किम जोङ उन, Marshal Kim Jong Un
 

प्रिय कमरेडहरू,

गौरवशाली कोरियाली श्रमिक पार्टी र हाम्रो देशको इतिहासमा चम्किला कोसेढुङ्गाहरू स्थापित गर्ने विजेता हुनुको प्रतिष्ठा र आत्मसम्मानले सुसज्जित हुँदै हामीले नयाँ वर्ष सन् २०१६ लाई स्वागत गरिरहेका छौँ ।

म, सम्पूर्ण जनता र राष्ट्रसेवकहरूको उत्कट वफादारीलाई प्रतिबिम्बित गर्दै, समाजवादी कोरियाका प्रतीक तथा जुछेका सौर्यहरू– महान् कमरेडहरू किम इल सुङ र किम जोङ इल– प्रति उच्च सम्मान र नयाँ वर्षको शुभकामना व्यक्त गर्दछु ।

मेरो नयाँ वर्षको शुभकामना ती सम्पूर्ण राष्ट्रसेवकहरू तथा जनतामा पनि पुगोस्, जो आफ्नो समाजवादी देशको समृद्धिका लागि पार्टी सँगसँगै समर्पित भएर जुछेको मार्गलाई पछ्याउँदै दृढ अठोटसहित प्रतिवद्ध भएर खटिएका छन् । म सबै परिवारहरू सौहार्दताको अनुभूतिले भरिपूर्ण हुन् र हाम्रा प्यारा बालबालिकाहरूमा उच्च स्वरसहितको खुसीको हाँसो गुन्जियोस् भन्ने कामना गर्दछु ।

म नयाँ वर्षलाई स्वागत गर्दै दक्षिण र विदेशमा रहेर राष्ट्रको उत्कट चाहनाको रूपमा रहेको राष्ट्रिय पुनर्एकीकरणका लागि सङ्घर्ष गरिरहेका हाम्रा नागरिकहरूका साथै स्वतन्त्रता, न्याय र शान्तिपश्चात् प्रगतिपथमा लम्किरहेका विश्वका प्रगतिशील जनता र हाम्रा मित्रहरूमा शुभकामना व्यक्त गर्न चाहन्छु ।

सन् २०१५ एउटा भयानक सङ्घर्षको वर्ष थियो, जुन अर्थपूर्ण घटनाहरू र हाम्रा आँखा खोल्ने सफलताहरूले सजिएको छ । यो एउटा विजय र गौरवको वर्ष थियो, जसमा समाजवादी कोरियाले आफ्नो प्रतिष्ठा र पराक्रमलाई पूर्ण रूपमा प्रदर्शित ग¥यो ।

गएको वर्ष हामीले महान् पेक्तुसान राष्ट्रको एउटा गौरव र महत्त्वपूर्ण क्रान्तिकारी घटनाको रूपमा कोरियाली श्रमिक पार्टी स्थापनाको ७० औँ वर्षगाँठ मनाऔँ ।

पार्टी आह्वानलाई हार्दिकतापूर्वक स्वीकार गर्दै र एक ढिक्का हुँदै पाएक्तुको क्रान्तिकारी भावना र सेना–जनताको साहसिक सहकार्यद्वारा राष्ट्रसेवकहरू र जनताले वीरतापूर्ण सङ्घर्ष सञ्चालन गरे, जसको परिणाम स्वरूप मातृत्वपूर्ण पार्टीको पक्षमा गौरवशाली प्रतिफलहरू प्राप्त भएका छन् ।

दस वर्षका कामहरूलाई एक वर्षमा झार्दै छलाङ र वेगसँगै अग्रगमनतर्फ लम्किरहेको देशको उत्साहलाई प्रदर्शन गर्ने गरी पार्टीका विचार एवम् नीतिहरूलाई मूर्त रूप दिने पेक्तुसान वीर युवा ऊर्जा केन्द्र, तलैतला भएको चोङचोङगाङ ऊर्जा केन्द्र, उच्च प्रविधियुक्त (साई–टेक) कम्प्लेक्स, मिराए वैज्ञानिक टोल, जङचोन तरकारी सहकारी फार्म तथा दूरगामी महत्त्वका अरू धेरै संरचनाहरू तथा सुन्दर समाजवादी गाउँहरू निर्माण भए ।

हाम्रो श्रमिक वर्ग, वैज्ञानिकहरू र प्राविधिकहरूले महान् नेताहरूका निर्देशनहरूलाई सत्य साबित गर्दै जुछे–आधारित धातुजन्य उद्योग निर्माणमा ठूलो फड्को मारे, देशका विभिन्न भागहरूमा ज्ञानद्वारा सञ्चालित अर्थतन्त्रको युगका नमुना र स्तरीय कारखानाहरू निर्माण गरे र समग्र अर्थतन्त्रको विकासमा अग्रगमनका लागि एउटा नयाँ मार्ग प्रशस्त गर्ने र जनताको जीवनस्तरलाई माथि उकास्ने गरी उत्पादनका क्षेत्रहरूलाई आधुनिक र सूचना प्रविधिको ढाँचामा रूपान्तरण गरे ।

पार्टीका विचारहरूलाई लागू गर्ने र त्यसका नीतिहरूको रक्षा गर्ने अभियानका ज्वालाहरूले स्वदेशमा निर्मित हाम्रो आफ्नै विमानलाई आकाशमा उडाउने र जमिनमुनि चल्ने स्वदेशमै निर्मित रेल (सब वे) चलाउने एउटा गौरवशाली यथार्थलाई पहिल्यायो, मत्स्य तथा फलफूलको राम्रो उत्पादन भयो र तिनको समाजवादी स्वरूपले जनतामा खुसी ल्यायो । भरोसायोग्य महिला फुटबल खेलाडीसहितका हाम्रा खेलकुदकर्मीहरूले आफ्नो मातृभूमिको मानलाई उँचो राखे, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा स्वर्ण पदकहरू प्राप्त गरेर राष्ट्रसेवकहरू एवम् जनताको लडाकु भावनालाई थप प्रोत्साहित गरे ।

पार्टीको ७० औँ वर्षगाँठ मनाउन आयोजित बृहदस्तरका कार्यक्रमहरूको माध्यमले विश्वको ध्यान खिच्न सफल हुँदै हामीले पार्टी र जुछे कोरियाको उज्ज्वल भविष्यको वरिपरि राष्ट्रसेवकहरू र जनताको एउटै धड्कनयुक्त एकताको पराक्रमलाई दूरगामी र फराकिलो ढङ्गले प्रदर्शित गर्यौँ ।

अक्टोबर उत्सव स्थलका गतिशील दृश्यहरूले पारमाणविक बमको विष्फोट अथवा भूउपग्रह प्रक्षेपण गर्दाको भन्दा पनि बढी शक्तिशाली तरिकाले विश्वलाई झड्का दियो र सर्वदा विजयी हतियारको रूपमा रहेको एकमना एकता कायम रहेका हाम्रा पार्टी, राष्ट्रसेवकहरू र जनताको गतिशील अग्रगमनलाई कसैले रोक्न नसक्ने कुरा छर्लङ्ग तुल्यायो ।

