्र पुनर्एकीकरणको दिशामा राष्ट्रव्यापी महायात्रा अगाडि बढाउँदै स्वतन्त्र पुनर्एकीकरणमा नयाँ चरणको महत्त्वपूर्ण वर्ष बनाउनका लागि प्रयत्न गर्नुपर्छ ।
गएको वर्ष हाम्रो देश–विरुद्ध साम्राज्यवादी प्रतिक्रियावादी शक्तिहरूका राजनीतिक तथा सैन्य दबाव र नाकाबन्दीहरू एउटा पराकाष्ठामा पुगे । तर तिनीहरूले हाम्रा राष्ट्रसेवकहरू र जनताको विजयमाथिको आस्थालाई तोड्न विफल भए र जुछे कोरियाको जोसिलो क्रान्तिकारी अग्रगमनलाई रोक्न सकेनन् ।
जबसम्म संयुक्त राज्य अमेरिका तथा उसका पिछलग्गु शक्तिहरूले आणविक त्रास फैलाउन, धम्की दिन र हाम्रो दैलोअगाडि वार्षिक कार्यक्रमको आवरणमा प्रदर्शन गर्ने युद्धका खेलहरू रोक्ने छैनन्, हामीले हाम्रो आत्मसुरक्षा क्षमता, जसको मुख्य आधार आणविक शक्ति हो र अग्रिम–आक्रमण गर्ने क्षमताको निर्माणलाई निरन्तरता दिइरहने छौँ ।
हामीले हाम्रो देशको शान्ति–सुरक्षालाई जुनसुकै मूल्य चुकाएर पनि र हाम्रो आफ्नै बलमा प्रतिरक्षा गर्नेछौँ र विश्व शान्ति तथा स्थिरताको रक्षा गर्नका लागि सकारात्मक योगदान गर्नेछौँ ।
हाम्रो गणतन्त्रका हाम्रो पार्टी र सरकार स्वतन्त्रता, शान्ति र मित्रताको हाम्रो विदेश नीतिका आदर्शहरूप्रति प्रतिबद्ध रहने छन्, स्वतन्त्रताका समर्थक सबै देशहरूसँग असल छिमेक, मित्रता र परस्पर सहयोगका सम्बन्धहरूको विस्तार र विकास गर्नेछन् र वास्तविक अन्तर्राष्ट्रिय न्याय सुनिश्चित गर्नका लागि तिनीहरूसँग परस्पर सहकार्य गर्नेछन् ।
कमरेडहरू,
जब म यहाँ अर्को वर्षको सुरुवातलाई घोषित गर्न उभिइरहेको छु, मैले हाम्रा जनता – विश्वका सबैभन्दा असल जनता जसले ममाथि एकचित्त भएर दृढतापूर्वक विश्वास गर्दै मलाई आफ्नो न्यानो साथ दिइरहेका छन् – लाई अझ धेरै सम्मानसहित गोलबद्ध गर्नका लागि मैले के गर्नुपर्ला भन्ने चिन्ता महसुस गरिरहेको छु ।
मेरा चाहनाहरू सधैँ जलिरेहका (तीव्र भइरहेका) छन्, तर मैले गएको वर्ष मेरो असक्षमताका लागि चिन्तित र ग्लानियुक्त भएर बिताएको छु । मैले यो वर्ष जनताका लागि धेरै कार्यहरू गर्न र तिनलाई पुनः दोब्बर गर्नका लागि मेरा सङ्कल्पहरूलाई कठोर बनाउँदै छु र यो क्षणसम्म समर्पित भएको छु ।
पहिले, महान् कमरेडहरू किम इल सुङ र किम जोङ इलमाथिको विश्वास सहित भविष्यप्रति आशावादी रहँदै सबै जनताले “हामी संसारमा सबैभन्दा खुसी छौँ” भन्ने गीत गाउँथे । बितेको युग इतिहासको एउटा क्षण मात्रै नभएर वर्तमान युगमा पुनः उपस्थित गराउने सुनिश्चितताका लागि म समर्पित भएर काम गर्नेछु ।
नयाँ वर्षको यो पहिलो बिहानीमा म सपथ लिन्छु कि म हाम्रा जनताप्रति बफादार हुँदै विशुद्ध भावनाका साथ भरोसायोग्य रूपमा तिनको सहयोग गर्ने वास्तविक सेवक बन्ने छु । र, मैले जनताको हितमा निःस्वार्थ र समर्पित भएर कार्यहरू गर्दै पार्टीमा क्रान्तिकारी वातावरण तयार गर्नका लागि आवश्यक प्रयत्नहरू गर्नेछु ।
जबसम्म महान् किमइलसुङवाद–किमजोङइलवादले हाम्रो अगाडिको बाटो प्रज्ज्वलित गरिरहेको छ र हामीसँग पार्टीको वरिपरि गोलबद्ध सम्पूर्ण राष्ट्रसेवकहरू र जनताको एकमना एकता छ, हाम्रो विजय सुनिश्चित छ ।
हामी सबै शक्तिशाली समाजवादी देशको विकास गर्ने कोरियाली श्रमिक पार्टीको सातौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको सानदार कार्ययोजनालाई अनुशरण गर्दै उज्ज्वल भविष्यतर्फ गतिशील तरिकाले अगाडि बढौँ ।
धन्यवाद ।
(अनुवादः नहेन्द्र खड्का)
याे पनि पढ्नुहाेस्ः कोरियाली बाल सङ्गठन र समाजवादी देशका सच्चा सपूतहरू
याे पनि पढ्नुहाेस्ः क्रान्तिको अन्तिम विजयका लागि सक्दो प्रयत्न गरौँ