ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज अपरान्ह निवास खुमलटारमा भेटवार्ता गर्नुभएको छ । भेटमा चीनको युनान प्रान्तको कुन्मिन सहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इष्ट एसिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर(SSACEIF)’ का विषयमा छलफल भएको थियो ।
पछिल्लो चरणमा आक्रामक रूपले वैदेशिक सम्बन्ध विस्तारमा रहेको जनवादी गणतन्त्र चीनले नेपाललाई सक्दो आर्थिक तथा अन्य सहयोग गरिरहेको छ भने नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा सहयोग र समर्थनको अपेक्षा गर्ने गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालका सर्वप्रिय, राष्ट्रभक्त तथा सामजवादी क्रान्तिप्रति दृढ नेताको रुपमा छवि बनाउन सफल नेकपाका अध्यक्ष प्रचण्डलाई चिनियाँहरूले विश्वासिलो मित्रको रूपमा लिने गरेका छन् र विभिन्न स्तरमा पटक पटक भेटघाट गर्ने र छलफल गर्ने गरेका छन् ।