गत वर्ष हाम्रा राष्ट्रसेवकहरू तथा जनताले आफ्नो देश र राष्ट्रले युद्धको सामना गर्नुपर्ने खतरालाई पन्छाए र गणतन्त्र तथा विश्वशान्तिको प्रतिष्ठालाई ससम्मान रक्षा गरे ।

हामीले शत्रु शक्तिले फैलाएका गम्भीर राजनीतिक तथा सैन्य उत्तेजनाको कारणले संभावित सैन्ययुद्धको डिलमा झुलिरहेको अति संवदेनशील अवस्थालाई सामान्यीकरण गर्यौँ र हाम्रो मातृभूमिको प्रतिष्ठा र सुरक्षालाई सम्भावित अफ्ठ्याराहरूबाट जोगायौँ, जुन महान् सैनिक–जनता एकता र शक्तिशाली पेक्तुसान क्रान्तिकारी सेनाको वीरतापूर्ण पराक्रमको कारणले प्राप्त विजय हो ।

बितेको वर्षलाई महान् खुसियालीसहित स्मरण गर्नुपर्ने एउटा अर्को कारण यो छ कि जुछे क्रान्ति र आस्थालाई भरपर्दो तरिकाले नयाँ पिँढीमा प्रसार गरिरहेको हाम्रो युवा अग्रदस्ताले आफ्नो पार्टीप्रतिको वफादारिता र वीरतापूर्ण सङ्घर्षको माध्यमले विश्वमै अद्वितीय युवा शक्तिको पराक्रम प्रदर्शन गर्यो ।

महान् नेताहरू तथा पार्टीको आलिङ्गनमा शिक्षित तथा प्रशिक्षित हाम्रा नौजवानहरू जुझारु भावना तथा सनगुन युगका नौजवानहरूको संस्कृति सिर्जना गर्दै एवम् जनताको मन छुने प्रशंसनीय कार्यहरू गर्दै पार्टीले ठोस गरेको कोरियाली क्रान्तिको मार्गमा अगाडि लम्किरहेका छन् । महान् नेताहरूका क्रान्तिकारी विचारहरूबाट पूर्ण रूपले सुसज्जित एवम् पार्टीमा दृढतापूर्वक लामबद्ध दशौँ लाख नौजवानहरू जुछे क्रान्तिको लक्ष्यका उत्तराधिकारी हुनका लागि सबल विचार र आस्थासँगै हुर्किएका छन् । यो हाम्रा लागि महानतम् प्रतिष्ठा, गौरव र सफलता हो ।

बितेको वर्षमा प्राप्त सबै विजयहरू र सफलताहरू पेक्तु पर्वतको भावना र साहससँगै देश र क्रान्तिप्रति प्रतिबद्ध राष्ट्रसेवकहरू तथा जनताको अमूल्य रगत र पसिनाको मणिभीकरणसहित आक्रामक तरिकाले आफ्नो देशको समृद्धिका लागि हाम्रा जनताको वीरतापूर्ण सङ्घर्षको कारणले प्राप्त प्रतिफलहरू हुन् ।

हृदयमा राष्ट्रभक्ति र वफादारिताका ज्वाला दन्किरहेका राष्ट्रसेवकहरू तथा जनताको साथमा गत वर्षलाई रचनात्मक सङ्घर्ष र चामत्कारिक उपलब्धिहरूसँगै बिताएको हाम्रो पार्टी उनीहरूको सुन्दर भावनात्मक संसारको न्यानो आत्मीयता र कठोरमतम् सङ्घर्षको प्रत्यक्षदर्शी बन्यो र उनीहरूका भरोसापूर्ण दृष्टि र इमानदार विचारहरूबाट थप शक्ति तथा शाहस हासिल ग¥यो ।

पार्टीको मेधावी नेतृत्त्व, अजेय सेना र पार्टीलाई पूर्ण रूपमा समर्थन गर्ने र मृत्युपर्यन्त रक्षा गर्ने महान् जनता रहेसम्म हामी डराउनु पर्ने कुनै समस्याहरू छैनन् र असफल नभईकन कुनै पनि महान् उद्देश्य हासिल गर्न सक्छौँ । यो गत वर्षको सङ्घर्षको गौरवशाली निष्कर्ष हो ।

म गत वर्षलाई वीरतापूर्ण सङ्घर्षले गौरवशाली बनाउने र पार्टीप्रति समर्पित वफादारिता तथा सुनिश्चित विजयमाथि विश्वास राख्दै पार्टीको उद्देश्यप्रति निष्ठापूर्ण समर्थन जनाउने कोरियाली श्रमिक पार्टीका सबै सदस्यहरू, राष्ट्रसेवकहरू र जनतालाई न्यानो धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

कमरेडहरू,

यो वर्ष कोरियाली श्रमिक पार्टीको सातौँ (राष्ट्रिय) महाधिवेशन सम्पन्न हुने भएकोले अत्यन्तै महत्त्वपूर्ण वर्ष हो ।

अधिवेशनले हाम्रो पार्टीले महान् नेताहरूको बुद्धिमतापूर्ण अभिभावकत्वमा क्रान्ति र निर्माणमा प्राप्त गरेका सफलताहरूलाई गौरवपूर्ण तरिकाले समीक्षा गर्नेछ र हाम्रो क्रान्तिको अन्तिम विजय प्राप्तिको दिशामा अगाडि बढ्नका लागि एउटा महत्त्वाकाङ्क्षी कार्ययोजना प्रस्तुत गर्नेछ ।

हामीले सातौँ पार्टी महाधिवेशनलाई विजेताहरूको गौरवशाली बैठकका रूपमा मनाउनु पर्छ किनभने यसले जुछे क्रान्तिको लक्ष्य हासिल गर्नका लागि एउटा ऐतिहासिक महत्त्व राख्नेछ ।

“कोरियाली श्रमिक पार्टीको सातौँ (राष्ट्रिय) महाधिवेसन हुने यो वर्षबाट हामी समृद्ध राष्ट्र निर्माणको स्वर्ण युगको सुरुवात गरौँ !” । यो हाम्रो पार्टी र जनताले अगाडि बढ्नका लागि अनुशरण गर्ने जुझारु नारा हुनेछ ।

सबै पार्टी सदस्यहरू, राष्ट्रसेवकहरू र अन्य जनता पार्टीप्रतिको उत्कट बफादारिता र असाधारण देशभक्तिपूर्ण जोससहित एकजुट हुनुपर्छ र समयसँगै अन्तिम विजयको दिशातिर लम्किरहेको कोरियाली भावना र साहस प्रदर्शन गर्नुपर्छ ।

