काठमाडौं, एसईईको प्रश्नपत्र आउट भएको विषयमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राजीनामा मागेपछि शिक्षामन्त्री पोखरेलले कडा प्रतिक्रिया जनाउनुभएकाे छ।
महोत्तरी, धनुषा, सप्तरी र पर्सामा प्रश्नपत्र आउट भएको विषयमा प्रदेशका मुख्यमन्त्री राउतले शिक्षामन्त्री पोखरेलको राजीनामा माग गरेपछि पोखरेल र राउतबीच वाकयुद्ध भएको हो।
एसईई गराउने जिम्मेवारी लिएर पनि संघीय सरकारका मन्त्री पोखरेलले राम्रोसँग कार्य नगरेको भन्दै मुख्यमन्त्री राउतले राजीनामा माग्नुभएकाे थियाे । मुख्यमन्त्री राउतले प्रदेश २ को सरकारलाई बदनाम गराउन षड्यन्त्र गरेरै एसईईको प्रश्नपत्र आउट गराएको अभियोग लगाउनुभएकाे थियाे ।
मुख्यमन्त्री राउतले राजीनामा मागेपछि शिक्षामन्त्री पोखरेल आक्रोशित बन्नुभएकाे छ । शिक्षामन्त्री पोखरेलले राउतलाई पदीय हैसियत सम्झाउँदै संघीय सरकारको बदनाम गराउन र सहज रुपमा भएको एसईईको परीक्षालाई केही तत्वले बिथाल्न खोजिएको दाबी गर्नुभएकाे छ ।
शनिबार बिहान एक रेडियो बहसमा कुरा गर्दै शिक्षामन्त्री पोखरेलले मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्रीजस्तो व्यक्तिले मुख सम्हालेर बोल्नुपर्छ – शिक्षामन्त्री पोखरेलराजीनामा माग्दैमा आफूले राजीनामा नदिने बताउनुभयाे । शिक्षामन्त्री पोखरेलले प्रदेश २ का मुख्यमन्त्री राउतले नै एसईईको परीक्षाको उचित व्यवस्थापन गर्न नसकेको अाराेप लगाउनुभयाे ।
‘मैले राजीनामा दिन्नँ। सरकार र संघीयतालाई असफल बनाउन प्रश्नपत्र आउट भएको छ’ – शिक्षामन्त्री पोखरेलले भन्नुभएकाे छ – ‘मुख्यमन्त्रीजस्तो व्यक्तिले गैरजिम्मेवारी रुपमा अभिव्यक्ति दिनु हुँदैन । मुख सम्हालेर बोल्नुपर्छ । पदीय जिम्मेवारीलाई भुल्नु हुँदैन। प्रश्नपत्र आउट गराउने दोषी को हो पहिला त्यसलाई खोजेर कारबाही गर्नुपर्छ’- उहाँले भन्नुभयाे -‘प्रश्नपत्र संघीय सरकारले बनाएको हो।’
पोखरेलले थप्नुभयाे – ‘बजेट, अनुगमन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको हो।’ मुख्यमन्त्री राउतले माग गरेअनुसार सात सय ५३ वटा स्थानीय निकायमा परीक्षा बोर्ड बनाउन नसकिने शिक्षामन्त्री पोखरेलले बताउनुभयाे। प्रदेश सरकारले त्यसको उचित व्यवस्थापन नगर्दा समस्या आएको शिक्षामन्त्रीले बताउनुभयाे ।
शिक्षामन्त्री पोखरेलले प्रश्नपत्र आउट भयो भन्दैमा सडकमा गएर प्रदर्शन गर्दा विद्यार्थीको भविष्य थप अन्यौलमा पर्ने टिप्पणी गर्नुभयाे । ‘प्रश्नपत्र आउट भयो भन्दैमा सडकमा जाने होइन’- उहाँले भन्नुभयाे, ‘परीक्षाको तयारी पो गर्नुपर्छ। सडकमा गएर प्रदर्शन गर्नु राम्रो होइन, हरेक कुरालाई राजनीतिकरण गर्नु राम्राे कुरा हाेइन ।’