Tea State Workers movement
 

काठमाडौँ, चिया वगानका मजदुरहरु आफ्ना हक, हित र अधिकारका लागि आन्दोलित भएका छन् ।

चिया वगानहरुमा कार्यरत तीनवटा राष्ट्रिय चिया वगानका श्रमिक संघहरुकोसँग आबद्ध मजदुरहरूको संयुक्त संघर्ष समितिले यही २१ गतेका दिन काँकडभित्तामा  आफ्ना मागहरुलाई अघि सार्दै जुलुश प्रदर्शन गरेका छन् ।

संघर्षमा सम्मिलित मजदुरहरूले श्रम ऐन २०७४, सामाजिक सुरक्षा ऐन २०७४ र नेपाल सरकारले तोकेको चिया श्रमिकहरूको न्युनतम् वेतन रू ३८५/- २०७५ साउन १ गतेदेखि लागू हुने गरी कार्यान्वयन गर्नु पर्ने लगायतका मागहरू अघि सारेका छन् ।

कार्यक्रममा अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सिता सापकोटा, नेपाल कृषि तथा चिया वगान क्षेत्र श्रमिक संघका अध्यक्ष सहीकुमार राई, नेपाल चिया वगान श्रमिक संघका अध्यक्ष दिपक तामाङ लगायतले श्रमिकहरूका माग तत्काल पूरा गरियोस् भन्ने माग गर्दै श्रमिक सभालाई सम्बोधन गरेका थिए ।

सभा अगाडि चिया क्षेत्रमा कार्यरत मजदुरहरूको विशाल जुलुश प्रदर्शन भएको थियो । संघर्षको नेतृत्व सात्तारूढ नेकपासँग सम्बद्ध मजदुर संगठनहरूले गरिरहेका छन् ।

Tea state workers movement