हामीले देशको अर्थतन्त्रको विकास र जनताको जीवनस्तरमा सुधार ल्याउने काममा एउटा नयाँ दिशा ल्याउन हाम्रो सम्पूर्ण शक्तिलाई एउटा आर्थिक महाशक्ति निर्माणमा केन्द्रित गर्नुपर्छ ।
एउटा आर्थिक महाशक्ति निर्माणको दिशामा एउटा निर्णायक बिन्दुमा पुग्नका लागि विद्युत–शक्ति, कोइला–उत्खनन् र धातुजन्य उद्योगहरू तथा रेल यातायात क्षेत्रले महान् कारबाहीको रक्षा गर्दै गतिशील तरिकाले अग्रगति लिनुपर्छ ।

सिङ्गो पार्टी र सिङ्गो राज्यलाई जिम्मेवार रूपमा सहभागी गराउँदै विद्युतको समस्यालाई समाधान गर्नुपर्छ । अधिकतम् विद्युत आपूर्ति सुनिश्चित गर्नका लागि विद्यमान ऊर्जा केन्द्रहरूको अवस्थालाई दुरुस्त राख्नुपर्छ, सुदृढ गर्नुपर्छ र पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्छ । प्राकृतिक ऊर्जाको महत्तम प्रयोगद्वारा विद्युत आपूर्तिको समस्यालाई सहज गराउनुका साथै देशको ऊर्जा उत्पादन क्षमता अभिवृद्धि गर्ने तन्चोन ऊर्जा केन्द्र र अरू परियोजनाहरूको निर्माणलाई प्रबद्र्धन गर्नुपर्छ । सबै क्षेत्रहरू र एकाईहरूले विद्युत खपतमा मितव्ययिता अपनाउन र यसको प्रभावकारी उपयोग गर्नका लागि जोडतोडले अभियान सञ्चालन गर्नुपर्छ । कोइला–उत्खनन् उद्योगले तापयुक्त ऊर्जा केन्द्रहरू र राष्ट्रिय अर्थतन्त्रका अरू थुप्रै क्षेत्रहरूलाई कोइलाको पर्याप्त आपूर्ति सुनिश्चित गर्नका लागि उत्पादन बृद्धिका प्रचण्ड ज्वालाहरू दन्काउनु पर्छ ।

धातुजन्य उद्योगको क्षेत्रलाई पर्याप्त कच्चा पदार्थको आपूर्ति सुनिश्चित गराउन राज्यले आवश्यक सबै कदमहरू चाल्नुपर्छ र किम चायक तथा ह्वाङ्घे फलाम र स्टिल कम्प्लेक्सहरू जस्ता धातुजन्य कारखानाहरूले तिनीहरूको उत्पादनलाई जुछे आधारित र आधुनिक बनाउनका लागि प्राप्त सफलताहरूलाई बिस्तार गर्नुपर्छ । त्यसो गरेर फलाम र स्टिलको उत्पादन बढाउन सकिन्छ । रेल यातायात क्षेत्रले कठोर अनुशासन स्थापित गर्नुपर्छ र रेलगाडीहरूको नियमित सञ्ंचालनको सुनिश्चितताका लागि यातायात सेवाको व्यवस्थापन र नियन्त्रणलाई प्रभावकारी बनाउनु पर्छ र रेलवेको आधुनिकीकरणलाई अझ बढाउनु पर्छ ।

हाम्रो पार्टीले जनताको जीवनको अवस्था सुधार गर्ने कार्यलाई राज्यका अनेकौँ दायित्त्वहरूमध्ये सबैभन्दा बढी महत्त्व प्रदान गरेको छ ।

जनताको जीवनस्तरमा आमूल परिवर्तनकारी ढङ्गले सुधार ल्याउन खेतीपाती, पशुपालन र मत्स्य क्षेत्रले अन्वेषणहरू गर्नुपर्छ । कृषि क्षेत्रले सक्रियतापूर्वक उच्चस्तरका जातहरू र खेतीका वैज्ञानिक विधिहरू अवलम्बन गर्नुपर्छ, ग्रामीण अर्थतन्त्रको बृहद् यान्त्रीकरणलाई तीव्रता दिनुपर्छ र खाद्यान्न उत्पादन योजनालाई पूर्ण रूपले सफल बनाउन खेतीको प्रत्येक प्रक्रियालाई गम्भीरतापूर्वक लिनुपर्छ ।

पार्टीको आह्वानलाई सफल पार्न सर्वतोमुखी सङ्घर्ष गरिरहेको पशुपालन र मत्स्य क्षेत्रले जतिसक्दो छिटो उत्पादनलाई सुदृढ गर्नुपर्छ र देशभर निर्माण गरिएका मत्स्य फार्महरू, तरकारीका हरितगृहहरू (ग्रीनहाउसहरू) र च्याउ उत्पादन क्षेत्रहरूको भुक्तानी गर्नका लागि सक्षम हुनुपर्छ । यसरी तिनीहरूले जनताको आहारलाई पोषणयुक्त बनाउन योगदान गर्नेछन् ।

लघु उद्योग क्षेत्रले आफ्ना कारखानाहरू र उद्यमहरूलाई उच्चतम् आधुनिक स्तरमा राख्नुपर्छ, तिनीहरूको उत्पादन पूर्ण गतिमा सञ्चालन गर्नका लागि तिनलाई प्रशस्त कच्चा तथा अन्य मालहरू उपलब्ध गराउनु पर्छ र प्रतिस्पर्धात्मक खालका विश्व–प्रसिद्ध उत्पादनहरू तथा वस्तुहरूको सङ्ख्या बढाउनु पर्छ ।

निर्माणको काम देशको शक्ति र सभ्यताको गुणस्तर नाप्ने एउटा गज (लम्बाई नाप्ने साधन) र सदृश्य प्रमाण हो, यसमा हाम्रो पार्टीका जनमुखी नीतिहरूलाई मूर्त रूप दिनका लागि अर्थपूर्ण र महत्त्वपूर्ण दायित्वहरू समाविष्ट भएका छन् ।

निर्माण क्षेत्रले पार्टीको निर्माण नीति र महान् योजनालाई लागू गर्नका लागि महान् कारबाहीहरू सञ्चालन गर्नुपर्छ । त्यसबाट यसले सम्भव भएसम्म सबैभन्दा उच्चतम स्तर र तीब्रतम गतिमा महत्त्वपूर्ण उत्पादन स्थलहरू, शैक्षिक तथा सांस्कृतिक प्रतिष्ठानहरू, आवासहरू निर्माण गर्नुपर्छ ताकि तिनले युगका मापदण्डहरू र नमुनाहरूको काम गर्न सकून् । यसरी कुनै ढिलासुस्ती बिना यसले निर्माणको उमङ्गलाई निरन्तरता दिने कुराको सुनिश्चितता गर्न सक्नेछ ।

राष्ट्रिय अर्थतन्त्रका सबै क्षेत्रहरूले महत्त्वाकाङ्क्षी लक्ष्यहरू चयन गर्नुपर्छ र सम्भव भएसम्मका सबै आन्तरिक भण्डार र क्षमताको दोहन गरेर नियमित उत्पादनलाई कायम गर्नुपर्छ । यसलाई तिनीहरूले उत्पादनको गुणस्तर वृद्धि गर्ने, उपकरणहरूको आन्तरिक उत्पादनहरूलाई सुनिश्चित गर्ने, स्थानीय रूपमा उपलब्ध हुने कच्चा तथा अन्य पदार्थहरूमा निर्भर हुने नीति–उन्मुख एउटा महत्त्वपूर्ण आवश्यकताको रूपमा लिनुपर्छ र यस दिशामा सम्पूर्ण कोसिस गर्नुपर्छ ।

