काठमाडौं, नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशिल समूहका चण्डेश्वर श्रेष्ठ विजयी हुनुभएकाे छ । गत शनिबार भएको बारको चुनावमा वाम प्रगतिशील प्यानलका चण्डेश्वर श्रेष्ठले ४ हजार २२ मत ल्याएर विजयी हुनुभएकाे छ भने उहाँका प्रतिद्वन्दी लोकतान्त्रि प्यानलका सुनिल पोखरेलले ३ हजार ८७३ मत प्राप्त गर्नु भएकाे छ।
केहीबेर अघिमात्र सकिएको मतगणनामा अधिकांश पदमा प्रगतिशिल समूहले जित हात पारेकाे छ प्रगतिशील समुहले अध्यक्ष श्रेष्ठसहित, ७ उपाध्यक्ष, कोषाध्यक्ष र १४ सदस्य गरि २३ स्थान जितेको छ ।
काङ्ग्रेस समर्थित लोकतान्त्रिक समुहले ५ नं.प्रदेश उपाध्यक्ष र महासचिव गरि दुई स्थान जितेको छ।लोकतान्त्रिक समूहका उम्मेद्वार लीलामणि पौडेलले वामपन्थि समूहका उम्मेद्वार सुरेन्द्र थापा मगरलाई पराजित गर्नुभयाे । थापामगरलाई चार सय ७७ मत अन्तरले पाैडेलले हराउनुभयाे ।
निर्वाचित भएपछि विजयी उम्मेदवारलाइ समर्थकहरूले अबिर र माला लगाएर एकआपसमा खुशी वाँडेका छन् । प्रतिक्रिया दिदै अध्यक्ष श्रेष्ठले बारमा सबै पक्षलाइ समेटेरअघि बढ्ने प्रतिवद्दता जनाउनुभएकाे छ ।
बार निर्वाचनको अन्तिम परिणाम यस्तो छ :
अध्यक्ष: चण्डेश्वर श्रेष्ठ
उपाध्यक्षहरू
प्रदेश १: मानबहादुर रुम्दाली
प्रदेश २: रामचन्द्र सिंह
प्रदेश ३: ईश्वरीप्रसाद भट्टराई
गण्डकी प्रदेशः सुरेन्द्र थापा मगर
प्रदेश ५: सुनिलकुमार श्रेष्ठ
कर्णाली प्रदेश: मिनबहादुर महत
सुदूरपश्चिम प्रदेशः उमेशप्रसाद बिष्ट
खुलाक्षेत्रः रक्षा वस्याल
महासचिव: लिलामणि पौडेल
कोषाध्यक्ष: रुद्रप्रसाद पोख्रेल
सदस्यहरू
(दलित): मोहन साशंकर
(मधेशी/मुश्लिम) उपत्यका वाहिर: पंचनारायण मण्डल
(मधेशी/मुश्लिम) खुल्ला: वीरेन्द्रकुमार ठाकुर
(आदिवासी/ जनजाति) उपत्यका बाहिर: विनाकुमारी सिंह (चौंधरी)
(आदिवासी/जनजाति) खुला: बद्रीनारायण नगरकोटी
महिला उपत्यका बाहिर: कल्पनाकुमारी भण्डारी
महिला खुला: अन्जु कायस्थ
खुलातर्फ
डा. शिवराज पण्डित (उपत्यका बाहिर)
गंगासागर खत्री
भीमसेन वन्जारा
भुवनप्रसाद निरौला
प्रकाश महर्जन
बालकृष्ण गैरे
खिमानन्द अधिकारी