काठमाडौं, ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन फ्रान्सको पेरिस प्रस्थान गर्नुभएकाे छ । विश्वका विभिन्न देशका ऊर्जामन्त्रीहरु सहभागि हुने वर्ल्ड हाईड्रो पावर कँग्रेस २०१९ मा सहभागि हुन मन्त्री पुन सोमबार साँझ पेरिस तर्फ प्रस्थान गर्नुभएकाे हाे ।
मन्त्री पुन पेरिसमा मे १४, १५ र १६ तारिकमा हुने कँग्रेसमा सहभागि हुनुहुनेछ । मन्त्री पुनले कँग्रेसको उद्घाटन सत्र, साउथ एण्ड ईस्ट एसियामा ऊर्जाका विषयमा हुने प्यानल डिस्कसन लगायतमा मन्तब्य राख्ने कार्यक्रम छ । सो क्रममा मन्त्री पुनले विश्व बैंकका प्रतिनिधि लगायतसँग साईडलाईन बार्ता गर्ने कार्यक्रम समेत तय भएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।