सिङ्गो पार्टी, सम्पूर्ण सेना र सबै जनताले देशको वनजङ्गल क्षेत्रको पुनस्र्थापना गर्ने अभियानमा सरिक हुनुपर्छ । सहरी तथा ग्रामीण क्षेत्रहरू, कार्यस्थलहरू र गाउँहरूलाई अत्यन्तै सफा–सुग्घर राख्नुपर्छ र देशका संशाधनहरूको संरक्षण गर्न, वायु, नदी र समुद्रको प्रदूषण हुन नदिन सकरात्मक कदमहरू चालिनु पर्छ ।

हाम्रो पार्टी विज्ञान र प्रविधिको माध्यमबाट समृद्ध देशका आधारहरूलाई मजबुद बनाउने र तिनलाई इन्जिनका रूपमा प्रयोग गर्दै राष्ट्रिय समृद्धि हासिल गर्ने आफ्नो अडान र आकाङ्क्षामा प्रतिबद्ध छ ।

वैज्ञानिक अनुसन्धानको क्षेत्रले जुछे–आधारित उद्योगहरूको गौरव एवम् समाजवादी स्वतन्त्र अर्थतन्त्रलाई सुदृढ गर्ने र जनताको जीवनस्तरलाई सुधार गर्ने सन्दर्भमा आइपर्ने वैज्ञानिक तथा प्राविधिक समस्याहरूको समाधान गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ ।

विज्ञान तथा प्रविधिका मोर्चाहरूमा विजय प्राप्त गर्न पूरै शक्ति लगाउनुपर्छ । कारखानाहरू, उद्यमहरू र सहकारी खेतीहरूले एउटा सानदार ढाँचामा विज्ञान तथा प्रविधि प्रसार कोठाहरू निर्माण गर्नुपर्छ र तिनलाई नियमित रूपले सञ्चालन गर्नुपर्छ ताकि सबै श्रमजीवी जनसमुदायले आधुनिक विज्ञान र प्रविधि सिक्ने कुरा सुनिश्चित होस् । विज्ञान र प्रविधिको शक्तिले वास्तविक जीवनमा उत्पन्न हुने समस्याहरूलाई समाधान गर्ने सामाजिक वातावरण स्थापित गर्नु पनि जरुरी छ ।

मन्त्री परिषद् र अरू राजकीय तथा आर्थिक संरचनाहरूले तिनीहरूको आर्थिक योजना र निर्देशनलाई निर्णायक ढङ्गले सुधार गर्नुपर्छ । नेतृत्वदायी आर्थिक क्षेत्रका कर्मचारीहरू (अर्थविद्हरू)ले आफूलाई पूर्ण रूपले पार्टी नीतिले सुसज्जित बनाउनु पर्छ, आर्थिक क्षेत्रको कामका योजनाहरूलाई अन्वेषणात्मक तरिकाले सम्पादन गर्नुपर्छ र श्रमजीवी जनताको अक्षय सिर्जनात्मक शक्तिमा भरोसा गर्नुका साथै आधुनिक विज्ञान तथा प्रविधिको माध्यमद्वारा सबै क्षेत्रहरूलाई बीजगणितीय गतिमा विकास गर्ने सिद्धान्त अनुरूप यसलाई एउटा बलियो धक्का दिनुपर्छ ।

तिनीहरूले आर्थिक विकासको सम्पूर्ण शृङ्खलाका मूल कडीहरूलाई ठिक ढङ्गले पहिचान गर्नुपर्छ र समग्र अर्थतन्त्रलाई पुनर्जीवन प्रदान गर्दै त्यहीँ कामहरू केन्द्रीकृत गर्नुपर्छ, विशेषतः त्यतिबेला जब परिस्थिति अनुकूल छैन र धेरै कठिनाइहरू आइरहन्छन् । तिनीहरूले जुछे विचारलाई मूर्तीकृत गर्ने हाम्रो शैलीको आर्थिक व्यवस्थापन विधि स्थापित गर्ने कार्यलाई सङ्गठित र प्रारम्भ गर्न तदारुक हुनुपर्छ, ताकि यसका आफ्ना उपलब्धिहरू र जीवन्ततालाई पूर्ण रूपेण प्रदर्शन गर्न सकोस् ।

हाम्रो गणतन्त्रको राजनीतिक र सैन्य प्रतिष्ठा हरेक तरिकाले सशक्त हुनुपर्छ । समाजवादको राजनीतिक–वैचारिक स्थानलाई चट्टान झैँ अटल तरिकाले जोडिराख्नु जरुरी छ ।

हामीले विचारलाई क्रान्तिको चालक शक्ति मान्नुपर्छ र पाँच बुँदे शिक्षामा ध्यान केन्द्रित गर्नुपर्छ ताकि सबै राष्ट्रसेवकहरू र जनसमुदायलाई विचारमा सशक्त हुन, तिनको हृदयमा पाएक्तुको क्रान्तिकारी भावना, पेक्तुको हिमआँधीको भावना अङ्कित गर्न र महान् नेताहरूका निर्देशनहरूलाई कार्यान्वयन गर्ने एवम् पार्टीका नीतिहरूको रक्षा गर्ने सङ्घर्षमा आफ्ना अदम्य मानसिक शक्तिलाई बन्धनमुक्त बनाउन प्रोत्साहन गर्नका लागि प्रशिक्षित गर्न सकियोस् ।

राजनीतिक कार्य र अग्रमोर्चा शैलीको सूचना तथा उत्प्रेरक कार्यलाई जोडतोडले सञ्चालन गर्नुपर्छ, जसले गर्दा सिङ्गो देश एउटा उच्चस्तरको राजनीतिक उमङ्गपूर्ण वातावरणसहित सातौँ पार्टी महाधिवेशनको तयारीमा जुटोस् ।

जुछे क्रान्तिका लागि एकमना एकता एउटा महान् आधार र सर्वदा विजयी हतियार हो । सम्पूर्ण कर्मचारीहरू, पार्टी सदस्यहरू र अरू श्रमजीवी जनसमुदायले आफ्ना प्रज्ज्वलित हृदयहरूलाई पार्टी केन्द्रीय कार्यालयको आँगनसँग जोडाउनु पर्छ र पार्टीको विचारलाई प्रसार गर्नुपर्छ, पार्टीसँग एउटै स्वर मिलाउनुपर्छ र पार्टीलाई पछ्याउँदै एउटै बाटोमा यात्रा गर्नका लागि कदममा कदम मिलाएर अगाडि बढ्नु पर्छ ।

