काठमाडौं, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ कार्यबाहक राष्ट्रपति बन्नुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले  चीन भ्रमणमा निस्किनु अघि उपराष्ट्रपति पुनलाई राष्ट्रपतिको कार्यभार प्रदान गरेसँगै उपराष्ट्रपति पुन कार्यवाहक राष्ट्रपति बन्नुभएकाे हाे ।

संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी ९ दिने चीन भ्रमणमा निस्किएसँगै कार्यवाहक राष्ट्रपतिको जिम्मा उपराष्ट्रपतिलाई सुम्पिइएको हो । राजकीय भ्रमणकाे सिलसिलामा राष्ट्रपति भण्डारी ९ दिनका लागि आजै चीन प्रस्थान गर्नुभएकाे छ ।