China, Pakistan meeting
 

काठमाडौँ । जनवादी गणतन्त्र चीनले सयौं पाकिस्तानी उत्पादनहरुमाथिको भन्सार रद्द गरेको छ भने यसबाट द्विपक्षीय व्यापारमा अर्बौं डलरको वृद्धि हुने अपेक्षा गरिएको छ ।

जनवादी गणतन्त्र चीन र इस्लामिक गणतन्त्र पाकिस्तान बिच भएको एक नयाँ सहमतिअनुसार सो  चीनले सयौं पाकिस्तानी उत्पादनहरुमाथिको भन्सार रद्द गरिएको हो । गत बुधवारदेखि लागू भएको ‘स्वतन्त्र व्यापार सहमति-२ (फ्री ट्रेड एग्रिमेण्ट-२)’ले दुवैदेशले एकअर्काका उत्पादनमाथि १५ वर्षदेखि लगाउँदै आएको आयातकरको ७५ प्रतिशतसम्म घटाउने छन् ।

सहमतिमा व्यवस्था भएअनुसार चीनले तत्कालै तीन सय पाकिस्तानी उत्पादनहरुमाथिको आयात कर हटाउने भएको छ । यसमा कपडा, तयारी पोशाक, छाला र समुद्री खानेकुरा पर्दछन् । यसको बदलामा पाकिस्तानले चिनियाँ कच्चा पदार्थ र हेबी मेसिनहरुलाई पाकिस्तानी बजारमा सजिलै प्रवेश दिने भएको छ ।

चीन र पाकिस्तान बिच उक्त सहमति २०१९ को अप्रिल महिनामा भएको थियो । पाकिस्तानको बाणिज्य मन्त्रालयका एक अधिकारीका अनुसार यो सहमति लागू भएपछि पाकिस्तानको चीनतर्फको निर्यात छोटो अवधिमै ५० करोडदेखि ६० करोड डलरमा वृद्धि हुने अपेक्षा गरिएको छ । आउँदो पाँच वर्षमा यो रकम चारअर्ब नाघ्ने उनको अनुमान छ ।