पार्टी सङ्गठनहरू र राज्यका अङ्गहरूले जनतालाई प्राथमिकता दिने, सम्मान गर्ने र माया गर्ने राजनीतिलाई पूर्ण रूपमा लागू गर्दै तिनीहरूका मागहरू र चाहनाहरूलाई निरपेक्ष रूपले प्राथमिकता दिनुपर्छ र तिनीहरूको राजनीतिक निष्ठा एवम् भौतिक र सांस्कृतिक जीवनको अन्तिमसम्म हेरविचार गर्ने जिम्मेवारी बहन गर्नुपर्छ ।

पार्टी सङ्गठनहरूले जनताको भावनाको प्रतिनिधित्व गर्नुपर्छ, आम जनसमुदायको ठूलो हिस्सालाई पार्टीको वारिपरि गोलबन्द गर्नुपर्छ र हाम्रो एकमना एकतामाथि प्रहार गर्ने र कमजोर बनाउने उद्देश्यले शक्तिको दुरूपयोग गर्ने, नोकरशाहीतन्त्र र भ्रष्टाचारको अभ्यास गर्ने अधिकारीहरूको बिचमा भीषण सङ्घर्षको सुरुवात गर्नुपर्छ ।

देशको प्रतिरक्षा क्षमता सुदृढ गर्नुपर्छ ।

जनरल किम जोङ इलद्वारा सुरुवात गरेको ओ जङ हप नेतृत्वको ७ औँ रेजिमेन्टको पदक जित्ने आन्दोलनको २० औँ वर्षगाँठ मनाइने यो वर्ष जनसेनाले पार्टीको क्रान्तिकारी सेनाको रूपमा पार्टीको एकीकृत कमान्ड प्रणाली पूर्ण रूपले स्थापित गरिएको र मृत्युपर्यन्त क्रान्तिकारी वफादारितालाई कायम राख्ने पार्टीको प्रतिबद्ध सेनाका रूपमा आफू स्वयम्लाई थप विकसित गर्नुपर्छ, र अजेय सेना निर्माण गर्ने पार्टीको चार बुँदे कार्यनीतिलाई कार्यान्वयन गर्न प्रभावकारी ढङ्गले कदम चाल्नु पर्छ ।

यसलाई वास्तविक युद्धको वातावरणमा प्रशिक्षण सञ्चालन गर्ने बीजको रूपमा लिँदै र वैज्ञानिक तथा आधुनिक स्तरमा राख्न सेनाले प्रशिक्षणका ज्वालाहरू दन्काउनु पर्छ ताकि सबै राष्ट्रसेवकहरू वास्तविक युद्ध लड्न सक्ने आधुनिक युद्धका श्रेष्ठतम् सिपाहीहरू एवम् किम इल सुङ र किम जोङ इलका सैन्य रणनीति र कार्यनीतिहरू, वीरतापूर्ण लडाकु भावना र निस्कलङ्कित क्षमताबाट सुसज्जित युद्ध टोलीहरूको रूपमा तयार बनून् ।

यसले मानक (मापदण्डधारक) बन्नुपर्छ र पार्टीको सोच अनुरूप समृद्ध देश निर्माणका काम भइरहेका मुख्य मोर्चाहरूमा क्रमभङ्ग गर्नका लागि समयको बललाई धक्का दिनुपर्छ, र जनसमुदायको भलाइमा अरू कार्यभारहरू समेत पूरा गर्नुपर्छ ।

अधिकारीहरू (कर्मचारीहरू) र कोरियाली जनताको आन्तरिक सुरक्षा बलका जवानहरूले क्रान्तिको नेतृत्व, हाम्रो समाजवादी व्यवस्था र हाम्रा जनताको जीवन र धनसम्पत्तिलाई क्षति पु¥याउन वर्गशत्रु र शत्रु पक्षका हथ्कन्डाहरूलाई भ्रूणकालमै ध्वस्त गर्नुपर्छ र श्रमिक–किसान लालरक्षकहरू तथा युवा लालरक्षहरूका सदस्यहरूले फौजी र राजनीतिक प्रशिक्षणलाई घनीभूत बनाउनु पर्छ र आफ्ना गाउँहरूको रक्षाका लागि तिनीहरूले स्वयम्लाई पूर्ण रूपेण तम्तयार राख्नुपर्छ ।

सैन्य उद्योग क्षेत्रले रक्षा विज्ञान तथा प्रविधिको विकास गर्नुपर्छ, रक्षा उद्योगलाई उच्च रूपले जुछे–उन्मुख, आधुनिक र विज्ञानमा आधारित बनाइराख्नु पर्छ र कुञ्जा–रीको क्रान्तिकारी भावनालाई पूर्ण रूपले प्रदर्शित गर्नुपर्छ ताकि ठूलो सङ्ख्यामा विभिन्न प्रकारका शत्रुलाई हायलकायल पार्न सक्ने हाम्रो आफ्नै शैलीका सैन्य आक्रमणका साधनहरू विकास र उत्पादन गर्न सकियोस् ।

हामीले हाम्रा जनताले सर्वोच्च विशेषतासहितको सभ्यताको उच्चतम् अभ्यास गर्न पाउने कुरालाई सुनिश्चित गर्नुपर्छ ।

नयाँ शताब्दीमा शिक्षामा आमूल परिवर्तनकारी सुधारका ज्वालाहरू दन्काउँदै हामीले शिक्षाका लागि नयाँ परिस्थितिहरू र वातावरणको पुनर्निमाण गर्नुपर्छ र यसको गुणस्तरलाई निर्णायक ढङ्गले सुधार गर्नुपर्छ, त्यसबाट ज्ञानवान्, नैतिकवान् र शारीरिक रूपले सुगठित विलक्षण प्रतिभायुक्त राष्ट्रसेवकहरू तयार गर्नुपर्छ । हामीले जनसमुदायको जीवन सुरक्षित गर्न र स्वास्थ्य सम्बद्र्धन गर्नका लागि समाजवादी जनस्वास्थ्य व्यवस्थाको आवश्यकता अनुसार स्वास्थ्योपचार र निवारणको कामलाई सुधार गर्नुपर्छ ।

हामीले खेलकुदलाई जनआधारित र दैनिक जीवनको हिस्सा बनाउनु पर्छ ताकि सिङ्गो देश खेलकुदको उमङ्गमा जुरुक्क उठोस् र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूमा नयाँ वीरतापूर्ण कोरियाली चमत्कारहरू सिर्जना गर्नका लागि आमूल परिवर्तनकारी खालका खेलकुदका विशिष्टीकृत विधिहरूको विकास गर्न सकोस् ।

कला र साहित्यको क्षेत्रले पनि ठूलो सङ्ख्यामा समसामयिक उत्कृष्ट नमुना कृतिहरू तयार गर्नुपर्छ जसले राष्ट्रसेवकहरू र जनसमुदायको हृदयमा क्रान्ति र सङ्घर्षका लागि उत्साहपूर्ण ज्वाला दन्काओस् ।

