Samita karki Durga jayanti rai receiving Sahayog from Prabashi Ekata manch qtar and saudi arabia
 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रवासी नेपाली एकता मञ्च साउदी अरब र कतारले खोटाङका बालबालिकाको शिक्षा-दीक्षाका लागि पार्टी मार्फत आर्थिक सहयोग गरेको छ ।

प्रवासी नेपाली एकता मञ्च साउदी अरब र कतारले प्रवासी नेपालीहरूको बीचमा संगठनको तर्फबाट आर्थिक संकलन गरी खोटाङ हलेसी तुवाचुङ न.पा. – ८, धितुङका बाबुआमा गुमाएका सात जना बालबालिकालाई पठनपाठनका निमित्त सहयोगस्वरूप प्रदान गरेको हो । सहयोग हस्तान्तरण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय, पेरिसडाँडा, काठमाडौँमा नेकपाका केन्द्रीय सदस्यहरू क. अस्मिता कार्की ‘समिता’ र क. दुर्गाजयन्ती राईका साथै खोटाङका अन्य नेता तथा कार्यकर्ताको उपस्तिथितिमा भएको थियो ।

मञ्चका केन्द्रीय सदस्य क. हरिबहादुर बुढाथोकी, क. भक्त कार्की ‘सर्वहारा’, क. रामचन्द्र वाग्ले, ख। कमल शाही ‘निर्मल’, क. कमल खरेल लगायतको विशष पहलमा उक्त आर्थिक संकलन गरिएको हो । ती बानबालिकाकी आमा टलकुमारी किराँतको गर्भपतन गराउने क्रममा जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा मृत्यु भएको थियो भने आमाको मृत्यु भएको २ बर्षपछि बुवा चन्द्र किराँतको पनि आफ्नो निवासमा करेन्ट लागेर मृत्यु भएको थियो ।

Samita karki Durga jayanti rai receiving Sahayog from Prabashi Ekata manch qtar and saudi arabia at PEris Danda

बाबुआमाको मृत्यु भएपछि साहारा बिहिन भएका बालबालिकाको पठनपाठनमा एसओएस बालग्रामले जिम्मेवारी लिएको छ । प्रवासी एकता मञ्चले सो बालग्रामले जिम्मा लिनु पहिलेदेखि नै रकम संकलन गर्न थालिसकेको थियो तर विशेष कारणले समयमा रकम हस्तान्तरण गर्न नसकिएको रकम हस्तान्तरणकर्ताहरुले बताए । परन्तु ती बालबालिकाको नाममा संकलन गरिएको रकमलाई उनीहरूसम्म नै पुराउने ध्येयले पार्टी मार्फत हस्तान्तरण गरिएको हो ।

रकम उठाउन सहयोग गर्नुहुने प्रवासी नेपाली एकता मञ्चका सम्पूर्ण सदस्यहरूलगायत अन्य सहयोगीहरुलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै बालबालिकाको सहयोग रकम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवासमा रहेको प्रवासी नेपाली एकता मञ्चले पठाएको थियो ।

मञ्चको पहलमा कूल साउदी रियाल १,३४५/- (एक हजार तीन सय पैँचालिस मात्र) अथवा ने. रु. ३९,१००/- (अक्षरूपी उन्चालिस हजार एक सय मात्र) र कतारबाट पनि ने. रू. ५१,०००/- (अक्षरूपी एकाउन्न हजार मात्र) एक औपचारिक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ । साथै कास्कीमा दशैँको दिनमा आगलागीबाट भएको क्षतिमा पनि साउदी अरबस्थित प्रवासी एकता मञ्चले सोही सहयोग अभियानसँग जोडेर जुटाएको सहयोग रकममध्ये ३० प्रतिशत अर्थात ने.रू. १६,९६२/- (अक्षरूपी सोह्र हजार नौ सय बैसठ्ठी मात्र) पहिले नै सम्बन्धित पीडितहरूलाई बुझाइसकेको जानकारी पनि आर्थिक संकलन समितिले गराएको छ ।

(साउदी अरब, दमामबाट क. स्वागत पुन मगर ‘बिपिन’को सहयोगमा)