Matrika prasad Yadav
 

काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालमा ढुक्क भएर लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आह्वान गर्नुभएको छ।

नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपालको समृद्धिको अभियानमा चीन सरकार र त्यहाँको निजी क्षेत्रको उल्लेख्य योगदान रहने विश्वास पनि व्यक्त गर्नुभयो।

मन्त्री यादवले मुलुकलाई आत्मनिर्भर बनाउन नेपालले वैदेशिक लगानी भित्र्याउन चाहेको स्पष्ट पार्नुभयो।

मन्त्री यादवले नेपालमा उद्योगको विकासका लागि निजी क्षेत्रका व्यवसायीहरुले पनि उल्लेख्य योगदान दिन सक्ने विश्वास व्यक्त गर्नुभयो।