हामीले उच्च नैतिक आचरणयुक्त अनुशासन स्थापित गर्नका लागि कडा कदम चाल्नुपर्छ ताकि देशभर एउटा असल र सुसभ्य जीवन व्यवस्थाको सुनिश्चितता कायम रहोस् ।

सातौँ पार्टी महाधिवेशन सम्पन्न हुने यो वर्ष सबै राष्ट्रसेवकहरू र श्रमजीवी जनसमुदायले समृद्ध राष्ट्र निर्माण गर्ने एउटा सुनौलो युगमा प्रवेश गर्ने सङ्घर्षमा एक ढिक्का भएर लाग्नु पर्छ ।

हाम्रा जनताको पार्टीले आह्वान गर्दा दिल–दिमागले एक ढिक्का हुने र निरन्तर रूपमा ‘पहाड पन्छाउने’ र ‘समुद्र भर्ने’ जस्तै चामत्कारिक कार्यहरू सम्पन्न गर्ने सङ्घर्ष र स्वाभावजन्य परम्परा रहँदै आएको छ ।

क. किम इल सुङ र किम जोङ इलको वीर श्रमिक वर्गले जुछे क्रान्तिको सुयोग्य मुख्य एकाई र देशको जेष्ठ सपूतको रूपमा पार्टीका विचारहरू र अग्रदस्ताका उद्देश्यहरूलाई समर्थन गर्नुपर्छ र आर्थिक महाशक्ति निर्माणको एउटा नयाँ महान् क्रान्तिकारी अभ्युदयको मसाल उठाउँदै अगाडि बढ्नु पर्छ ।

कृषि श्रमिकहरूले आफूहरू समाजवादको रक्षा गर्ने अभियानको लडाईंमा मोर्चाको अग्रभागको पहिलो घेरामा रहेको जिम्मवारीवोध गर्दै कृषि उतपादनमा एउटा ठूलो फड्को मार्न मेहनत गर्नुपर्छ ।

बुद्धिजीवीहरूले ज्ञान–आधारित अर्थतन्त्रको युगमा आवश्यक तेजस्वी वैज्ञानिक र प्राविधिक सफलताहरूको माध्यमबाट समृद्ध देश निर्माणको कामलाई अगाडि बढाउनु पर्छ र श्रमिक पार्टीको युगमा सभ्यताको बहार ल्याउने नेतृत्वकर्ता र मानक सिपाही बन्नुपर्छ ।

हाम्रो पार्टीले आजको महान् अग्रगमनमा युवाहरूको भूमिका बारे ठूलो अपेक्षा राखेको छ । नौजवानहरूले आफूलाई युवा शक्तिको मालिकका रूपमा महत्त्व दिने पार्टीको भरोसालाई कदर गर्दै देशको भविष्यका कर्णाधारको रूपमा स्वयम्लाई थप प्रशिक्षित गर्नुपर्छ र आफूलाई चमत्कारका कालीगढ तथा समृद्ध राष्ट्र निर्माणको हरेक क्षेत्रका नायक बनाउनु पर्छ ।

कर्मचारीहरूले आमजनतालाई अभिप्रेरित गर्नका लागि आफू यथार्थमा तल्लीन हुनुपर्छ र हरेक जिम्मेवारीलाई एउटा क्रान्तिकारी र वैज्ञानिक तरिकाले सम्पादन गर्नुपर्छ । तिनीहरू जनताका सच्चा सेवक र क्रान्तिका सक्षम नेतृत्वदायी अधिकारीहरू बन्नुपर्छ जसले जनताको हितका लागि जीवनको उँचो दृष्टिकोण राख्दै आफ्नो शरीर सडकमा बालुवाका दानाहरू छरिएझैँ छरिए पनि आफ्ना लागि अरू कुनै चाहना नराखीकन जनताको हितमा निस्वार्थ, प्रतिबद्ध प्रयत्नहरू गरिरहन्छन् ।

सामाजिक जीवनको क्षेत्रमा हामीले हाम्रो समाजका मौलिक विशेषताहरू र महान् झलकहरूलाई जोगाइराख्नु पर्छ, जुन एक अर्कालाई अगाडि बढ्न गरिने सहयोग र नेतृत्वको बलमा तथा एउटा साझा प्रयत्नको माध्यमबाट अगाडि लम्किरहेको छ ।

हाम्रो लक्ष्य एउटा जुछे–उन्मुख समाजवादी सत्ता हो र समाजवादको प्रतिष्ठा केवल सामूहीकरणको प्रतिष्ठा हो । सबै क्षेत्रहरू र सबै एकाइहरूले राज्य, पार्टी र क्रान्तिको हितलाई प्राथमिक महत्त्वमा राख्नुपर्छ, अगुवा एकाइहरूले प्राप्त गरेका सफलता र अनुभवहरूलाई लागू गर्नुपर्छ र सामूहिकताको प्रतिस्पर्धाका ज्वालाहरूमा छलाङ लगाउनु पर्छ ।

आत्मविकास (आत्मनिर्भर विकास) को महत्त्वलाई प्राथमिकता दिने सिद्धान्तलाई समृद्ध समाजवादी देश निर्माणसँग तादात्मयता कायम गर्दै अगाडि बढन्ुपर्छ । ठूला देशहरूको भक्ति गर्नु र विदेशी शक्तिहरूसँग निर्भर हुनु राष्ट्रिय विनाशको बाटो हो, आत्मनिर्भर विकास मात्रै हाम्रो देश र हाम्रो राष्ट्रको स्वाभिमानको रक्षा गर्ने र क्रान्ति एवम् निर्माणका लागि एउटा फराकिलो ढोका खोल्ने बाटो हो ।

आफ्ना हरेक कुराहरूप्रति प्रेम, विश्वास, अभिमान र गौरव गर्दै हामीले एउटा समृद्ध राष्ट्र निर्माणको लक्ष्य हासिल गर्नु पर्दछ र हाम्रो आफ्नै मेहनत, प्रविधि र स्रोतहरूद्वारा जनताका सुन्दर सपनाहरू र आदर्शहरूलाई पूर्ण रूपमा यथार्थमा बदल्नु पर्छ ।

राष्ट्रिय पुनर्एकीकरण राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण र अधारभूत कार्यभार हो । गएको वर्ष, राष्ट्रिय मुक्तिको ७० औँ वर्षगाँठको अवसरमा हामीले सबै राष्ट्रवासीहरूलाई स्वतन्त्र पुनर्एकीकरणको फराकिलो ढोका खोल्न सबै प्रयत्नहरू गर्नका लागि अपिल ग¥यौँ र यसलाई वास्तविकतामा बदल्नका लागि कोसिस गर्यौँ ।

अपितु, राष्ट्रिय पुनर्एकीकरण र अन्तर्कोरियाली सम्बन्धमा सुधार नचाहने पुनर्एकीकरण विरोधी शक्तिहरूले युद्ध निम्त्याउने आफ्नो षड्यन्त्रलाई सफल पार्नका लागि सनक देखाए र गोली प्रहारसहितको छोयो–कि–सिद्धियो (संवेदनशील) अवस्था सिर्जना गरे र स्वदेश तथा विदेशमा समेत सन्त्रासको स्थिति बनाए ।

दक्षिण कोरियाली शासकहरूले हाम्रो देशमा ‘सत्ता परिवर्तन’ गर्ने र अन्तर्कोरियाली वार्ता तथा समझदारीको प्रवृत्ति विपरित एकपक्षीय ‘व्यवस्थाहरूको एकीकरण’ गर्ने तिनको लक्ष्यलाई सार्वजनिक रूपमा वास्तविक रूप दिन लागेका थिए र उत्तर तथा दक्षिणको बिचमा अविश्वास र द्वन्द्वलाई बढावा दिए ।

यो वर्ष हामीले “आन्तरिक र बाह्य पूनर्एकीकरण विरोधी शक्तिका चुनौतीहरूलाई विफल पारौँ र स्वतन्त्र पुनर्एकीकरणको एउटा नयाँ युगमा प्रवेश गरौँ !” भन्ने नारा अघि सार्नुपर्छ र राष्ट्रिय पुनर्एकीकरण आन्दोलनलाई अझ जोडतोडका साथ अगाडि बढाउनु पर्छ ।

हामीले बाह्य हस्तक्षेपलाई अस्वीकार गर्नुपर्छ । राष्ट्रको आकाङ्क्षा र मागहरूलाई ध्यानमा राख्दै अन्तर्कोरियाली सम्बन्ध तथा राष्ट्रिय पुनर्एकीकरणको विषयलाई आफैँले स्वतन्त्र रूपले समाधान गर्नुपर्छ ।

हामीलाई विभाजित गर्ने बाह्य शक्तिहरू हुन् र त्यसमा पनि संयुक्त राज्य अमेरिका र त्यसका पिछलग्गुहरू हुन्, जसले हाम्रो देशको पुनर्एकीकरणमा बाधा हाल्छन् । तथापि दक्षिण कोरियाली शासकहरू मित्रराष्ट्रका जनताका विरुद्धमा बाह्य शक्तिहरूसँग साँठगाँठ गर्दै हाम्रो राष्ट्रको आन्तरिक मामिला – यसको पुनर्एकीकरणको मामिला – लाई समाधान गरिदिन अनुरोध गर्दै विदेश भ्रमण गरिरहेका छन् । यो देश र राष्ट्रमाथिको धोखा हो जसले राष्ट्रको भाग्यलाई बाह्य शक्तिहरूको कृपामा सुम्पन्छ र यसका हितहरूलाई बेचिदिन्छ ।

अन्तरकोरियाली सम्बन्ध र राष्ट्रिय पुनर्एकीकरणको मामिला, पूर्ण रूपमा (अभिप्राय र उद्देश्यमा), हाम्रो राष्ट्रको प्रयत्नमा यसको स्वतन्त्र चाहना र मागहरूका अधारमा ‘हाम्रो राष्ट्र स्वयम्ले’ भन्ने सिद्धान्तमा अडिग रहँदै समाधान गर्नुपर्छ । अरू कसैले पनि हाम्रो राष्ट्रिय पुनर्एकीकरण ल्याइदिने छैन, ल्याउन सक्दैन ।

बाह्य शक्तिहरूसँग सहकार्य गर्दै चाटुकारीपूर्ण र विश्वासघाती चालबाजी गर्ने पुनर्एकीकरण विरोधी शक्तिहरूका विरुद्ध सिङ्गो राष्ट्रले दृढतापूर्वक सङ्घर्ष गर्नुपर्छ । दक्षिण कोरियाली शासकहरूले राष्ट्रको आन्तरिक मामिलाको समाधान खोज्नलाई बाह्य देशहरूको सहयोग माग्ने नाममा दलाली गर्दै विदेश भ्रमण गर्ने जस्ता लज्जास्पद कार्यहरूलाई निरन्तरता दिनु हुँदैन ।

कोरियाली प्रायद्वीपमा युद्धको खतरालाई टार्न र शान्ति एवम् सुरक्षा कायम राख्नका लागि देशको पुनर्एकीकरणलाई यथार्थमा बदल्नु अत्यावश्यक छ ।

संयुक्त राज्य अमेरिकाको एसियामा आफ्नो प्रभुत्व जमाउने र प्रजग कोरियाका विरुद्ध युद्ध निम्त्याउन निर्मम कदम चाल्ने हस्तक्षेपकारी चालबाजीहरूको कारणले (कोरियाली) प्रायद्धीप आज विश्वको सबैभन्दा ठूलो बहसको केन्द्र र पारमाणविक युद्धको सम्भावित सबैभन्दा खतरास्थल बनेको छ ।

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका युद्ध पिपासुहरूले प्रजग कोरियाको विरुद्धमा पारमाणविक युद्धको तयारीका लागि हरेक वर्ष एकपछि अर्को गर्दै बृहद् स्तरका युद्ध अभ्यासहरू गरिरहेका छन्, यसले कोरियाली प्रायद्धीपमा अत्यन्तै संवेदनशील अवस्था निम्त्याएको छ र अन्तर्काेरिया सम्बन्ध सुधार गर्ने बाटोमा अवरोधको काम गरिरहेको छ । गत वर्षको अगस्त सङ्कटले झन् के देखियो भने उत्तर र दक्षिण कोरियाको बिचमा एउटा सानो तिनो आकस्मिक द्वन्द्वले एउटा युद्धको रूप लिन सक्छ र एउटा चौतर्फी युद्ध चर्काउन सक्छ ।

सं.रा.अमेरिका र दक्षिण कोरियाका शासकहरूले तिनका अत्यन्तै खतराजनक हस्तक्षेपकारी युद्ध अभ्यासहरूलाई रोक्नुपर्छ र कोरियाली प्रायद्वीपमा सैन्य उत्तेजना फैलाउने सबै कार्यहरूलाई अविलम्ब स्थगन गर्नुपर्छ ।

(कोरियाली) प्रायद्धीपमा शान्ति र क्षेत्रीय सुरक्षाका लागि धैर्यतापूर्वक प्रयत्न गर्ने हाम्रो दृढ अडान हो । अपितु यदि हस्तक्षेपकारीहरूले हामीलाई उत्तेजित गर्ने कोसिस गरे भने, थोरै मात्रै किन नहोस्, हामी त्यसलाई कदापि सहने छैनौँ, बरु न्यायका लागि पवित्र निदर्यी युद्ध – राष्ट्रिय पुनर्एकीकरणका लागि एउटा महान् युद्ध – को माध्यमले दृढतापूर्वक जवाफ दिनेछौँ ।

हामीले राष्ट्रिय पुनर्एकीकरणका तिन सिद्धान्तहरू र उत्तर तथा दक्षिणका घोषणाहरू जस्ता राष्ट्रका साझा सहमतिहरूलाई उच्च महत्त्व दिनुपर्छ र त्यसलाई सहयोग पुराउँदै द्वीपक्षीय सम्बन्ध सुधारको नयाँ ढोका खोल्नुपर्छ । यी सिद्धान्तहरू र घोषणाहरूमा राष्ट्रको साझा महान् पुनर्एकीकरण कार्यक्रम समाहित रहेको छ र सबै देशवासीहरू जतिसक्दो छिटो तिनको कार्यान्वयन होस् र देशको पुनर्एकीकरणको नयाँ आमूल परिवर्तनकारी चरणको सुरुवात होस् भन्ने चाहन्छन् ।

यदि तिनीहरू अन्तर्काेरियाली सम्बन्ध सुधार गर्न र देशको शान्तिपूर्ण तरिकाले पुनर्एकीकरण गर्ने कुरामा इमान्दार छन् भने दक्षिण कोरियाली शासकहरूले व्यवस्थाहरूको बिचमा रहेका तर्कहीन विरोधाभासहरूलाई खोतल्ने होइन, बरु तिनीहरूले के प्रस्ट गर्नुपर्छ भने तिनीहरू राष्ट्रको आमचाहनालाई अभिव्यक्त गर्ने र व्यावहारिक रूपमा औचित्य सिद्ध भइसकेका राष्ट्रिय पुनर्एकीकरणका तीन सिद्धान्तहरू, जुन १५ को संयुक्त घोषणा र अक्टोबर ४ को घोषणालाई सम्मान गर्न र इमान्दारितापूर्वक कार्यान्वयन गर्न चाहन्छन् ।

तिनीहरूले गत वर्ष अन्तर्काेरियाली उच्चस्तरीय आकस्मिक सम्पर्क (बैठक)मा हस्ताक्षर गरिएको सहमतिको भावनालाई सम्मान गर्नुपर्छ, उक्त सहमति उलङ्घन हुने र वार्ताको वातावरणलाई बिगार्ने दिशामा उन्मुख गराउने कुनै पनि कार्यबाट आफूलाई अलग राख्नुपर्छ ।

भविष्यमा पनि हामीले अन्तर्काेरियाली वार्ता र द्वीपक्षीय सम्बन्ध सुधार गर्नका लागि हरसम्भव प्रयत्न गर्नेछौँ । हामीले एउटा राष्ट्रिय मुद्दाको रूपमा रहेको पुनर्एकीकरणको विषयमा हाम्रो राष्ट्रिय पुनर्मिलन र एकता, शान्ति तथा पुनर्एकीकरणको साँचो इच्छा राख्ने जो कसैसँग पनि खुला दिमागले छलफल गर्नेछौँ ।

उत्तर, दक्षिण र संसारभर रहेका सम्पूर्ण कोरियाली जनसमुदायले पुनर्एकीकरण विरोधी शक्तिहरूका सबै प्रकारका चुनौती र व्यवधानहरूलाई देशभित्र र बाहिर ध्वस्त गर्नेछन् र यस भूमिमा “हाम्रो आफ्नै राष्ट्रद्वारा” भन्ने नारा अन्तर्गत अचूक तरिकाले एउटा गौरवशाली र समृद्ध पुनर्एकीकृत कोरियाको निर्माण गर्नेछन् ।

संयुक्त राज्य अमेरिकाले युद्धको त्रासदीलाई हटाउन, तनावलाई कम गर्न र कोरियाली प्रायद्वीपमा शान्तिपूर्ण वातावरण सिर्जना गर्नका लागि सैन्य सम्झौतालाई शान्ति सम्झौताले प्रतिस्थापित गर्ने हाम्रो न्यायपूर्ण मागलाई बेवास्ता गर्दै आइरहेको छ । त्यसको विपरीत, त्यसले तनाव थप्दै र (हाम्रो) देशको विरुद्ध एउटा “मानव अधिकार”को धन्दा मञ्चन गर्न आफ्ना भाडाका टट्टुहरूलाई प्रोत्साहित गर्दै प्रजग कोरियाको सन्दर्भमा आफ्ना मिति गुज्रिसकेका शत्रुतापूर्ण नीतिहरूमा कायम रहेको छ ।

तथापि शत्रुका कुनै पनि चालबाजी र षड्यन्त्रहरूले हाम्रा राष्ट्रसेवकहरू र जनसमुदायको आफ्नो खुसियालीपूर्ण जीवनको आधारको रूपमा रहेको हाम्रो आफ्नै शैलीको जनकेन्द्रित समाजवादको दृढतापूर्वक रक्षा गर्ने र त्यसमा चमक थप्ने अजेय इच्छाशक्तिलाई भत्काउन सक्दैन ।

शत्रु शक्तिका चुनौतीहरू अविछिन्न रूपमा कायम छन् र परिस्थिति सदाझैँ तनावपूर्ण छ । तर हामी क्रान्तिको फहराइरहेको रातो झन्डामुनि रहेर स्वतन्त्रता, सनगुन र समाजवादको मार्गमा अटल रूपमा अगाडि बढिरहने छौँ र कोरियाली प्रायद्वीप तथा बाँकी संसारभर शान्ति र सुरक्षाको प्रत्याभूति गर्नका लागि आवश्यक सबै प्रकारका जिम्मेवार कदमहरू चाल्न तयार छौँ ।

हाम्रो पार्टी र हाम्रो गणतन्त्रको सरकारले हस्तक्षेप र युद्ध, प्रभुत्व र हैकमको विरोध गर्ने संसारभरका जनतासँगको एक्येबद्धतालाई अझै प्रगाढ बनाउने छ र हाम्रो राष्ट्रिय सार्वभौमसत्तालाई सम्मान गर्ने तथा हामीप्रति मैत्रीपूर्ण रहेका सबै देशहरूसँगको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई विकसित तुल्याउने छ ।

हामी कोरियाली श्रमिक पार्टीको नेतृत्वमा अगाडि बढ्नेहरूका लागि जुछेउन्मुख समाजवादको लक्ष्य सर्वदा विजयी छ र विजय एव्म गौरव मात्रै हाम्रा लागि पर्खिरहेको छ ।

हामी सबैले विजय र आशावादप्रति पूर्ण भरोसा गर्दै क्रान्तिको अन्तिम विजयका लागि सक्दो प्रयत्न गरौँ ।

आशाले भरिएको नयाँ वर्षलाई स्वागत गर्दै म मुलुकभरका जनताको सुस्वास्थ्य र खुसियालीका लागि हार्दिक कामना गर्दछु ।

(२०१६/०१/०१)

(कोरियाली श्रमिक पार्टीका प्रथम सचिव, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राष्ट्रिय रक्षा अयोगका प्रथम अध्यक्ष तथा कोरियाली जनसेनाका सर्वोच्च कमान्डर मार्सल किम जोङ उनले नयाँ वर्ष २०१६ (जुछे वर्ष १०५) मा गर्नुभएको सम्बोधनको पूर्ण पाठ ।)

(अनुवादः नहेन्द्र खड्का)

याे पनि पढ्नुहाेस्ः कोरियाली बाल सङ्गठन र समाजवादी देशका सच्चा सपूतहरू

याे पनि पढ्नुहाेस्ः हाम्रो विजय सुनिश्चित छ – मार्सल किम जोङ उन